शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, July 28, 2022

मान्छेको बलि दिईने जात्रा ?

 

Photo: Scientific American (सा‌‌‍ङ्केतिक फोटो )

मान्छेको बलि दिइने जात्राको बिषयमा तपाईहरुलाई केही थाहा छ?
जात्राहरुमा मानिसकै बलि दिइने कुरा कति सत्य/झुट हो?
आज म त्यस्तै एउटा जात्राबारे केही लेख्दैछु ।
स्थानीयका अनुसार सो जात्रामा मानिससहित
माछा
, सर्प, हाँस, भँगेरा, परेवा, च्याङ्ग्रागरि
६० थरी बलि दिइने परम्परा रहेछ ।

१२ वर्षमा लाग्ने यो जात्रा गठेमंगल चह्रेबाट ललितपुरको ठेंचोमा सुरु हुन्छ । र सोहीदिनबाट अनौठा नियम सो क्षेत्रमा लागु हुने गर्दछ जस्तैः खुट्टा झुन्ड्याएर बस्न नपाइने । बिबाह/ब्रतबन्ध लगायतका कुनै पनि अनुष्ठान गर्न नपाईने । बेलुकी ९ देखि बिहान ४ बजेसम्म हिड्डुल गर्न नपाईने । पाहुनालाई घरमा बास दिन नपाईने यति मात्र नभई, बाजा समेत बजाउन नपाइने रहेछ । ताली बजाउन, सिठ्ठी बजाउन वा पूजाको घन्टी समेत बजाउन नपाईने र घन्टी समेत बाँधेर राख्नुपर्ने किसिमको नियम रहेको हुन्छ भने बाजा जात्रासँग सम्बन्धितले मात्र बजाउन पाइन्छ । 

यदि उल्लिखित कार्य गरेमा पूजा बिधिमा बाधा पुग्ने जनविश्वास रहेछ पाइन्छ । नवदुर्गा राखिने मूलघरमा विशेष पूजाआजा गरी भोज खाई मन्दिरको मूल ढोकामा ताल्चा लगाएपछि यो जात्रा प्रारम्भ भएको मानिन्छ । मन्दिरको ताला एक महिनापछि मात्र खोलिने र यस अबधिभरिमा एउटा छाप्रो बनाएर पूजा गर्न र दुर्गा नाच सिकाइन्छ । 

ताला खोलेपछि भने यज्ञका लागि तयारी गरिने र यज्ञका लागि आवश्यक पर्ने दाउरा लिन तीनपाने भन्ज्याङ्गबाट बोकेर ल्याउने दाउरा बाटोमा कहीँकतै नबिसाइ ल्याइन्छ । एक वर्षसम्म चल्ने जात्रामा यज्ञको मुख्य काम भनेको चै नवदुर्गाको मुकुट फेर्नु हो । १२ वर्षमा एकपटक फेरिने यो मुकुट यज्ञद्वारा पूजागरि जगाइन्छ । यसका लागि भने एक-एक जोडी सर्प, माछा, परेवा र भँगेरा चाहिन्छ । यज्ञको क्रममा जोडीमध्य एउटालाई यज्ञमा हालिने र अर्कोलाई छोडिन्छ । तीनपानेबाट दाउरा बोकेर सुनाकोठी आएका देवगणहरु यज्ञपछि ठेंचोतिर लाग्छन् । 

मेलाको अर्को पक्ष भनेको चै श्वेत भैरबको नाच पनि रहेछ । श्वेत भैरव दर्शन गरेमा निःसन्तान दम्पतिलाई सन्तान प्राप्त हुने जनविश्वास पनि रहिआएको मानिसहरु बताउँछन । कोजाग्रत पूर्णिमाका दिन भने ठेंचो र सुनाकोठी (देशभर)का बासिन्दालाई भोज खुवाउने गरिन्छ ।  

जात्राको बारेमा सोधपूछ गर्दै जाँदा मान्छेकै बलि दिइने कुराबारे गाईगुई सुनेपछि मैले त्यहाँका स्थानीयहरुसँग पनि कुरा गर्ने कोसिस गरे । स्थानीयहरुका अनुसार त्यहाँ प्रत्येक १२ वर्षमा एक मानिसको बलि चढाइने गरिन्छ भनेको सुनियो । बलि चढाइने मानिस यही हुने भन्ने तरिकाले तय गरिएको भने नहुने रहेछ । एक स्थानीयका अनुसार कुनै ब्यक्ति जात्राको क्रममा 'दही चिउरा खान्छु' भन्दै आउने र देवगणहरुले सो बलि दिइने ब्यक्तिलाई चिन्दारहेछन । "यसपटक दही चिउरा खान म जानुपर्ला" भनेर मैले भन्दा उनले मलाई त्यसो भन्न नहुने भन्दै हप्काए । राती हिड्डुल गर्न बन्द गरिनुको कारण चै गठेको भेष (लामो कपाल र सेतो कपडा)मा देवगणहरु ठेंचोदेखि नागपोखरीसम्म चोखो पानी लिन हरेक दिन जानेरहेछन । उनीहरुसँग मान्छेको हड्डी हुनेरहेछ, जुन उनीहरु बजाउने गर्दारहेछन् । पानी लिन जाने उनीहरुलाई देख्ने मान्छेलाई अनिष्ठ हुने जनविश्वास रहेछ । 

एक अर्का स्थानीयका अनुसार बलि दिइने मान्छे चै ३२ लक्षणले युक्त हुनुपर्ने भनाइरहेछ । स्थानिय एक व्यक्तिसँग बुझ्दा भने शारीरिक असक्तता भएका, मानसिक समस्या भएका मानिसलाई बलि दिइने गरेको कुरा सुनिएको बारे उनी बताउँछन । बलि दिएको नै देख्ने मानिस भने कोही रहेनछन् । उनीहरुका अनुसार यो गोप्य प्रक्रिया हो र त्यहाँ मानिसको बलि चै दिइएको नै हुन्छ । एकचोटी बलि दिनको लागि मान्छे नभेटिँदा भने भर्खरै बिबाहित महिलाको श्रीमान् जो जात्रा हेर्न पाहुना आएका थिए, उनलाई नै बलि दिइएको भन्ने पनि सुनिएको थियो रे ! जात्रा, डबलीजस्तो ठाउँमा भएपनि मान्छेको बलि दिइने ठाउँ सुरुङ्गजस्तो हुने जहाँ अन्य नित्यपूजा पनि हुने तर सम्बन्धित बाहेक अरु जान नपाइने नियम रहेको बुझियो । 

अर्को एकपटक यसैगरी पाहुना आएका मानिसलाई बलि दिइएको र मानिसहरुले हाम्रो मान्छे हरायो भन्दै प्रहरीमा उजुरी हालेको भन्ने सम्म कुरा सुनिएको बारे स्थानीयहरु बताउँछन । "अनि प्रहरीले के भन्यो" भन्ने प्रश्नमा, "खै त्यसपछि चै हामीलाई थाहा भएन, हामीले पनि सुनेको कुरा हो" भनेर उनी चुप बसे ।

अन्त्यमा मेरो कुरा: मानिसको बलि दिइने कुरा मैले पत्याएको त थिइन तर ६० थरी बलि दिइने भन्दैगर्दा र स्थानीयकै कुरा सुन्दा भने अविश्वास गरिहाल्नुपर्ने ठाउँ भने देखिन। धार्मिक जडताले मानिसलाई मानिस कै बलि दिनेगरी नगाँजेको होला भनेर म विश्वास चै गरिहाल्न सक्दिन । हेरौ यसपटक के हुन्छ ! 

Source: @Saurabh karki

No comments:

Post a Comment