शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, March 12, 2020

टुटलमा आवद्ध एकजनाको वास्तविक कथा

तीन वर्ष अगाडि यो सुरु हुँदा मलाई पनि विश्वाश थिएन यो सोच नेपालमा काम लाग्छ। तर tootle मा काम गरेको दुई महिना भित्र मेरो सोचले कोल्टो फेर्यो। नेपालमा बेरोजगारीको समस्या मैले धेरै नजिक बाट नियाल्ने अवसर पाएँ र यो विषयमा धेरै सम्बेदनशील छु । Tootle सुरु भएको सुरुवाती महिनामै Mens Room Reloaded ग्रुप बाट rider हरु tootle मा अबद्ध गर्न थालियो।
Tootle ride sharing उध्योगको जग गढ्दै थियो र हामी पनि त्यो इतिहासको पात्र हुँदै छम, हामीलाई त्यस्को अभास थिएन। एउटा app को भरमा मोटरसाइकल घरको ढोका मै आउने रे ! कहीँ यस्तो पनि हुन्छ ? भनेर हामीमा अविश्वास गर्नेको जमात पनि ठूलो थियो। प्रविधि नयाँ भएकोले बुझाउन एकदमै गाह्रो थियो। इन्टरनेटको data pack को बारेमा पनि आम नेपालीलाई ज्ञान खासै थिएन, digital wallet र मोबाईल banking चलाउने कुरा त झन एउटा सानो गाउँबाट आएको tootle rider लाई एकदम नौलो चिज थियो। तर हामीले बिस्तारै यसको बानी बसायौ। अति विकसित देशहरुले चलाउने प्रविधि हामीले नेपालमै चलाउनको लागि नेपालीलाई प्रेरित गरेका छौँ।
8888888888888
"धेरै पछि खसीको मासु लिएर आ'को छु बाबु,
मेरो परिवारसँग बसेर खाना खानु हुन्छ ?"
म खुशीले गदगद भएँ र प्रस्ताव स्विकार गर्दै वहाँको भाडाको कोठामा पुगेँ।
वहाँको साना साना नानीसँग पत्रिका ओछ्याएर खाना खाँदा
मैले मेरो आँखाबाट आसुँ रोक्न सकिन। त्यो खुशीको आसुँ थियो।

8888888888888
बिस्तारै tootle ले गति पक्डैथ्यो र नयाँ rider अबद्ध हिने क्रम पनि बढ्दै थियो। एक दिन एकजान दाई धेरैनै तनावमा हस्याङ फस्याङ् गर्दै हाम्रो कार्यालय आउनु भयो। वहाँ धेरै चिन्तित हुनुन्थ्यो, छोरा छोरीको फि तिर्ने पनि पैसा थिएन रहेछ। काम गर्न सिकेर त्यो महिना वहाँले धेरै मेहेनत गरेर काम गर्नुभो। महिनाको अन्तिममा मलाई वहाँले कल गर्नु भयो र भन्नुभयो "धेरै पछि खसीको मासु लिएर आ'को छु बाबु, मेरो परिवारसँग बसेर खाना खानु हुन्छ ?" म खुशीले गदगद भएँ र प्रस्ताव स्विकार गर्दै वहाँको भाडाको कोठामा पुगेँ। वहाँको साना साना नानीसँग पत्रिका ओछ्याएर खाना खाँदा मैले मेरो आँखाबाट आसुँ रोक्न सकिन। त्यो खुशीको आसुँ थियो।
तर ठूला ठूला महलमा बसेर मार्सी चामलको भात खानेलाई गरिबको घरको खानाको स्वाद कस्तो हुन्छ के थाहा ?
जनयुद्ध गरेर दशौ हजारौंको ज्यान जाँदा, सहीद परिवारका घरदेखि मनमस्तिष्कमा आगो लाग्यो, तर दशौ हजारौं बेरोजगार नेपाली युवालाई रोजगारीको अवसर दिएर उनीहरुको चुल्होमा आगो लगाउन कति आनन्दको अनुभूति हुन्छ के थाहा ?
नेपाली संविधानको भाग ३ मौलिक हक र कर्तब्य उपदफा ३३ "रोजगारीको हक" जसमा उल्लेखित " प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ " र " प्रत्येक नागरिकलाई रोजगारी छनोट गर्न पाउने हक हुने छ " उल्लेख गरिएको छ। ४० हजार भन्दा बेसी tootle मा अबद्ध rider हरुबाट रोजगारीको हक छिन्न संविधान विपरित नहोला र ? बन्द गराउने भने ति rider हरुको रोजगारी सुनिश्चित गराउनुस्।
त्यस्तै नेपाली संविधान अन्तर्गत "सामाजिक न्यायको हक" सुनिश्चित गर्न tootle ले जति भूमिका अरुले खेलेको मैले देख्दिन। आज आएर tootle मा अबद्ध महिला कदममा कदम मिलाएर रोजगारीको लाभ लिदैछन। कति दिदीबहिनी त ride लिनेमा पुरुष भन्दा अगाडि छन, तर दु:खको कुरा फेरी अब वहाँहरुको अत्मसम्मानमा धक्का पुग्ने भयो।
आज tootle मा धेरै जसो rider दलित र पिछडिएको समुदायका छन्, तर एउटा tootle सेवाग्राहीलाई सोध्नुस् कहिले rider को थर सोधेर tootle चढ्नु भएको छ ? उत्तर पाउनु हुनेछ।
संविधानले अपाङ्गता भएकालाई पहिचान सहित मर्यादा र अत्मसम्मान पूर्वक जीवनयापन गर्न पाउने सुनिश्चित गरेको छ। मलाई चिन्ता लाग्छ के हुन्छ ति हजारौं विभिन्न अपाङ्गता भएका र दृष्टिबिहिन दाजुभाई दिदीबहिनीहरुको, जो tootle को सेवा लिएर बिना कुनै रोकतोक यात्रा गर्दै हुनुहुन्छ अब फेरी बस टेम्पोमा कोचिएर यात्रा गर्ने कतिको उचित होला त ? आफैलाई प्रश्न गर्नुस् ?
हामी हाम्रो अगाडि भइरहेका गलत कुरालाई बेवास्ता गर्छौ। सायद कति त यहाँ सम्म पनि पढ्नु भएन होला। तर यो हाम्रो ठूलो हार हो। यो tootle को बारे मात्र होइन। हजारौं सपना बोकेर नेपालमा उध्यम गर्ने सोचको हार हुन्छ। दिनरात मेहेनत गरेर दुई छाक टर्ने आम् नेपालीको हार हुन्छ। नेपाललाई एउटा संवृद्ध र विकसित देश बनाउने सारा देशभक्त नेपालीको हार हुन्छ।
          -आयुष खत्री

No comments:

Post a Comment