शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, April 18, 2020

कोरोनाभन्दा डरलाग्दो महामारी प्लेग

जसले करोडौं मानिसको मृत्यु भएको थियो 
फोटोः  National Geographic

-त्रिचन्द्र प्रतीक्षा
चीनको बुहानबाट सुरुभएको कोरोना भाइरसबारे संसारमा आज जति चर्चा परिचर्चा भइरहेको छ ति सबै सञ्चार माध्यमले गर्दामात्र हो । कोरोना भाइरस मात्र होइन योेेेेभन्दा ठूलो महामारी विगतमा संसारभर दर्जनौं महामारी देखापरिसकेको इतिहासमा पढ्न पाइन्छ । जसमा एउटा महामारी रोग- प्लेग हो । जसले करोडौँको संख्यामा मानिसको मृत्यु भएको इतिहास रहेको छ ।

मानव सभ्यतामा नै पुरानो र पहिलो महामारीको रुपमा प्लेगलाई लिइन्छ । लिखितरुपमा हिन्दूधर्मको धार्मिक ग्रन्थ भागवत पुराणमा पाइन्छ । यसै ग्रन्थमा पहिलोपटक प्लेगको सम्बन्ध मुसासँग भएको दर्साइएको छ ।
प्रसिद्ध चिनियाँ विद्वान बु लियेन तेहका अनुसार संसारमा ईसा पूर्व १३२० साल अगाडि (फिलिस्तिन) मा पहिलो पटक प्लेगको महामारी फैलिएको थियो ।

आजको मितिसम्म संसारमा तीनपटक भयङ्कर महामारीका रुपमा फैलिएको प्लेगले १० करोडभन्दा बढी मानिसको ज्यान लिइसकेको तथ्यांक पाइन्छ ।

पहिलोपल्ट सन् ५४३ (बादशाह जस्टिनियनको पालामा) प्लेगको महामारी फैलिएको थियो भने मिश्रको प्रसिद्ध व्यापारिक केन्द्र पपुसियमलाई उद्गम क्षेत्र मानिएको थियो । त्यसबेला यो महामारी उत्तरी अफ्रिका हुँदै रोमन साम्राज्यलाई आफ्नो वशमा पारेको थियो भने अर्कोतर्फ सिरिया, प्यालेन्टाइन हुँदै बिस्तारै एसिया र युरोपलाई समेत वशमा पारेको थियो । लगभग ५० ६० वर्ष चलेको महारारीमा करिब १० करोड मानिसको ज्यान गएको थियो ।

दोश्रोपल्ट सन् १३७४ (करिब आठसय वर्षपछि)मा प्लेग फैलिएको थियो । क्रिमियाको जाफा शहरबाट फैलिएको प्लेग चीन र भारततर्फ फैलिएर भारतबाट उत्तर अफ्रिकामा पुगेको देखिन्छ । यस्तो सैनिकबाट जेनेभाहुँदै यो महामारी युरोपको अन्य भागमा फैलिएको थियो । युरोपमा प्लेगले तीन शताब्दीसम्म आफ्नो प्रभावलाई जमाएर बसेको देखिन्छ उक्त महामारीले साढे दुई करोड मानिसको ज्यान गयो भने एसिया लगायत नेपालमा समेत पटकपटक यो महारी फैलिएको देखिन्छ भने लाखौँको ज्यान गएको थियो ।

तेश्रोपल्ट सन् १८६६ मा चीनको युन नानफु गाउँबाट प्लेगको महामारी फैलिएर सन् १८९४ मा हङ्गकङ्गमा फैलिएको थियो । समुद्रीमार्गबाट सन् १९०० सम्ममा यो महामारी लगभग संसारको सबै देशमा पुगिसकेको थियो । सन् १८८५ मा भारतको कोलकत्तामा देखियो भने सन् १८९९ मा भारतबाट अफ्रिका, अष्ट्रेलिया, हवाई तथा मध्य वा दक्षिणी अमेरिकासम्म पुग्यो । जसबाट संसारका लाखौँ मानिसको मृत्यु भएको थियो ।

प्लेगको जीवाणूको खोजपछि यर्सिनले तुरुन्तै आफ्ना सहयोगीका साथ प्रतिप्लेग सिरम (Anti plague Serum) तयार पार्न जुटे । उनले घोडाहरुलाई प्लेगको जीवणुको खोप लगाएर प्रतिप्लेग सिरम तयार पार्ने निधो गरे । सन् १८९५ मा यर्सिनले यस कार्यमा सफलता पाए ।

आज २१औं शताब्दीमा आइपुग्दा कोरोना भाइरसले पनि संसारलाई आफ्नै मुठ्ठीमा पारेको छ, वैज्ञानिक युगमा चिकित्सक वैज्ञानिकहरुले चाँडोभन्दा चाँडो कोरोनाको एन्टीभाइरस (खोप) पनि चाँडै निकाल्ने छन् र मानवका लागि जीवनदायक हुनेछन् ।

स्रोतः Mystery of Fatal Deseases


No comments:

Post a Comment