शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, May 10, 2019

रहेनन् लोकप्रिय रेडियोकर्मी, संचारकर्मी तथा निर्देशक सुरज श्रेष्ठ (उनलाई मनपर्ने गीति भिडियो सहित)

-प्रतीक्षा
सुरजले केही समयअघि मात्र  आफ्नो जीवन ढल्दै गएको महसुस गरी लेखेका केही भावनाका शब्दहरु ---‍‍‍

'अँगाल न मलाई
छुनलाई फेरि यो शरीर रहला नरहला
समाऊ न मेरो हाथ
हात मिलाऊ न फेरि यो जुनीमा भेट होला नहोला'

------------------------------
यस्तै अर्को
    के थियो र हिजो म सँग
    के गुमाउनु छ र आज
    छन म सँग धेरै बिहानी
    के भयो र ढल्दैमा एउटा साँझ
    किनकी,
    पग्ले पछि हिउँले स्थान पाउँदैन हिमालमा
    भरिए पछि जल ले थाउ पाउँदैन तालमा
    बने पछि आँसुले आश्रय पाउँदैन आँखामा
    मृत्यु पछि आत्माले बास पाउँदैन शरीरमा


इमेज एफएमका पूर्व स्टेशन म्यानेजर तथा लोकप्रिय रेडियोकर्मी लगायत म्यूजिक भिडियोका निर्देशक सुरज श्रेष्ठको निधन भएको छ । इमेज एफ.एम.मा कार्यरत उहाँको गएराति ओम अस्पतालमा उपचारको क्रममा बैशाख २८ गते बिहान २ः१५ बजे निधन भएको हो । लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट पीडित श्रेष्ठ ४५ वर्षको हुनुहुन्थ्यो ।
 
धरान घर भएका सुरज श्रेष्ठले पूर्वबाट प्रकाशित हुने ब्लास्ट टाइम्समा समेत काम गर्नु भएको थियो । त्यस्तै ‘नयाँ परिवर्तन साप्ताहिक’ को सम्पादक हुँदै नेपाली पत्रकारिता क्षेत्रमा उहाँले आफ्नो छुट्टै पहिचान बनाउनु भएको थियो । त्यस्तै विक्रम संवत २०५६ सालमा उहाँ इमेज एफएमको स्टेशन म्यानेजरसमेत बन्नुभयो । 
लिरिसिस्ट र कम्पोजरसमेत रहेका सुरज श्रेष्ठले इमेज एफएममा ‘इमेज पप’ लगायतका लोकप्रिय कार्यक्रम चलाउनुहुन्थ्यो । उहाँले म्युजिक भिडियो डाइरेक्टरको रुपमा समेत काम गर्नु भएको छ । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।  

विशेषतः सुरज गीति निर्देशकको रुपमा सुप्रसिद्ध नाम हो, उनले सयौं गीत निर्देशन गरेका छन् भने गीत संगीत क्षेत्रमा प्रायः सबै चर्चित छन् ।

उदय सोताङ्को आजको यो साँझ, सम्भालेर राख
मिलन अमात्यको जहिले सम्म संसारमा
किरण गजमेरको मर्छु सजिलै, तर काख तिम्रो होस्
प्रदोद खरेल/शिव परियाको आफ्नै जिन्दगी आफैलाई भारी
सुमनकुमार श्रेष्ठको गल्ती गरेछु मैले माया लगाए तिमीलाई
विश्व नेपालीको मुटु सिएर फेरि एउटा बनाएँ मैले
राजेश पायल राईको सिमलको भुवा जस्तै उड्यौ तिमी कता कता
प्रमोद खरेलको खोई जाल परेर गई कि पारेर गई

सुरजले आफ्नो फेसबुकमा अन्तिम स्टाट्सको रुपमा मार्च ४, २०१९ का दिन 'मलाई यो एकदम मनपर्छ ।' भनेर गायक उदय सोताङ्को स्वर, शब्द ड‍ा कविराज वान्तवा र शान्तिराम राई संगीत रहेको 'आजको यो साँझ सम्भालेर राख' बोलको गीतलाई सेयर गरेको रहेछ ।

No comments:

Post a Comment