शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, January 27, 2018

चुरोट त्यागेको २० मिनेटदेखि २० वर्षसम्म

एकपटक चुरोटको लत लागेपछि त्याग्न त्यति सजिलो छैन । यद्यपि, अधिकांश धूम्रपान गर्नेहरू भने खुसी हुँदैनन् । धूम्रपान त्याग्दा केही समयसम्म स्वास्थ्यमा असहजताको अनुभव हुन्छ । तर, जब तपाईंं धूम्रपान छाड्नुहुन्छ, त्यसको २० मिनेटदेखि नै शरीरमा सकारात्मक प्रतिक्रिया देखिन सुरु हुन्छ । धूम्रपान त्याग्दा स्वास्थ्यलाई राम्रो गर्नुका साथै सम्भावित क्यान्सरबाट समेत बचाउँछ । तर, धूम्रपानको लतबाट मुक्त हुन खोज्दा भने टाउको दुखाइ र छटपटी भने हुन्छ । धूम्रपान त्याग्दा २० मिनेटदेखि २० वर्षसम्म शरीरलाई पार्ने सकारात्मक असर यस्ता छन् :
डा. विकास मौर्या (सिनियर कन्सल्टेन्ट)
२० मिनेटपछि
चुरोट छोडेको २० मिनेटपछि नै शरीरमा सकरात्मक प्रतिक्रिया देखिन सुरु हुन्छ । यो अवधिमा रक्तसञ्चार र पल्स रेट सामान्य बन्छ । यही समयमा शरीरको तापमान पनि सामान्य हुन थाल्छ ।
आठ घन्टापछि
चुरोटको लत त्यागेको ८ घन्टापछि शरीरको रगतमा निकोटिन र कार्बन मनोअक्साइडको मात्रा आधा बन्न पुग्छ । यतिवेलासम्म रगतमा अक्सिजनको मात्रा पनि सामान्य हुन थाल्छ । यो समय तपाईं चुरोट पिउनका लागि भने तड्पिरहनुहुन्छ ।
यतिवेला शरीरमा निकोटिनको मात्रा घट्दै जान्छ । जति निकोटिनको मात्रा घट्दै जान्छ, त्यति नै तपाईं तड्पिन थाल्नुहुन्छ । यो अवधिमा चुरोटको ध्यानबाट बाहिर निस्कन पानी या चुइगमको सहारा लिन सक्नुहुन्छ ।
१२ घन्टापछि
यतिवेलासम्म तपाईंको शरीरमा भएको कार्बन मनोअक्साइड सामान्य बन्न थाल्छ । जसले गर्दा तपाईंको मनमा तनावको मात्रा पनि तुलनात्मक रूपमा कम हुन्छ । यही अवधिमा रगतमा कार्बन मनोअक्साइड बढ्न थाल्छ र अक्सिजनको मात्रालाई सन्तुलित राख्न मुटुले तीव्र रूपमा रगत पम्प गर्न थाल्छ ।
दुई दिनपछि
धूम्रपान गर्ने मानिसमा सुँघ्ने र स्वाद लिने क्षमता कम हुन्छ । किनभने, चुरोटले त्यस्ता सेल्स र नसामा हानि पुर्‍याएको हुन्छ । धूम्रपानबाट मुक्त भएपछि दुई दिनमै यस्ता नसा सामान्य बन्न सुरु गर्छन् ।
त्यसैले शरीरबाट टक्सिन अर्थात् चुरोटको हानिकारक तत्व पनि बाहिर निस्कन सुरु गर्छ या सहज हुन्छ । धूम्रपानका कारण मानिसको घाँटीबाट कफ आउने गर्छ । तर, यतिवेला त्यस्ता कफ पनि कम हुन थाल्छ । यतिवेला शरीरमा भएको निकोटिन गायब बन्छ । यही समय हो, तपाईं सबैभन्दा बढी दुःखी र तनावमा रहने ।
यतिवेला तपाईंले धूम्रपानको अत्यधिक आवश्यकता महसुस गर्नुहुन्छ । यस्तो वेला चक्करसमेत लाग्ने सम्भावना हुन्छ । यतिवेला मानिस बेचैन हुनुका साथै अत्यधिक थाक्ने पनि गर्छन् ।
तीन दिनपछि
धूम्रपान छोडेको तीन दिनमा भने मुड खराब हुनुका साथै चिडचिडाहट चरम बिन्दुमा पुग्न थाल्छ । किनकि, यतिवेला शरीर एड्जस्ट हुन प्रयास गरिरहेको हुन्छ । यस्तो वेला निकै टाउको दुख्ने पनि गर्छ । यही समयमा पुनः धूम्रपान गर्ने सोच आउँछ । त्यसैले यस्तो समय आफूले आफैँलाई कन्ट्रोल गर्नुपर्ने हुन्छ ।
२ हप्तादेखि ३ महिनासम्म 
धूम्रपान त्यागेको दुई हप्तादेखि तीन महिनासम्ममा शरीरको स्टामिना बढ्न थाल्छ । यस्तो समय काम गर्दा वा दौडँदा दमको समस्या बिस्तारै कम हुन थाल्छ । यतिवेलासम्म तपाईंको शरीरमा रक्तसञ्चार निकै सन्तुलिन हुन थालिसक्छ ।
यो अवधिपछि हृदयाघातको सम्भावनासमेत कम हुन थाल्छ । यो अवधिमा तपाईं कठिन तरिकाले समय व्यतित गरिरहनुभएको हुन्छ । समय–समयमा चुरोटको तलतल पनि लाग्ने गर्छ । यतिवेला खाना राम्रोसँग रुच्न थाल्छ र तौल पनि बढ्न सक्छ ।
नौ महिनापछि 
धूम्रपान छाडेको नौ महिनासम्ममा तपाईं निकै स्वस्थ भइसक्नुहुन्छ । यतिवेला रोगप्रतिरोधी क्षमता बढ्नुका साथै विभिन्न इन्फेक्सनको समस्यासमेत कम हुँदै जान्छ ।
एक वर्षपछि
धूम्रपान त्यागेको एक वर्षपछि मुटुसम्बन्धी रोगको खतरा आधा मात्रामा घटेर जान्छ ।
पाँच वर्षपछि
धूम्रपान छोडेको पाँच वर्षपछि आर्टरी पुनः चौडा हुन सुरु गर्छ । यस्तो हुनु भनेको शरीरमा रगत जम्ने समस्या कम हुनु हो । जसको कारण हृदयाघातको सम्भावना कम हुन्छ । तर, पूर्ण सुधार हुन भने अझै केही समय लाग्छ ।
१० वर्षपछि 
धूम्रपान त्यागेको १० वर्षपछि दम र क्यान्सरको खतरा चुरोट पिउनेहरूको भन्दा आधा कम हुन्छ । यतिवेलासम्म मुख, घाँटी र पेनक्रिएटिक क्यान्सरको खतरासमेत निकै कम हुन्छ ।
१५ वर्षपछि
धूम्रपान त्यागेको १५ वर्षपछि मुटुरोग र पेनक्रिएटिक क्यान्सरको खतराको सम्भावना त्यति नै कम हुन्छ, जसले धूम्रपान गरिरहेका हुँदैनन् । यतिवेला रोगप्रतिरोधी क्षमता भारी मात्रामा बढेको हुन्छ ।
२० वर्षपछि 
धूम्रपान छाडेको २० वर्षपछि दम र क्यान्सरको खतरा त्यति हुँदैन । कतिसम्म भने जीवनमा चुरोटै नछोएकाहरूको स्वास्थ्यजत्तिकै तन्दुरुस्त हुन्छ ।

No comments:

Post a Comment