शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, January 30, 2018

नृत्यांगना तथा मोडेल इन्दुको म्यूजिक भिडियोको छायाँकन पुरा


-प्रतीक्षा श्रेष्ठ

जीवनको अभिन्न अङ्गको रुपमा लिने गरेको गीत÷संगीत, आजभोलि सुन्नका लागि मात्र नभै हेर्नका लागि म्यूजिक भिडियो बनाउने क्रम तिब्रता भएको पाइन्छ । यसै क्रममा यो साता पोखरेली संगीतकर्मीहरुको एक समूहले आफ्नो गीतमा काठमाडौँकी नृत्यांगना तथा मोडेल इन्दु शाहीलाई लिएर रमणियस्थल पोखराको फेवाताल लगायत अन्य स्थानमा छायाँकन गरी सम्पन्न गरेका छन् ।


म जिउँछु म जिउँछु, हाँसी खुशी म जिउँछु
कहिलेकाहीँ म पिउँछु, पिेएरै पनि जिउँछु ।

तिम्रै लागि नै मैले आँसु कति बगाएँ
तिमीलाई सम्झी सम्झी परेली नै बिझाएँ,
म जिउँछु म जिउँछु, रहरसँगै म जिउँछु
कहिलेकाहीँ म पिउँछु, पिएरै पनि जिउँछु ।


गजल लयमा आधारित यस गीतको शब्द रचना कृष्ण स्वर्गकारले गरेको हो भने मिठासपूर्ण स्वरवर्द्ध गगन स्वर्णकारको रहेका छन् यस्तै कृष्णभक्त राईले संगीतवर्द्ध गरेका छन् । प्रेम र विछोडबाट आउने तरंगलाई भुल्नका लागि सहाराको रुपमा आँसु र सोमरसलाई अँगाल्दै बाँच्न विवश एक घायलप्रेमीको जीवनसँग गाँसिएर लेखिएको यस गीतमा छायाँकन गरिएको छ ।


नृत्यांगना तथा मोडेल इन्दु शाही र कृष्ण स्वर्णकारको अभिनय रहेको यस गीतको म्यूजिक भिडियोको निर्देशन राज पटेलले गरेका छन् भने छायाँकन नविन के.सी.ले गरेका छन् । चाँडै नै यो गीतको भिडियो रिलिज हुने निर्देशक पटेलले भनेका छन् ।


No comments:

Post a Comment