शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, November 24, 2017

चीनबाट नेपाल आएर कपडा पसल खोल्ने यी २० वर्षिय युवती, ५०० मा ब्ल्यांकेट देखि ज्याकेटसम्म (भिडियो सहित)

नेपालमा चीनको सर-सामान खासै ब्रान्डेड मानिंदैन। चीन बाहेक बेलायत, थाइल्याण्ड, जापानको सर-सामान जति नै गुणस्तरहिन भए तापनि गुणस्तरको मानिने तर चाइनिज सरसामान भने जति नै गुणस्तरको भए नि गुणस्तरहिन मानिन्छ। नेपालीहरु मार्फत् ‘मेड इन चाइना आज छ भोलि छैन’ भनेर चाइनिज सर-सामानको गुणस्तरमा मजाक पनि नबनेको होइन। यस्ता चुनौतीलाई पार गर्दै नेपालमा चाइनिज सर-सामानको व्यवसाय गर्नेको कमी पनि छैन।
त्यस्तै विगत लामो समयदेखि चीनमा बस्दै आएकी पेम छोकी शेर्पा हाल भक्तपुर बस्दै आएकी छिन्। उनले छुट्टै उदेश्यका साथ नेपालमा व्यापार सुरु गरेकी छिन् । बनेपा, सातदोबाटो, सूर्यविनायक र गौशाला गरी नेपालको चार ठाउँमा उनले सुपथ मूल्यको व्यवसाय सुरुवात गरेकी छिन्। चीनबाट नेपालमा लत्ता कपडाको सामान ल्याएर हरेक सामान मात्र रु. ५०० मा बेचिराखेका छन् उनी। ‘आफ्नो मामा र मामाको साथीको सल्लाह सुझाव र सहयोगमा मामासँग नै पार्टनरशीपमा आफूले उक्त व्यवसाय सुरु गरेको’ उनी बताउँछिन। यस्तै व्यवसाय चीनमा पनि छ र नेपालमा पनि यो व्यवसाय फस्टाउने सम्भावना देखेर उक्त व्यवसाय सुरु गरेको उनको भनाई रहेको छ।
मात्र रु ५०० मा हरेक समान उपलब्ध भएकोले धेरैले ति सामानहरु डुब्लिकेट, प्रयोग गरिसकेको र गुणस्तरहिन हो कि भन्ने आशंका पनि गर्दछन्। तर यो आशंकालाई स्पष्ट पर्दै उनी भन्छिन् ‘ हाम्रो समान सबै गुणस्तरीयका नै हुन्छन्। बिना फाइदा कोही पनि व्यवसाय गर्दैनन्। सानो समान जस्तै कि पर्स, बच्चाको कपडाले हामीलाई फाइदा हुन्छ ।’ ‘सुपथ मूल्यमा व्यवसाय गरेकोले मलाई वरपरबाट धेरै धम्की पनि आइसकेको छ तर मैले हरेश नखाई आफ्नो व्यवसायमा नै ध्यान दिंदै आएको छु’ उनी भन्छिन्।

No comments:

Post a Comment