शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, November 20, 2017

प्रकाश दाहालको निधन कसरी थाहा पायो फेसबुकले ?

साथै उनको प्रोफाइल माथि फेसबुकले ‘Remembering Prakash Dahal’ देखिएको छ,
जहाँ (We hope people who love Prakash will find comfort in visiting his profile to remember and celebrate his life.) भन्ने सन्देश देखाएको छ ।
फेसबुकले प्रयोगकर्ताको मृत्यु भइसकेपछि उसको एकाउन्टलाई आफै memorialized accounts को
रुपमा परिवर्तन गर्छ भन्ने कुरा यस कुराले प्रमाणित गरेको छ ।

मृत्युको खबर कसरी पायो फेसबुकले ?

विश्वमा झन्डै आधा जनसंख्याले फेसबुक चलाउँछन् । ति मध्ये दैनिक हजारौंको मृत्यु भइरहेको हुन्छ । फेसबुक आफैले जो-जो प्रयोगकर्ता मर्छन्, सबैको एकाउन्ट परिवर्तन गर्न भने सक्दैन ।
तर जो व्यक्ति मर्छ र उसलाई समवेदना भन्दै उसको फोटो सेयर गर्ने तथा फेसबुक मार्फत् दु:ख व्यक्त भएपछि फेसबुकले त्यस्ता व्यक्तिको एकाउन्टलाई memorialized accounts को रुपमा परिवर्तन गरिदिन्छ । प्रकाशको फेसबुक एकाउन्ट पनि यस्तै भएको हुनसक्छ ।
आइतबार मृत्यु भएका प्रकाश दाहालको फोटोहरु सामाजिक संजालमा हजारौं-लाखौँले श्रद्धान्जलि दिंदै पोष्ट गरेको कारण पनि फेसबुकले उनको मृत्यु भएको भन्ने बुझेर उनको फेसबुक परिवर्तन गरेको हुन सक्छ । लगातार फेसबुकमा प्रकाश दाहालकको फोटो हाल्दै उनको मृत्युबारे पोष्टहरु सेयर गरिएका थिए ।
माथिको बिषयलाई प्रमाणित गर्ने आधारहरु पनि छन् । फेसबुकको नीति अनुसार अब प्रकाश दाहालको फेसबुकको पासवर्ड कसैलाई थाहा छ भने पनि अन्य व्यक्तिले उनको एकाउन्ट खोल्न सक्दैन । किनकी फेसबुक पोलिसी अन्तर्गत memorialized account को पाँचौ बुँदामा यस्तो एकाउन्ट कसैले खोल्न नसक्ने कुरा उल्लेख गरिएको छ ।
प्रयोगकर्ता मरेपछि उसको फेसबुक एकाउन्टलाई फेसबुकले आफसेआफ memorialized accounts बनाउँछ जुन एकाउन्ट परिवर्तन हुने आधारहरु तल पढ्न सक्नुहुनेछ ।

मरेपछि फेसबुक एकाउन्ट के हुन्छ ?

यहाँ हामीले फेसबुकको केही यस्तो सेटिङको बारेमा बताउन गइरहेका छौं । जसको बारेमा तपाईलाई थाहा नहुन सक्छ । यी सेटिङ्ग तपाईको मृत्युसँग जोडिएको छ । यदि तपाई चाहनु हुन्छ कि मरेपछि पनि तपाईको एकाउन्ट अपडेट भइरहोस् ? यदि त्यसो हो भने सेटिङ्ग मार्फत तपाईले मिलाउन सक्नुहुन्छ ।
त्यस्तै मरेपछि तपाई आफ्नो फेसबुक स्थायी रुपमै डिलिट गर्न चाहनुहुन्छ भने पनि सेटिङ्ग मार्फत् मिलाउन सक्नुहुन्छ । यस्ता सेटिङ्ग सजिलै प्रयोग गर्न सकिन्छ । आउनुहोस् साझा सबाल टिप्स अन्तर्गत आज तपाईलाई हामी त्यस्तो सेटिङ्ग मिलाउने तरिकाबारे जानकारी दिनेछौं ।

मरेपछि पनि तपाईको फेसबुक चलिरहन्छ

यदी तपाई आफू मरेपछि पनि फेसबुक चलिरहोस् भन्ने चाहनुहुन्छ भने Settings मा गएर Manage Account मा जानु पर्छ । त्यहाँ Choose a friend भन्ने अप्सन देखिन्छ ।
त्यहाँ तपाईले आफ्नो कुनै पनि साथीलाई एड गर्न सक्नुहुन्छ जसले तपाइ मरेपछि पनि तपाईको फेसबुक एकाउन्ट अपडेट गर्न सक्छ । Add मा क्लिक गरेपछि एउटा म्यासेज तपाईको साथीलाई जान्छ र उसले स्वीकृत गरेपछि तपाईको एकाउन्टमा तपाईको साथी जोडिन्छ ।
अब तपाईको त्यस साथीले तपाई मरेपछि पनि फोटो अपडेट गर्न सक्छ । तर उसले तपाईको एकाउन्ट लग-इन भने उसले गर्न सक्दैन । साथै पोष्टहरु सेयर गर्न पनि सक्दैन ।

मरेपछि तपाईको फेसबुक आफसेआफ डिलिट गर्न पनि सकिन्छ

यदि तपाई मरेपछि आफ्नो फेसबुक पनि डिलिट गर्न चाहनु हुन्छ भने तपाई Facebook एकाउन्टको Setting मा जानुहोस् । यहाँ तपाईले Manage Account अन्तर्गत legacy contact को अप्सन देख्नुहुन्छ । त्यसमा क्लिक गरेर तल्लोपट्टि Request Account Deletion देख्न सक्नुहुन्छ र त्यसमा क्लिक गर्नुहोस् । अब Delete After Death अप्सनमा क्लिक गर्नुहोस् । त्यसमा तपाई मरेपछि फेसबुकले तपाईको फेसबुक नै डिलिट गरिदिन्छ ।

No comments:

Post a Comment