शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, May 9, 2017

'बीर गन' नामको जंगबहादुर पालाको मेसिन गन कहिले विदेश पुग्यो? (भिडियो सहित)


------------------------------------
नेपालको एेतिहासिक इतिहास बोकेको 'बीर गन' नामको जंगबहादुर पालाको मेसिन गन कहिले विदेश पुग्यो? यस सानो भिडियोमा उक्त 'बीर गन' को किनबेचको लागि मोलमोलाई र परिक्षण हुँदैछ ।
---------------------------------------------

आज फेसबुकमा हिस्ट्री च्यानलको पुरानो इपिसोड (जनवरी २७, २०१६) मा प्रसारित अमेरिकी ब्यापारी Rick Harrison को pawn stars मा बिक्री भएको गेहेन्द्र शमशेर राणाको बीर गन (राणा प्रधान मन्त्री बीर शमशेरको नाममा बनाइएको) को बारेमा निकै चर्चा चलेको छ । २ बर्ष अगाडि बिक्री भएको यो घटनाले बल्ल अहिले चर्चा पाएको छ । निकैले यो पुरानो इपिसोडलाई शेयर गरी राखेका छन् । 

एकचोटी हामीले इतिहास पल्टाएर हेर्नु पर्छ । हामीले विगतमा कुन कुन बेला गल्ती गर्यौ र हाम्रा अमुल्य सम्पतीलाई नगन्य मुल्यमा बिक्री गर्यौ ।

वास्तबमा यस्ता २० वटा बीर गन गिरिजा प्रसाद कोइरालाको सरकार हुँदा सन् २००० मा अमेरिकन कम्पनीलाई एउटा को १,००० डलर मुल्यमा बेचिएको थियो । जब कि सोही समयमा अन्तर्राष्ट्रीय संग्रहकर्ताहरुको क्याटलगमा यस्को मुल्य २३,५०० डलर थियो । आज यसको मुल्य ३०,००० डलर छ । यो बीर गन नेपालको संग्रहालयमा ३ वटा बचेको छ । 

यस पछि सन २०११ तिर निकै महत्व को १८५३ को Snider Enfield गन्, १८३९ र १८४२ को musket गन , Martini-Henry राइफल , पुरानो तोपहरु, पुरानो नेपाली खुकुरीहरु, पुराना भाला तरवार तथा अन्य गरी करिब ९७८०० हात हतियार नेपाल सरकारले ३३ लाख डलरमा अमेरिकाको Atlanta Cutlery नामक कम्पनीलाई बेचेको थियो । 

यो भन्दा पहिले सन् १९७० तिर पनि पञ्चायत कालमा नेपालले सिङ्गापुरको संग्रहकर्तालाई १ लाख पाउन्डमा पुरानो हातहतियारहरु बिक्री गरेको थियो ।

अझ लाजमर्दो कुरा के छ भने नेपाल को ९५ प्रतिशत पुरानो हातहतियार अमेरिकी कम्पनी सँग छ भने मात्र ५ प्रतिशत नेपाली सेनाले भन्डारण गरी राखेको छ ।

शब्दहरु सुनिल

भिडियो हेर्नुहोस्

No comments:

Post a Comment