शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, May 27, 2017

रिचार्जकार्ड देखि डिंगोसम्म : नेपाली सेलिब्रेटीका उपनाम, थाहा पाउनुहोस् कसको नाम के ?

मानिसलाई चिन्नकै लागि जन्मेको केही दिनमा उसको नामाकरण गरिन्छ । मानिसको परिचय दिने भनेको नामले हो । नामले नै मानिसको पहिचान पनि बनाउछ । तर मानिसको वास्तविक नाम एउटा हुन्छ भने बोलाउने नाम अर्को अनि जिस्क्याउने नाम अर्कै । यस्तै केही सेलिब्रेटीहरुका पनि उपनाम छन् । चर्चित सेलिब्रेटीहरुलाई उनीहरुको सर्कलमा बोलाउने नाम हामीले आजको यो सामाग्रीमा समावेश गरेका छौँ ।
भुवन केसी (डिंगो)अभिनेता भुवन केसीलाई मन पर्ने पहिरन डिंगो जुत्ता हो । उनी उपस्थित पार्टी र काम गरेका सिनेमाहरुमा डिंगो जुत्ता नै लगाउँछन् । यहि कारण उनका साथीभाईहरुले उनलाई ‘डिंगो’ भनेर बोलाउँछन् । महिला प्रेमी अभिनेताका रुपमा परिचित भुवन हाल छोरा अनमोलको अभिनय रहेको सिनेमा ‘कृ’ को छायाकंनमा व्यस्त छन् ।
करिश्मा मान्धर (गोदावरी)अभिनेत्री करिश्मा मानन्धर निर्माता विनोद मानन्धरसँग विवाह गरेर ललितपुर गोदावरीकी स्थायी बासिन्दा भइन् । बसाई गोदावरी अनि सुन्दरता पनि गोदावरी फूलजस्तै सदाबहार भएकाले उनलाई धेरैले ‘गोदावरी’ भनेर नामले बोलाउँछन् । पछिल्लो समय सिनेमामा निष्क्रिय उनले राजनीतिमा लागेर चर्चा भने बटुलिरहेकी छिन् ।
निखिल उप्रेती (निक)एक्शन नायकको परिचय बनाएका अभिनेता निखिल उप्रेतीको उपनाम ‘निक’ हो । उनका आफन्त र साथीभाईहरुले उनलाई मायाले ‘निक’ भनेर बोलाउँछन् । निखिल उप्रेतीको वास्तविक नाम पनि निखिल हैन । नागरिकतामा उनको नाम दिनेश उप्रेती छ । उनले सिनेमाको लागि नाम परिवर्तन गरेर निखिल उप्रेती बनाएका हुन् । निखिल हाल ‘कमिटमेन्ट सिक्स्टि आवर्स’ को तयारीमा लागेका छन् । यो निखिलद्धारा निर्देशित दोस्रो सिनेमा हुनेछ । यस अघि उनले ‘भैरव’ निर्देशन गरिसकेका छन् ।
आर्यन सिग्देल (एलियन, सिग्देल बाहुन)अभिनेत्री नम्रता श्रेष्ठलाई आर्यन सिग्देल कुनै अर्कै ग्रहबाट आए जस्तो लाग्छ । आफ्नो लागि अर्कै ग्रहबाट आएको व्यक्ति भन्दै उनी आर्यनलाई एलियन भन्छिन् । त्यस्तै केही सिनेमाकर्मी र आर्यनका साथीभाईहरुले ‘सिग्देल बाहुन भनेर पनि बोलाउँछन् । यस हिसाबले आर्यनका दुईवटा उपनाम छन् । हाल आर्यन सिनेमा ‘रुद्रप्रियाको छायाकंनमा व्यस्त भएका छन् ।

नम्रता श्रेष्ठ (नमु)नम्रता श्रेष्ठलाई उनका निकट साथीभाईहरुले ‘नमु’ भनेर बोलाउने गर्छन् । उनलाई ‘नमु’ भनेर बोलाउनेको नम्बर एकमा अभिनेता आर्यन सिग्देल पर्छन् । नम्रता हाल सिनेमा ‘पर्व’को प्रमोशनमा व्यस्त छिन् । उनीद्धारा अभिनित सिनेमा ‘पर्व’ जेठ १२ मा रिलिज हुँदैछ ।
प्रदीप खड्का (प्रेम)अभिनेता प्रदीप खड्काले सिनेमा ‘प्रेमगीत’मा काम गरेपछि प्रेमको रुपमा चिनिए । अडियन्सले उनलाई प्रेमको रुपमा खुबै रुचाए । यहि कारण उनको उपनाम नै ‘प्रेम’ रहन गयो । उनलाई साथीभाई, सिनेकर्मी र फ्यानहरुले ‘प्रेम’ भनेर बोलाउँछन् । प्रदीपद्धारा अभिनित सिनेमा ‘प्रेम गीत २’ साउन १३ मा रिलिज हुँदैछ । हाल उनी यहि सिनेमाको प्रमोशनमा व्यस्त छन् ।
प्रियंका कार्की (पिंकु)पछिल्लो समय अभिनेता आयुष्मान देशराज जोशीसँगको अफेयरका कारण चर्चामा आएकी प्रियंका कार्कीलाई उनका निकट साथीभाईहरुले ‘प्रिंकु’ र ‘पिंकु’ भनेर बोलाउँछन् । फ्यानहरुबिच प्रियंकाका रुमा चिनिएकी प्रियंका सिनेकर्मीहरु बिच ‘प्रिंकु’ र ‘पिंकु’को नामले परिचित छिन् । हाल उनी सिनेमा ‘छक्का पञ्जा २’ को छायाकंनमा व्यस्त छिन् ।
केकी अधिकारी (केकु)केकी अधिकारी सबैकी प्रिय अभिनेत्री हुन् । उनलाई फ्यानहरुसँगै सिनेकर्मीहरुले पनि असाध्यै माया गर्छन् । उनलाई उनका निकट साथीहरुले ‘केकु’ भनेर बोलाउँछन् । उनको यो उपनाम पनि निकै चर्चित छ ।
पूजा शर्मा (गीत)अभिनेत्री पूजा शर्माले सिनेमा ‘प्रेमगीत’ मा काम गरेपछि ‘गीत’ उपनाम पाइन् । नेपाली सिनेमाकी लभर गर्लको रुपमा स्थापित भएकी उनलाई उनका निकट साथी, सिनेकर्मी र फ्यानहरुले ‘गीत’ भनेर बोलाउँछन् । हाल सिनेमा ‘म यस्तो गीत गाउँछु’को प्रमोशनमा व्यस्त उनले आफूले पाएको लभर गर्लको परिचयलाई सदा कायम राख्न कोशिस गर्ने केही समय अघि भएको कुराकानीमा बताएकी थिइन् ।
ऋचा शर्मा (रिचार्ड कार्ड)अभिनेत्री ऋचा शर्माको उपनाम उनका सहकर्मी र साथीहरुले ‘रिचार्ड कार्ड’ राखिदिएका छन् । यो नाम निकै रमाईलो पनि छ । किनकी उनी मोबाईल रिचार्ज गर्न निकै अल्छि गर्छिन् । कसैलाई फोन गर्नु पर्यो भनेपनि साथीभाईहरुको मोबाइल मागेर गर्ने ऋचाको बानी छ । यहि कारण उनका निकट साथीहरुले उनलाई ‘रिचार्ड कार्ड’ भनेर बोलाउँछन् । ऋचा हाल आफ्नै निर्माण रहेको सिनेमा ‘आधा लभ’को प्रमोशनमा व्यस्त छिन् ।
वर्षा राउत (पुकुली)अभिनेत्री वर्षा राउतलाई उनका निकट साथीभाईहरुले मायाले बोलाउने नाम हो ‘पुकुली’ । मोटो शरीर र पुक्क परेको गालाकै कारण उनलाई उनका साथीहरुले ‘पुकुली’ भनेका हुन् । वर्षा राउतलाई मोटी अभिनेत्रीको रुपमा पनि चिनिन्छ । उनी धेरै खाने भएका कारण तौल घटाउन नसकेका कारण उनलाई खन्चुवा अभिनेत्री पनि भनिन्छ । वर्षा हाल सिनेमा ‘छक्का पञ्जा २’ को छायाकंनमा व्यस्त छिन् ।
छुल्ठिम गुरुङ (डल्ली)अभिनेत्री छुल्ठिम गुरुङले सिनेमा ‘नोभेम्बर रेन’ मा डल्लीको भूमिका निभाएपछि उनलाई सबैले ‘डल्ली’को रुपमा चिन्न थाले । उनले त्यहि सिनेमाबाटै ‘डल्ली’ उपनाम पाईन् । उनलाई उनका निकट साथीभाईहरुले मात्रै हैन फ्यानहरुले पनि डल्ली भनेर नै बोलाउँछन् । उनको उचाई पनि अलि कम छ । यहि कारण पनि उनको ‘डल्ली’ नामले निरन्तरता पाएको छ । गत साता मात्रै उनले निर्माण गरेको सिनेमा डायरी रिलिज भयो । सिनेमाले राम्रो प्रतिक्रिया पाएको थियो भने सफलता औसत ।

No comments:

Post a Comment