शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, April 26, 2016

कुमामोतोमा भूकम्प प्रभावितलाई खाना खुवाउँदै नेपाली समुदाय (फोटो फिचर)

दुई साता अघि भूकम्पले क्षति पुरयाएको दक्षिण पश्चिम जापानको कुमामोतोमा भूकम्प प्रभावित जापानीहरुलाई जापानवासी नेपालीको तर्फबाट विभिन्न सहयाेग जारी राखिएको छ ।
भूकम्प प्रभावित जापानीहरुलाई सहयाेग गर्ने उदेश्यले नेपाली समुदायको प्रतिनिधित्व गर्दै जनसम्पर्क समिति जापानले मंगलवार करिव १२०० जनालाई नेपाली खाना तथा अन्य सामाग्री वितरण गरेको छ । जनसम्पर्क समिति जापानका उपसभापति पुस्कर थापाका अनुसार कुमामाेतो क्षेत्रमा पुगेको नेपाली टोलीले स्थानिय नेपालीहरु समेतको सहभागितामा नेपाली तातो भात तथा भिटामिन युक्त पानी वितरण गरेको हो ।
नेपालमा गत वर्ष गएकाे विनासकारी भूकम्प पश्चात सहयोग गर्ने जापानीहरुकाे सहयोगलाई आत्मसाथ गर्दै साे क्षेत्रमा सहयोग कार्यक्रम आयाेजना गरिएको उपसभापति थापाले नेपाल जापान डटकमलाई बताउनुभयाे ।
मंगलवार विहान देखि खाना खुवाउन जुटेका नेपालीहरुलाई स्थानिय जापानी वृद्धवृद्धाहरुले सहयोग प्रति आभार व्यक्त गरेका थिए । खानाको प्लेट सहित लामवद्ध जापानीहरुले धन्यवाद भन्दै यस्तो सहयोग कहिल्यै नविर्सने बताएको उपसभापति डिपी कँडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा जनसम्पर्क समितिका जापान सभापति नारायणप्रसाद सुवेदी, उपसभापतिद्धय डिपी कँडेल, पुस्कर थापा, महामन्त्री राजेन्द्र जम्मरकट्टेल, सहमहामन्त्री बद्री पौडेल, सदस्यहरु ध्रुव वस्नेत, बावुराम सापकोटा, विष्णु अर्याल, आत्मराम गैरे, महासमिति सदस्य राेशन केसी, जनसम्पर्क समिति जापान क्युसु क्षाेत्रिय समिति उपसंयोजक डिक कार्की, एनआरएनए आईसीसी सदस्य तुल्सीराम खरेल, एनआरएनए जापान उपाध्यक्ष टक गैरे, सदस्य नन्दु गैरे, मजदुर संघ जापान अध्यक्ष पदम गुरुङ लगायतको सहभागिता रहेको छ । कार्यक्रममा विहान तथा बेलुका गरेर १२ सय जापानीहरुलाई खाना खुवाईनेछ ।
एक साता अघि पनि गैरआवासीय नेपाली संघ एनआरएनए जापानको टोलीले पहिलो पटक सोही स्थानमा जापानीहरुलाई नेपाली खाना खुवाएको थियो । जसको सो क्षेत्रका स्थानियले सराहना गरेका थिए ।

तस्वीरहरु:







न्यूज, फोटो साभार: नेपाल जापान डट कम

No comments:

Post a Comment