शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, February 15, 2016

संयोगले भेटिएको तर‌ंग

डा.प्रज्ज्वल काफ्ले
संयोगले भेटिएको तर‌ंग
गुरुत्वाकर्षण तरंग र त्यसै प्रसंगमा अल्बर्ट आइन्सटाइनका बारेमा विगत केही दिनहरुमा पत्रपत्रिका, टि.भी., सामाजिक सञ्जालमा नलेखिएका र नभनिएका थोरै मात्र कुराहरु मात्र होलान। यहाँ त्यहि गुरुत्वाकर्षण तरंग सम्बन्धी त्यति चर्चामा नआएका केही पृथक प्रसङ्गहरु राख्न चाहन्छु।
सूर्य जस्ता ३०० खर्ब ताराहरु मिलेर बनेको छ आकाशगंगा(MilkyWay galaxy)। त्यस्ता खर्बौ आकाशगंगाहरु(Galaxies) छन् ब्रहमाण्डमा। दुर त्यस्तै कुनै एक आकाशगंगामा ब्ल्याक होल (Black Hole) भनिने सूर्य भन्दा गुणा भिमकाए पीण्डहरु एक आपसमा जुद्दा गुरुत्वाकर्षण तरंगहरु पैदा भए। ती तरंगहरु प्रकाशको गतिले चारै तिर छरिए। अन्तत्वोगत्वा हामीसम्म पनि ती तरंगहरु आइपुगे। अनि ती तरंगहरुलाई हामीले यो पटक मापन गर्न सक्षम भएसंगै बिज्ञानको एउटा कालखण्ड समाप्त भयो। अल्बर्ट आइन्सटाइनको १०० वर्ष पुरानो सिद्धान्त पनि प्रमाणित भयो ।

ब्रहमाण्डमा यी तरंगहरु पहिलो पटक निस्केका होइनन्। भाग्यवस, यो पटक मानव सभ्यता तयार थियो र Advance LIGOको मद्दतले यि तरंगहरु सुन्न सकियो। त्यसैले केहीले खगोल विज्ञानमा पहिले आँखा मात्रै थियो अब कान पलाएको प्रसँग पनि बनाएका छन्।

भाग्यवस चाहिँ किन भने, गुरुत्वाकर्षण मै शोध गरेका रिच आइजाच्चोन NSF(अमेरिकाको बिज्ञानमा लगानी गर्ने संस्था) मा नहुँदा हुन् त वजेट अभावका कारण प्रथमत LIGO नै बन्ने थिएन। त्यो समयमा LIGO मा लाग्ने खर्चले अरु बिज्ञानका क्षेत्रहरुको वजेट कटौती हुनसक्छ भन्ने धेरैलाई संसय थियो। अन्त समयसम्म पनि अन्य क्षेत्रका वैज्ञानिकहरुले LIGO को विरोधमै थिए। विकसित राष्ट्रहरुमा रिसर्चमा लगानी हाम्रो दाँजोमा धेरै जस्तो देखिने भएता पनि, त्यहाँ पनि लगानी निश्चित र अत्यन्तै प्रतिस्पर्धी हुने गर्छन। सोझै साधारण जनजीवनमा प्रभाव पार्ने खालका छैनन् भने त बजेट पाउन असम्भव प्राय: नै हुन्छन्।

भाग्यवस किन पनि भने, Advance LIGO बन्दै गर्दा ८३ वर्षीय भौतिकशास्त्री रैनेर वेइस्सले उपकरण परिक्षणको काम नसकिएकाले केही दिन थप समय मागेका थिए। सन्जोग हर्नुस, त्यहि मागेको भनिएको थप दिन भित्रै यी तरङ्ग ति उपकरणमा मापन गरिएका हुन्। धन्न उनको अर्जी मानिएन नत्र तरङ्ग पृथ्वीबाट गुज्रिदा सम्पूर्ण उपकरण निदाई रहेकै हुने थियो होला। जम्मा-जम्मी ४ सेकन्डमै पृथ्वी पार गरिसक्ने ति तरङ्गहरु भविस्यमा फेरी कहिले हामीले मापन गर्न सक्थ्यौ अड्कल गर्न गाह्रो छ।

विज्ञानका अरु क्षेत्र भन्दा खगोलको फरक चुनौती नै यही हो। खगोल विज्ञानका निम्ति ब्रहमाण्ड आफै प्रयोगशाला हो। अनुकुल समयमा प्रयोग(experiment) गरौँ भन्न पनि नमिल्ने। आफैं ठाउँमा पुगेर दुई ब्लैक होल जुधाउन पनि नमिल्ने। कुनै घटना आकाशमा कहिले होला कुरिरहनु पर्ने। अझ आकाशमा हरेक वस्तु यति टाढा हुन्छन कि एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न पनि करोडौ वर्ष लाग्छन। सुर्यबाट किरण पृथ्वीसम्म आइपुग्न पनि औसत ८ मिनेट २० सेकन्ड लाग्छ। अहिले चर्चामा रहेको गुरुत्वाकर्षण तरङ्ग हाम्रो आकाशगंगामा प्रवेश गर्दा मानव जाति ढुंगे युगका बाँदरनै थिए!

फेरी बिषयमै फर्किउ भानिन्छ नि असाधारण दावीका लागि प्रमाणहरु पनि असाधारण हुनु पर्छ। शताब्दी नाघी सकेको गुरुत्वाकर्षण तरङ्ग सम्बन्धि सिद्धान्त, जसलाई ४० वर्ष खोज गर्दा नि प्रमाणित गर्न सकिएको थिएन, त्यस कुरोको प्रमाण पनि असाधारण, अकाट्य नै दिनु पर्ने थियो।

१४ सेप्टेम्बर २०१५ मा प्रथम पटक तरङ्गहरु लिभिङ्ग इस्टोन, अमेरिकामा मापन गर्दा उपकरणको अन्तिम परीक्षण त बाँकी नै थियो भनिन्छ। हुन त मुख्य परीक्षणहरु पहिले नै भैसकेका थिए। पूर्ण रुपमा जाँची नसकेकाले पनि हुनसक्छ LIGO टिमका झन्डै एक हजार वैज्ञानिकहरु यस वर्षको शुरुमै पत्ता लागिसकेको तरङ्ग सम्बन्धि डाटा दोहोराएर, बारम्बार छड्के परिक्षण र पूर्ण अध्ययन गरे पश्चात मात्र केही दिन अघि सार्वजनिक गरेका हुन्।

एउटा रोचक प्रसङ्ग के खुल्न आएको छ भने LIGO भित्र फर्जी तरङ्ग पैदा गर्ने केही व्यक्तिको ग्रुप नै बनाइएको थियो। त्यस्ता फर्जी तरङ्गहरुले LIGO का बाँकी वैज्ञानिकहरुलाई चनाखो बनाई राख्ने काम गर्थ्यो। एक पटक त यति सम्म झुकिए छन् कि झन्डै त्यो खोज प्रकाशित हुने अन्तिम चरणसम्म पुगेको थियो भनिन्छ। तर यो पटक दुइ फरक फरक ठाउँमै ति तरङ्गहरु केही समयको अन्तरालमा नापिए पछि भने कुनै शंका रहेनन् कि आइन्स्टाइन यो पटक पनि सहि नै सावित भए।

अन्त्यमा, यो खोज वा स्वयम् सापेक्षतावादको सिद्धान्तले पनि आइन्सटाइनलाई विज्ञानको सर्वश्रेष्ठ नोबेल पुरस्कार प्रदान गरेन र गर्दैन। किनभने नोबेल पुरस्कार मृत्यु पर्यन्त दिईदैन । उनको मृत्यु भएको पनि साठी वर्ष भैसकेको छ। उनि जीवितै हुँदा सापेक्षतावादका कुनै सिदान्त प्रमाणित हुनै सकेका थिएनन् र नोबेल पुरस्कार अप्रमाणित सिद्धान्तलाई प्रदान गरिन्न। यकिनका साथ भन्न नसके पनि यो पटकको नोबेल पुरस्कार गुरुत्वाकर्षण तरङ्गको खोजकर्ताले नै पाउने अनुमान छ। हेर्न रमाइलो के हुने छ भने ३ भन्दा बढी व्यक्तिलाई नोबेल वितरण गरिन्न तर यो खोजमा एक हजार बैज्ञानिकको संग्लग्नता छ।


साभार: www.nagariknews.com

No comments:

Post a Comment