शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Wednesday, April 22, 2015

भारतले यसरी बनायो नक्कली ‘कपिलवस्तु’ (फोटो फिचरसहित)


गौतम बुद्ध भारतमै जन्मिएको देखाउने प्रयास

सलमान खान, (भारतबाट फर्केर)
बुद्धको अष्टधातु फेला परेको भनिने स्थानदेखि अगाडि रहेको संग्रहालय

वैशाख, सिद्धार्थनगर । संसारलाई थाहा छ, ‘कपिलवस्तुगौतम वुद्धको जन्मस्थल हो, जुन नेपालमा पर्छ । कपिलवस्तुनेपालका ७५ जिल्लामध्ये एक भएकाले यो नेपालको आफ्नै ब्राण्ड पनि हो ।
तर, भारतले आफ्नै भूमिमा गौतम बुद्धका पिताको दरबार रहेको दाबी गर्दैकपिलवस्तुको नाम दुरुपयोग गर्दा पनि नेपाल सरकार अहिलेसम्म मौन छ । भारतले कपिलवस्तुको नाम दुरुपयोग गरेकोमा लुम्बिनी विकास कोषका अधिकारी एवं पुरातत्वविद्हरु सन्तुष्ट छैनन् ।
यसैवीच भारतले लुम्बिनी र कपिलवस्तुको गरिमालाई आफ्नो मुलुकतिर तान्नका लागि केके गरिरहेको रहेछ भन्ने रिपोर्ट तथा महत्वपूर्ण तस्वीरहरु अनलाइनखबरले फेला पारेको छ ।
भारतले आफ्नो भूमिमा बनाएको संग्रहालयको नामै कपिलवस्तु संग्रहालयराखेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभाको चुनावका बेलामा समेत बुद्धको जन्म बिहारमा भएको बताएका थिए । नेपालमा आएका बेला बुद्ध जन्मेको देश भने पनि मोदीले युरोप भ्रमणमा बुद्धबारे विवदास्पद अभिव्यक्ति दिँदै आएका छन् । यसैक्रममा भारत सरकारले लुम्बिनी नजिकै आफ्नो भूमिमा धमाधम नक्कलीकपिलवस्तुबनाएर बुद्ध भारतमा जन्मेको प्रमाणित गर्न खोजेको छ ।

भारतीयहरुले बुद्धको अष्ट धातुसमेत आफ्नै भूमिमा फेला परेको भन्दै कपिलवस्तु संग्रहालयमा अष्ठधातुका  घडासमेत राखेको छ । जबकि नेपालका पुरातत्वविदहरु बुद्धको अष्टधातु भारतमा नभई नवलपरासीको रामग्राममा रहेको बताउँछन् ।

भारत सरकारले संसारभरिका पर्यटकलाई आफ्नो देशमा तान्ने रणनीति अनुरुप भारतमा नक्कली कपिलवस्तुबनाएको लुम्बिनी विकासकोषका अधिकारीहरुको गुनासो छ ।


शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट आउने पर्यटकलाई आफ्नो देशतिर तान्ने भारतीय रणनीति धमाधम कार्यान्वयनमा आइरहेको छ ।
भारतको सिद्धार्थनगर जिल्लास्थित पिपराहावामा एउटा सतूपा छ, जहाँ बुद्धको अष्टधातु फेला परेको भारतीय दाबी छ । त्यहाँ गौतम बौद्धभिक्षु, भिक्षुणीहरुको आवास गृहसमेत छ । सो स्थानमा भन्दा करिब एक किलोमिटर अगाडि बुद्धका बुबा शुद्धोधनको नक्कलीदरबार खडा गरिएको छ । सो स्थानलाई बगैँचाका रुपमा सजाइएको छ ।
गौतम बुद्धले सर्वसाधारणलाई उपदेश दिने स्थान जुन मुख्य स्तुपाको उत्तर तर्फ बनाइएको छ ।
स्तुपाको पूर्वतर्फ निर्गोदाम बिहार (गौतम बुद्ध र बौद्ध भिक्षुहरु बस्ने आवास गृह) देखिन्छ भने स्तुपाको पश्चिमतर्फ महाप्रजापति गौतमी बुद्ध बिहार (बौद्ध भिक्षुणीहरु बस्ने आवास गृह) छ ।
स्तुपाभित्र ३ वटा भाँडामा बुद्धको अष्टधातुराखिएको बताइएको छ । तीनमध्ये एउटा भाँडाको अष्टधातु भारतको कोलकाता लगेर राखिएको र बाँकी २ भाँडामा रहेको अष्टधातु पूजापाठ गर्नका लागि स्तुपाभित्रै राखिएको स्तुपा नजिकै भेटिएका एक बौद्ध भिक्षुले अनलाइनखबरलाई बताए ।
उक्त बुद्धको अष्टधातु फेला परेको स्थानमा जानुअघि नै मुख्य गेटमा ठूलो अक्षरमा कपिलवस्तुभनेर लेखिएको छ । तर, उक्त स्थानको बजार क्षेत्रमा भने सो स्थानको नाम कपिलवस्तु हो भनेर कतै उल्लेख छैन ।

करिब २० मिटर तलतिर रहेको भारतीय प्रहरी चौकीमा समेत अलिगडवा प्रहरी चौकी लेखिएको छ भने माथितिर पिपराहावा भन्ने स्थान रहेको छ ।
प्राचीन कपिलवस्तु राज्यको सीमाभन्दा पूर्वतर्फ रुपन्देहीको रोहिणी नदीसम्म थियो भने पश्चिमतर्फ भालुवाङस्थित राप्ती नदीसम्म रहेको थियो । त्यस्तै उत्तरतर्फ रुपन्देहीको चुरे इलाकासम्म थियो भने दक्षिणको पावा कुशीनगरसम्म फैलिएको थियो ।
हुन त भारतको पिपराहावा नामक स्थान प्राचीन कपिलवस्तु राज्यको सीमा क्षेत्रभित्रै पर्थ्यो  । तर, प्राचीन कपिलवस्तुको राजधानी भने नेपालको तिलौराकोटमै रहेको अर्थात बुद्धका बुबाको दरबार पनि नेपालको कपिलवस्तु जिल्लाको तिलौराकोटमै रहेको विभिन्न अध्यनन, अनुसन्धानबाट पुष्टि भइसकेको लुम्बिनी विकास कोषका पुरातत्वविद कृष्ण केसीले अनलाइनखबरलाई बताए ।
भारतको पिपराहावामा रहेको दरबार हेर्दा दरबारमा हुने पूर्वाधारहरु (प्रसाशनिक, सैनिक लगायतका भवन) नै छैनन् भन्दै पुरातत्वविद केसीले अनलाइनखबरसँग भने-भारतले बुद्धका बुबाको दरबार आफ्नो देशमा रहेको जति दाबी गरे पनि बुद्धका बुबाको दरबार नेपालको कपिलवस्तु जिल्लास्थित तिलौराकोटमा रहेको विभिन्न अध्यनन, अनुसन्धानबाट पुष्टि भइसकेको छ ।
केसीले भने-सन् १९७५ मा भारतीय पुरातत्वविद केएम श्रीवास्तवले धर्मदुत पत्रिकामा लस्ट सिटी अफ कपिलवस्तु फाउन्डभनेर एक आलेख लेखेका थिए । तर, सन् १८९९ भारतकै पुरात्तवविद पीसी मुर्खजीले प्राचीन कपिलवस्तुको राजधानी नेपालको तिलौराकोटमा नै रहेको रिपोर्ट प्रस्तुत गरिसकेका थिए ।
गौतम बुद्धले सर्वसाधारणलाई उपदेश दिने स्थान जुन मुख्य स्तुपाको उत्तर तर्फ बनाइएको छ
गौतम बुद्धका बुबा दरबार भारतको सिद्धार्थनगर जिल्लास्थित पिपराहावामा रहेको अर्थात नक्कली कपिलवस्तु रहेको भन्दै भारत सरकारले लुम्बिनी, तिलौराकोट आउने पर्यटकलाई भ्रममा पार्न खोजेको लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष ओमप्रकाश अर्यालले बताउँछन् ।
गौतम बुद्धले भारतमा ज्ञान प्राप्त गरेका हुन्, उनको मृत्यु पनि भारतमै भएको हो, बुद्धसँग सम्बन्धित कतिपय पुरातात्विक वस्तुहरु भारतमा पनि छन् त्यो हामी इमान्दारितापूर्वक भन्छौँ,’ लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष अर्यालले अनलाइनखबरसँग भने- तर, गौतम बुद्ध जन्मिएको लुम्बिनीमै हो, उहाँका बुबाको दरबार कपिलवस्तुको तिलौराकोटमै हो, यो सबै दिउँसोको घामझैं छर्लङ्ग छ, तर भारतले केटाकेटी पारामा कपिलवस्तुकोनाम दुरुपयोग गरेर भ्रम फैलाउन खोजिरहेको छ ।
भारतले पिपराहावामा गौतम बुद्धको अष्टधातु समेत रहेको दावी गरे पनि कोषका कार्यवाहक उपाध्यक्ष अर्यालले त्यसलाई अस्वीकार गरे । उनले गौतम बुद्धको अष्टधातु नवलपरासी जिल्लाको रामग्राममा रहेको विभिन्न अध्यनन अनुसन्धानबाट पुष्टि भइसकेको बताए ।

गौतम बुद्ध नेपालमा जन्मिएकोबारे भारतले राम्ररी बुझेको छ,’ अर्यालले अनलाइनखबरसँग भने, तैपनि भारतले गौतम बुद्ध आफ्नै देशमा जन्मिएको भनेर भ्रम पार्न कपिलवस्तुआफ्नै देशमा बनाउने प्रयत्न गरेको हो ।
कपिलवस्तुको तिलौराकोटमा रहेको गौतम बुद्धको बुबाको दरबार युनेस्कोले समेत उत्खनन् गर्दा तिलौराकोटमै रहेको पुष्टि भइसकेको अर्यालले बताए ।
 साभार: अनलाइन खबर डटकम
त्यस्तै स्तुपाको उत्तरतर्फ गौतम बुद्धले सर्वसाधरणलाई उपदेश दिने भवन रहेको बताइन्छ भने दक्षिणतर्फ बुद्धले ध्यान गर्ने भवन रहेको बताइएको  छ ।
विदेशी पर्यटकको आवागमन
उक्त स्थानमा घुमफिर गर्नका लागि विभिन्न मुलुकबाट पर्यटकहरु आउने गरेका छन् । चीन, श्रीलंका, क्याम्बोडिया, थाइल्याण्ड लगायतका देशबाट पर्यटकहरु आउने गरेको भारतीय बताउँछन् ।
- See more at: http://www.onlinekhabar.com/2015/04/269151/#sthash.1Wfa9BVy.dpuf