काठमाडौं। भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री भए लगत्तै गरेको नेपाल भ्रमणका क्रममा नेपालमा सार्वजनिक रुपमा दिएको अभिव्यक्तिमा बुद्ध नेपालमा जन्मेको स्विकार्दै लामै मन्तव्य दिएका थिए।
तर तिनै मोदी आफ्नो विदेश भ्रमणका क्रममा शान्तिदुत गौतम बुद्ध आफ्नो
देशको भएको बताउन पछि नपरेको पाइएको छ।
मंगलवार क्यानडा
जानु अघी जर्मन चान्सलरसँग संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा मोदीले बुद्ध नेपालमा नभइ भारतमा पैदा भएको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७०औ स्थापना दिवसको अवसर पारेर
भारतलाई राष्ट्रसंघको स्थायि सदस्य
बनाउनुपर्ने वकालत गर्दै मोदीले शान्ति दुत बुद्ध र अहिंसाका प्रतिमुर्ती महात्मा गान्धीको देश भारतलाई स्थायी सदस्य बनाउनुपर्ने जिकीर गरे।
विश्वयुद्धमा प्रत्यक्ष संलग्न नभएपनि विश्वयुद्धमा ७० हजार भारतीय
सेनाको मृत्यु १४ लाखको सहभागिता भएको अहिले पनि शान्ति सेनामा ठूलो हिस्सा
भारतीय भएको जिकिर पनि मोदीको थियो। स्थायी सदस्यको आकांक्षी जर्मनीका
चान्सँलरसँगै उभिएका मोदीले बुद्धलाई भारतको भनिरहँदा नेपालमा उनले बुद्ध
नेपालमा जन्मेको भनेर दिएको अभिव्यक्ति सम्झनेहरु मोदीको झुठो
वोलेको कुरा सच्चायाउनुपर्ने पक्षमा रहेका छन् ।
मोदी सहित भारतीय
पक्षको बुद्धको जन्मभुमी अझै भारतमै रहेको गलत तथ्य स्थापित गर्न चाहेका छन बुझ्न कठिन रहेको नेपालका अभियन्ताहरु बताउँछन। बुद्ध नेपालमा जन्मेको भन्ने कुरा स्विकार्न अझै भारतीय
प्रधानमन्त्रीलाई गाह्रो किन भयो सोचनीय विषय भएको छ।
भिडियो हेर्नुहोस्