शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, March 20, 2015

बुद्धको मुर्तिभित्र मान्छेको शरीर



काठमाडौं: शान्तिका प्रतिक बुद्धको करिब एक हजार वर्ष पुरानो मुर्तिले बुद्ध दर्शन र संस्कृतिको खोज गर्दै आएका अध्येतालाई अचम्मित बनाएको छ ।  ११ औं या १२ औं शताव्दीमा निर्माण गरिएको सो बुद्धको मुर्तिलाई सिटी स्क्यान गरेर हेर्दा मानव अस्थिरपञ्जर भेटिपछि खोजकर्ता अचम्मित भएका हुन् । 

मुर्तिमा भेटिएको अस्थिपञ्जर ध्यानमा बसेका भिक्षुको भएको बौद्ध धर्म एवम् संस्कृति विशेषज्ञ एरिक ब्रुजनले बताएका छन् । सो अस्थिपञ्जर चाइनिज मेडिटेसन स्कुलका बौद्ध गुरु लिउक्वानको भएको उनले दाबी गरेका छन् ।  

हालै नेदरल्याण्डस्को मिन्डर मेडिकल सेन्टरमा गरिएको सिटी स्क्यानबाट सो बुद्धको मुर्ति मानव शरीरबाट बनेको रहस्य खुलेको थियो । 

हंग्रेरीस्थित राष्ट्रिय प्राकृतिक इतिहास संग्राहलयले यो मुर्ति राखेको छ । आउँदो मे महिनामा उक्त मुर्ति प्रदशनमा राखिने पनि अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ध्यानमा बसेका भिक्षुको शरीर कहिल्य नमर्ने विश्वास बौद्ध धर्मावलम्बीले गर्दै आएका छन् । 
साभार: अन्नपूर्णपोष्ट