७ चैत २०७१ शनिवारका दिन राष्ट्रकवि निवासमा श्रद्धेय राष्ट्रकवि माधव प्रसाद घिमिरे ज्यू बाट दुई कृतिको विमोचन कार्यक्रम सम्पन्न भयो । कवि तथा गीतकार रामजी घिमिरेद्वारा रचित 'हरायौ तिमी विरानो देशमा" (गीतिसङ्ग्रह) र रामजी घिमिरेका १०१ गजलहरु" (गजलसङ्ग्रह) को विमोचन वरिष्ठ साहित्यकारहरु- डा कृष्णहरि बराल, रत्नशम्शेर थापा, किरण खरेल लगायत अन्य थुप्रै साहित्यकर्मीहरुको उपस्थितिमा विमोचन तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । साहित्य क्षेत्रको इतिहासमै पहिलो पल्ट राष्ट्रकविको निवासमा पुस्तक विमोचन भएको पहिलो हो ।
फोटो: त्रिचन्द्र श्रेष्ट