”असल केटी रातको ९ बजे घरबाहिर हिंडदिन।
बलात्कारमा केटाभन्दा केटी धेरै बढि जिम्मेवार हुन्छे।” दिल्लीमा सन् २०१२
मा भएको बलात्कारको घटनामा संलग्न भनिएकामध्ये एकजनाको भनाइ हो यो।
बसका चालक भनिएका मुकेश सिंहले बिबिसीका
एक पत्रकारसँगको कुराकानीमा भनेका छन्, “केटीहरु भनेको घरमा रहनुपर्छ।
घरेलु काममा नै उनीहरु लाग्ने हो। राति-राति डिस्को बारहरुमा जे पायो त्यहि
लगाएर नचाहिंदो गर्दै हिंड्ने हैन।” उनले भने, २० प्रतिशत जति केटीहरु
चाहिं ठिक छन्। यसरी हिंड्ने केटीहरुलाई पाठ पढाउनु मानिसहरुको (पुरुषहरु)
अधिकार मान्छन् मुकेश।
“बलात्कार भइरहँदा त्यो केटीले प्रतिकार
गर्नु हुन्थेन, सहेर चुप लागेर बस्नुपर्थ्यो” मुकेशले भने, “त्यसो गरेकी भए
केटालाई कुटेपनि उसलाई हामीहरुले पुर्याइदिन्थ्यौं।”
आफुहरुलाई दिइने मृत्यु दण्डले समस्या झन्
बल्झिने उनको भनाई छ। भन्छन्,”मृत्युदण्डपछि अवस्था झन् खतरनाक हुनेछ। अब
जब महिलाको बलात्कार हुन्छ, हामीले त्यो केटीलाई जिउँदै छोडेजस्तो छोड्ने
छैनन् । अब बलात्कार गर्नेहरुले बलात्कारपछि केटीलाई मारेर मात्रै छोड्नेछ।
ताकि उसले कसैलाई बताउन नपाओस्।”
More on : BBC NEWS । Photo: AFP