काठमाडौं—स्विजरल्यान्डको निजी बैंक एचएसबीसीको अकाउन्टमा नेपाली
नाउँमा ५४ मिलियन अमेरिकी डलर (करिब ५ अर्ब ४० करोड रुपैयाँ) भेटिएको छ। कर छली वा कर
चोरीबाट लुकाइएको हुनसक्ने सो रकम 'स्विस लिक'का नाममा हालै सार्वजनिक भएको हो। 
एचएसबीसीमा विश्वभरिका धेरै राजनीतिक नेता, विभिन्न क्षेत्रका हस्ती तथा अपराधीहरुले ती देशका सरकारबाट कर बचाउन तथा कर चोरीबाट अर्बौं डलर थुपारेको सूचिमा नेपाल पनि सामेल भएको हो। सो सूचिमा कूल २०३ मुलुक छन्। जम्मा पारिएको रकमका आधारमा नेपाल ११६ औं स्थानमा छ। स्विस बैंक सूचना लिक गर्ने आइसिजेको तथ्याङ्कअनुसार अनुसार ८ नेपालीको नाममा १२ गोप्य खाता छन् तिनमा ५४ मिलियन डलर रहेको छ। विश्वका प्रतिष्ठित मिडियालाई लिक गरिएको नामावलीमा नेपालको तर्फबाट कसले पैसा जम्मा पारेको भन्ने खुलाइएको छैन।
लिक भएको सूचि सन् २००७ रहेको र त्यसमा लगभग १ लाख व्यक्तिको नाम रहेको छ।
यसअघि सन् २०१३ मा आइसिजेले नेपालको तर्फबाट स्विस बैंकमा पैसा थुपार्ने १३ जनाको नाम सार्वजनिक गरेको थियो।
खाडी मुलुकमा पसिना बगाउने नेपालीको संख्यामा वृद्धि हुँदा सन् २०१३ मा नेपालीको प्रतिव्यक्ति आय सरदर २ हजार ३ सय १० डलर पुगेको विश्व बैंकले जनाएको थियो। दुई छाक टार्न मजदूरी गर्नुपर्ने अवस्थामा धेरै नेपाली रहँदा विश्वभरिका राजनेता एवं अपराधीहरुसँगै नेपालीले समेत स्वीस बैंकमा पैसा थुपारेको सार्वजनिक भएको हो। सो रकम बारे सरकारले एचएसबीसी बैंकलाई पत्राचार गरेर अनुसन्धान अघि बढाउन सक्छ।
एचएसबीसीमाथि अकाउन्ट होल्डरलाई कर छल्न सल्लाह दिँदै कानूनभन्दा आफू एक कदम अगाडि रहेको आरोप छ। नेपाल कानुनअनुसार विदेशी बैंकमा पैसा राख्नु गैरकानुनी हो।
स्वीस बैंकले तथ्यलाई स्वीकार्दै केही व्यक्तिले गोप्य सेवाको फाइदा उठाउँदै अघोषित अकाउन्ट खोलेको दाबी गरेको छ।
साभार: नागरिक न्यूज
काठमाडौं—स्विजरल्यान्डको
 निजी बैंक एचएसबीसीको अकाउन्टमा नेपाली नाउँमा ५४ मिलियन अमेरिकी डलर 
(करिब ५ अर्ब ४० करोड रुपैयाँ) भेटिएको छ। कर छली वा कर चोरीबाट लुकाइएको 
हुनसक्ने सो रकम 'स्विस लिक'का नाममा हालै सार्वजनिक भएको हो। - See more 
at: 
http://www.nagariknews.com/main-story/story/32841.html#sthash.GlRtwjQS.dpuf
 
 


 
This comment has been removed by a blog administrator.
ReplyDeleteThis comment has been removed by a blog administrator.
Delete