शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, February 6, 2015

दसगजामा ‘बाँधजस्तो’ सडक बनाउँदै भारत


हिरिमिनिया (बाँके)- राधेश्याम मोरियाको घरभित्र यसपालि साउने भेलसँगै जीवनकै ठूलो पीडा छिर्‍यो। टायलले छाएको कच्ची घर तीन दिनसम्म पानीमा डुब्यो। मिलभित्रसमेत पानी पस्दा आर्थिक रूपमा ठूलो नोक्सानी बेहोर्नुपर्‍यो।
मैले थाहा पाएसम्म यसअघि जतिसुकै पानी परे पनि कहिल्यै डुबान हुन्थेन,’ उनले नागरिकसँग भने, ‘यसपटक त घरगोठ चुर्लुम्मै डुबायो, अर्काको घरमा शरण लिनुपर्योे।
सीमाक्षेत्रका बासिन्दा राधेश्यामको घरमा पसेको पीडाको कारक उनकै घरअगाडि भारतले बनाइरहेको सडक हो। जमिनको सतहदेखि करिब चार मिटर उचाइमा निर्माणाधीन सडकका कारण बर्खायाम पानीको बहाब उनको घरतिरै फर्किंयो र विपत्ति ल्याइदियो।
सोही गाउँका श्यामु मोरियाको पीडा अझ दर्दनाक छ। डुबानले भत्काएको छाप्रेघर अहिलेसम्म बनाउन सकेका छैनन् उनले। भारतले आफ्ना जनताका लागि सडक बनायो, यतातिर हाम्रो उठिबास भयो,’ उनी भन्छन्, ‘सडक पूरै पक्की भएपछि कति नोक्सान हुने हो, थाहा छैन।
राधेश्याम र श्यामुझैं अचेल हिरिमिनियावासीको मन बेचैन छ। भारतले दसगजासँग जोडेर सडक बनाइरहँदा उनीहरु बर्खामा आइलाग्ने डुबानको त्रासले चिन्तित छन्। स्थानीय यसलाई सडकको आवरणमा बनिरहेको बाँधभन्छन्। 
भारतले आफ्ना जनतालाई डुबानबाट जोगाउन सडकका नाममा बाँध निर्माण गरिरहेको उनीहरुको आरोप छ। जेठदेखि निर्माण सुरु भएको सडकले कहिल्यै डुबानमा नपर्ने गाउँमा समेत पानी पस्ने देखिएको छ। सडक पूरै निर्माण भई पक्की भएपछि यसले झन् समस्या निम्त्याउने चिन्ताले स्थानीयलाई पिरोलेको छ।
भारतले दसगजामा करिब २५ देखि ३० मिटर चौडाको १ हजार ६ सय किलोमिटर लामो सडक निर्माण गर्दैछ। हालसम्म बाँकेको सुइयाबघौडादेखि साइगाउँसम्म सडक बनिसकेको छ। सडकका अधिकांश भाग दसगजासँगै जोडिएको छ।
यो सडकले बाँकेका हिरिमिनिया, पिप्रहवा, भवानेपुरलगायत १० गाविस प्रत्यक्ष प्रभावित हुने देखिएको छ। तराईका अन्य जिल्लामा पनि डुबानको जोखिम बढेको नेपाली अधिकारी बताउँछन्।
हेलसिन्की अभिसन्धि र संयुक्त राष्ट्रसंघका विभिन्न कानुनअनुसार दुई देशबीचको सीमाक्षेत्रमा भौतिक संरचना निर्माण गर्दा तल्लो र माथिल्लो तटीय क्षेत्रमा कम्तीमा आठ/आठ किलोमिटर क्षेत्र छोड्नुपर्छ। सीमाविद् बुद्धिनारायण श्रेष्ठ भारतले निर्माण गरिरहेको सडक हेलसिन्की अभिसन्धि र संयुक्त राष्ट्रसंघका विभिन्न कानुन तथा अभ्यासविपरीत रहेको बताउँछन्।
तोकिएको दुरीभित्र बनाउनै परे दुई देशबीच पूर्वसहमति हुनु जरुरी छ,’ उनी भन्छन्, ‘भारतले भने साँधसँगै जोडेर एकल रूपमा धमाधम सडक बनाइरहेको छ।सडकले नेपाल भएर बग्ने नदीनालाको बहाब थुन्ने खतरा औंल्याउँछन् श्रेष्ठ। अहिलेकै उचाइमा यो सडक बन्यो भने करिब ६० नदीनालाको बहाब प्रभावित हुने उनको भनाइ छ।
नदीनालाको प्राकृतिक बहाब रोक्ने गरी संरचना निर्माण गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत हो,’ उनले थपे, ‘भारतले यसतर्फ बेलैमा विचार पुर्यारएर गल्ती सच्याउनुपर्छ।
बिहीबार नागरिक संवाददाता सडक निर्माण भइरहेको भारतीय क्षेत्र नरैनापुर पुग्दा सरकारी प्रतिनिधिका रूपमा सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मी भेटिए। उनीहरुको जवाफले भारत सरकार सडक निर्माण गरेर आफ्नो भूभागलाई सुरक्षित गर्ने दाउमा रहेको स्पष्ट हुन्थ्यो। नाम बताउन नचाहने एसएसबीका एक अधिकारीले सडक बनेपछि नेपालको पानी नेपालमै र भारतको भारतमैरहने बताए। हामीले विकासका लागि सडक बनाएका हौं,’ ती अधिकारीले भने, ‘यसले कहीँकतै डुबान हुन्छ भने त्यो हाम्रो समस्या होइन।उनले सडक बनेपछि नेपाली जनतालाई पनि सुविधा हुने जिकिर गरे।
सडकका कारण नेपालमा पर्ने प्रभावबारे भारतीय जनता नेपालीजत्तिकै दुःखी देखिए। बहराइच, नरैनापुरका भानुप्रताप सुनाखरले सडक बनेपछि आफ्नो गाउँमा डुबान रोकिए पनि बाल्यकालका साथी राधेश्यामको घर डुब्दा दुःख लागेको बताए। अस्तिको बर्खामा उसको घर डुब्दा मेरो मन पनि रोयो,’ राधेश्यामतिर हेर्दै उनले भने, ‘आखिर सानैदेखि सँगै खेलेखाएको साथी हो।
उनका अनुसार सडक निर्माणअघि सधैंको बर्खायाममा नेपालबाट जाने पानीको बहाबले भारतीय क्षेत्र प्रभावित हुन्थ्यो। नरैनापुर, रुपैडियालगायत क्षेत्रका भारतीयले निकै सास्ती खेप्थे। अहिले यो बाँध (सडक) बनेपछि त ढुक्क भएको छ,’ उनले भने, ‘नेपाली दाजुभाइलाई परेको दुःखले भने मन पिरोल्छ।
नेपाली र भारतीय बासिन्दाले झनेझैं यो सडक बाँधकै स्वरुपमा निर्माण भइरहेको छ। ठाउँठाउँमा पानी पास हुने कल्भर्ट निर्माण गरिएको छ। तर, पानीको बहाव भारततिर जाने अवस्था देखियो भने ती कल्भर्ट सजिलै थुन्न सकिने खालका छन्। कल्भर्ट त देखाउनलाई मात्र हुन्, भोलि पानीको खोलो बग्यो भने भारतले सजिलै थुनिदिन सक्छ,’ स्थानीय विद्यालयका व्यवस्थापन समिति अध्यक्ष यदुराज मिश्र भन्छन्, ‘त्यसपछि विपत्ति नेपालतिरै फर्किने निश्चित छ।
सडकबाट प्रभावित क्षेत्रका बासिन्दाले बेलैमा यसको विरोध नगरेका होइनन्। उनीहरुले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनुका साथै गाउँमै पुगेका आफ्नो क्षेत्रका सभासद दिनेशचन्द्र यादवलाई सडक निर्माण रोकाउन आग्रह गरेका थिए। तर, नेपाली पक्ष लामो समयसम्म मौन बस्यो। सडक निर्माण भइसकेपछि मात्र स्थानीय प्रशासनले स्थलगत अनुगमन गरी सरकारलाई जानकारी गराएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले यसअघि भारतले एकतर्फी रूपमा निर्माण गरेको लक्ष्मणपुर र कलकलवा बाँधजस्तै यो सडकले नेपालीलाई दुःख दिने खतरा औंल्याएका छन्। दसगजा क्षेत्रमा अग्लो सडक बनाउँदा डुबानको समस्या झन् बढ्ने निश्चित छ,’ उनले भने, ‘हामीले जिल्ला तहबाट स्थलगत अनुगमन गरेर यसबाट निम्तिने जोखिम र समस्याबारे सरकारलाई जानकारी गराइसकेका छौं।सडकको उचाइ घटाएर जमिनको सतहमा निर्माण गर्नु समस्या समाधानको उत्तम विकल्प हुने उनले बताए।
एक दशकअघि पनि भारतले नेपाली पक्षको विरोधका बाबजुद दसगजानजिकै २२ किलोमिटर कलकलवा बाँध निर्माण गरेको थियो। उक्त बाँधले राप्ती नदीलाई छेक्दा बर्सेनि नेपाली भूभाग डुबानमा पर्दै आएको छ। जिल्लाको होलिया, गंगापुर, फत्तेपुर, मटेहिया, बेतहनी, कम्दीलगायत गाविस डुबानमा पर्ने गरेका छन्। मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विभागका उपप्राध्यापक दुर्गाप्रसाद सापकोटा मोदी सरकारले एकातिर छिमेकीसँग सुमधुर सम्बन्ध स्थापित गर्ने नीति अँगाल्नु र अर्कोतिर छिमेकीलाई चिढ्याउने गरी काम गर्नुले दुई देशबीचको सम्बन्धमा चिसोपन बढ्ने बताउँछन्। नीति एकातिर, व्यवहार अर्कोतिर हुँदा यसले नेपालभारतबीचको सम्बन्ध सुमधुर हुन सघाउँदैन,’ उनले भने, ‘भारत सरकारले छिमेकको विश्वास पाउनका लागि सोहीअनुसार व्यवहार गर्न जरुरी छ।
सुरुदेखि नै सडक निर्माणबारे जानकारी पाएका सभासद यादव यो समस्या स्थानीयस्तरबाट समाधान नहुने बताउँछन्। दुई देशका प्रतिनिधि बसेर निर्माणाधीन सडकबारे निर्णय गर्नुपर्ने उनले बताए। जनताले मसँग गुनासो गर्नेबित्तिकै मैले प्रमुख जिल्ला अधिकारीदेखि सरकारी अधिकारीसम्मलाई समस्या अवगत गराएको हुँ,’ उनले भने, ‘तर मैले आवाज उठाउँदैमा केही भएन, यो समस्याको समाधान उच्च तहबाटै खोजिनुपर्छ।
 साभार: नागरिक न्यूज डटकम
हिरिमिनिया (बाँके)-राधेश्याम मोरियाको घरभित्र यसपालि साउने भेलसँगै जीवनकै ठूलो पीडा छिर्‍यो। टायलले छाएको कच्ची घर तीन दिनसम्म पानीमा डुब्यो। मिलभित्रसमेत पानी पस्दा आर्थिक रूपमा ठूलो नोक्सानी बेहोर्नुपर्‍यो। - See more at: http://www.nagariknews.com/main-story/story/32657#sthash.Yq2aMu3I.dpuf

No comments:

Post a Comment