ज्ञानेन्द्रले 'पिपलको बोट बेचेर खाएको' आरोप
ज्ञानेन्द्रले 'पिपलको बोट बेचेर खाएको' आरोप
२८ माघ, काठमाडौं । तीनवर्ष अघि एमाओवादी अध्यक्ष
प्रचण्ड लुम्बिनीको विकासका लागि एशिया प्यासिफिक एक्स्चेञ्ज एण्ड को-अपरेशन
फाउन्डेसन (एपेक) को उपाध्यक्ष थिए ।
त्यसबेला प्रचण्ड लुम्बिनीमा अन्तरराष्ट्रिय
लगानी भित्र्याउन जोडतोड गरिरहेका थिए । तर, त्यहीबेला सभासद
ल्यारक्याल लामाचाँहि भन्दै थिए- ‘प्रचण्डले अशोकको पिल्लर
बेचेर खान्छ कि भन्ने मलाई डर लागेको छ ।’
बीबीसी साझा सवालका लागि
लुम्बिनीमै खिचिएको भिडियोमा ल्यारक्यालले प्रचण्डमाथि यस्तो गम्भीर आरोप लगाएका हुन् । साझा सवालको २१६
औं श्रृंखलाको यो भिडियो अहिले पनि युट्युबमा मज्जाले हेर्न र सुन्न सकिन्छ ।
अशोक स्तम्भ बेचेर खान्छ भनिएका
प्रचण्डले तिनै ल्यारक्याललाई यतिबेला सभासद बनाइदिएका छन् । अहिलेचाँहि उनै ल्यारक्याल
भन्दैछन्- ‘प्रचण्डले हामीजस्ता उत्पीडित जनजातिलाई माथि
उठाउने रहेछन् ।’
ज्ञानेन्द्रले ‘पिपलको रुख बेचेर खाएको’ आरोप
‘जब जब ठूलो राजनीतिक दलका
नेता, राजा महाराजा यहाँ
संलग्नता हुन्छ, लुम्बिनीमा एकदम
डेञ्जर स्थिति हुन्छ’ बीबीसीको
कार्यक्रममा ल्यारक्यालले पूर्वराजा ज्ञानेन्द्र र प्रचण्डलाई एउटै ड्याङमा
राख्दै भनेका थिए-‘जब पूर्वराजा ज्ञानेन्द्र
यहाँको समितिको उपाध्यक्ष केके थिए, पिपलको बोट बेचेर खाइदिए, र अहिले
प्रचण्डजी यहाँ निर्देशक समितिमा हुनुहुन्छ, यो अशोकको पिल्लर बेचेर खान्छ कि भनेर मलाइ डर लागेको छ ।’

त्यहीबेला
एमालेका तत्कालीन सभासद ल्यारक्याल लामाले प्रचण्डले अशोक स्तम्भ बेचेर खान सक्ने
आशंका व्यक्त गरेका हुन् ।
ल्यारक्याललाई
मिनेन्द्रको प्रश्न- तपाई कहाँ हुनुहन्थ्यो ?
कार्यक्रममा
ल्यारक्यालले लुम्बिनीको विकासबारे प्रचण्डलगायतका नेताले संविधानसभामा नबोलेको
आरोप लगाएपछि डा. रिजालले ‘तपाई
संविधानसभामा कति उपस्थित हुनुभएको छ ?’ भनेर ल्यारक्याललाई सोधेका थिए ।
भिडियो हेर्नुहोस् ।
भिडियो हेर्नुहोस् ।
‘हाम्रा
देशका ठूला-ठूला पार्टीका नेताज्यूहरुहरुले, कामरेड प्रचण्डज्यूहरुले प्रधानमन्त्रीज्यूहरुले,
नेपाली कांग्रेस, नेकपा एमाले, मधेसी मोर्चाहरुले यो देशमा साँच्चिकै शान्ति कायम गर्नुपर्छ, दिगो शान्ति स्थापना गर्नुपर्छ त्यसका निम्ति गौतम
बुद्धको दर्शनलाई
हामीले विकास गर्नुपर्छ भनेर उहाँहरु यदि सोच्नुहुन्छ भने संविधानसभामा उहाँहरुले किन कुरा उठाउँदैनन् ?’
ल्यारक्यालको प्रश्न थियो ।
कार्यक्रममा
ल्यारक्यालले भनेका थिए-‘मिनेन्द्र रिजाजली
यहाँ हुनुहुन्छ, यहाँ वुद्धिजीवी,
एकदम युवा नेता हुनुहुन्छ, नेपाली कांग्रेसको । अहिलेसम्म संविधानसभामा एक शब्द
पनि वुद्ध दर्शनको
विषयमा बोलेको मैले सुनेको छैन, देखेको
छैन ।’
ल्यारक्याललाई
रोक्दै डा. रिजालले भने-‘मैले तपाईलाई रोकें,
तपाई संविधानसभामा कति बस्नुभएको छ ?
मैले संविधानसभामा मन्त्री छँदाखेरि एक घण्टा
लुम्बिनी र बुद्ध धर्मका बारेमा संकल्प प्रस्तावका बेलामा बोलेको थिएँ, माफ गर्नुहोला, माननीयज्यू, तपाई त्यो
दिन कहाँ हुनुहुन्थ्यो ?’
त्यसबेला
बीबीसीको कार्याक्रममा तत्कालीन लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका सदस्यसमेत
रहेका मन्त्री डा. मिनेन्द्र रिजाल, तत्कालीन
संस्कृतिमन्त्री गोपाल किराती र अन्तरराष्ट्रिय वौद्ध समाजका अध्यक्ष भिक्षु मैत्रीसमेत
सहभागी थिए । सो
कार्यक्रममा ल्यारक्यालले प्रचण्डको मात्रै नभई एमाले र कांग्रेसका नेताको समेत
आलोचना गरेका थिए ।
‘प्रचण्डको ठाउँमा झलनाथ खनाल
भइदिएको भए लुम्बिनीको विकास हुन्थ्यो ?’ बीबीसीका पत्रकार
नारायण श्रेष्ठको प्रश्नमा ल्यारक्यालले भनेका थिए-‘झलनाथजी,
माधव नेपालजी, केपी ओली, सुशील कोइरालाजी म उहाँहरुप्रति विश्वस्त छैन । यो देशमा वुद्धिज्मको
विकास गर्छन् भन्ने मलाई लाग्दैन ।’
साभार: अनलाईन खबर
साभार: अनलाईन खबर
No comments:
Post a Comment