काठमाडौं,
माघ ६ । विपक्षी सभासदहरुले तोडफोड र
हुलहुज्जत गरेपछि संविधानसभाको बैठक मंगलबार (आज) अपरान्ह १ बजे बस्ने गरी
स्थगित भएको छ ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समितिको प्रस्ताव गरेपछि विपक्षीहरु तोडफोडमा उत्रिएका थिए । सभाध्यक्षमाथि नै जाइ लाग्न थालेपछि बैठक स्थगित गरिएको थियो ।
विपक्षी सभासदहरुले सभाध्यक्ष नेम्वाङ, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्या भण्डारीलगायतलाई आक्रमण गरेका थिए । उनीहरुलाई सामान्य चोट लागेको छ ।
संविधान ल्याउने प्रयास बिथोल्न प्रमुख विपक्षी एकीकृत माओवादीसहितका विपक्षी सभासदहरुले मंगलबार मध्यरातमा संविधानसभाभित्र तोडफोड र हुलहुज्जत गरेका हुन् । उनीहरुले संविधानसभालाई ‘कुरु क्षेत्र’ बनाउँदा कुर्सी र माइकहरु भाँचिएर छरपस्ट भएका छन् भने तीनजना मर्यादापालक घाइते भएका छन् ।
राति साढे १ बजे संविधानसभामा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले बोलिसकेपछि सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति बनाउन लाग्दा तोडफोड सुरु भएको थियो ।
प्रश्नावली समिति बनाउने घोषणा गर्नासाथ एकीकृत माओवादी सभासदहरु दौडेर रोस्टमतर्फ अघि बढेका थिए । तत्कालै मर्यादापालकले ‘हाते चेन’ बनाएर विपक्षीलाई रोस्टममा चढ्न नदिने प्रयास गरेका थिए ।
मर्यादापालकलाई घचेटेर सभासद जनार्दन शर्मा र अमनलाल मोदीलगायतका सभासदहरु पटक–पटक रोस्टमतर्फ अघि बढ्न खोजेका थिए । यसक्रममा केही सभासद र मर्यादापालकवीच ठेलाठेल समेत भएको थियो ।
केहीबेरको तनावपछि सभासध्यक्षले प्रक्रिया अघि बढाउनुको साटो मंगलबार १ बजेसम्मका लागि बैठक स्थगनको घोषणा गरेका हुन् ।
सभाध्यक्षले बैठक स्थगनको घोषणा गरेपछि सत्तापक्षका सभासदहरु बाहिर निस्कन थालेका थिए भने एकीकृत माओवादीका सभासदहरु झन् आक्रामक र हिंस्रक हुँदै आफैं बसेको कुर्सी समेत भाँच्न थालेका थिए । आफ्ना सभासद्हरु उदन्ड हुँदै तोडफोडमा उत्रिरहेका बेला एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई दर्शक जसरी हेरिरहेका थिए ।
समाचार साभार: ईमेजखबरडटकम
फोटो साभार: विभिन्न सामाजिक सन्जाल र न्यूज पोर्टलहरु ।

No comments:
Post a Comment