शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, October 19, 2014

जनयुद्ध बाख्रापालनको लागि गरिएको हो र कमरेड ?

-सुमन लम्साल
समयका अस्थिपन्जरहरूलाई केलाएर हेर्याे भने यो देशमा चलेको दस वर्षे जनयुद्ध त्यो मध्यको मेरुदण्ड हो । भन्नेले जनयुद्ध एउटा  सशस्त्र दङ्गा भने पनि त्यो दङ्गामा मर्ने र मारिने कुनै अरु देशका नागरिक होइनन, हाम्रै दाजुभाइ दिदीबहिनी नै थिए । टाउकोमा रातो पट्टि बध्नको सोखले युद्द लड्न हिडेको मेरो भतिज देखि जिम्मालको बाट जग्गा पाउने आशमा हिडेका कार्की दाइसम्मलाई युद्दले निलेको छ । युद्दले यस्ता धेरै हजार मान्छेहरूलाई निल्यो । युद्दले निलेका व्यक्तिहरू सोझा साझा सामान्य जनता नै बढी थिए । जनयुद्धमा सिदान्त र मुद्दा बुझेर नै हिडेका व्यक्तिहरू चाहिँ मुस्किलले दश प्रतिशतसम्म थिए कि भन्ने मेरो अनुमान छ । त्यो दश मध्ये मुस्किलले एक प्रतिशत मात्र युद्दको क्रममा सकीय होलान किनकि उनीहरू चतुर थीय सकेसम्म जोगीन्थे । त्यसकारण पनि त्यो जनयुद्द नै थियो भन्ने मेरो बुझाइ हो ।  आजको दिनमा समयको एल्बम पल्टाएर हेर्याे भने लाग्छ हिजोको त्यो जनयुद्द केटा केटीको ढिकीच्याउ जस्तो रहेछ कहिले यता झाट्ने कहिले उता झाट्ने । दुवैले छाडे बराबर हुने । नेपाली जनताले त्यो खेल बराबर हुनको लागि खेलेका थियनन् । एउटा आशा थियो खेल सकिएपछि उनीहरू मात्र निस्कनेछन र हाम्रो जित हुनेछ । निस्कन त उनीहरू निस्के तर अपसोच उनीहरू निस्केपछि हाम्राहरू मात्र ढिकीच्याउमा अडीन सकेनन् । हतपत वर्लेर हातले मात्र अड्याउन थाले । यदि केही गरी हात फुत्क्यो भने यो खेल बच्चाकोभन्दा पनि अर्थहीन हुन्छ, यस अर्थमा कि बच्चाहरू खेलबाट आनन्द लिन्छन एउटा अर्थ राख्छ तर हामीहरूले आनन्द लिएर खेलेको खेल होइन यो । यो त हामीले हाम्रो ढाडको ढिकीच्याउ बनाइदिएको खेल हो । जनयुद्दको शाब्दिक तात्पर्य र यसले निम्त्याएको अहिलेको भयाबह अवस्थाको बारेमा केही बोलेपछि मात्र मैले शिर्षकको विषय प्रवेश गर्नुको कारण, जस्तो कि हामीहरू सिक्वेल फिल्म हेर्दै छौं भने अगाडिको भाग सर सरति हेरिसकेपछि मात्र दोश्रो हेर्न रमाइलो मान्छौ नि । यतिबेला छापामा र अनलाइन मिडियाहरूमा पूर्व प्रधानमन्त्री इन्जिनियर डाक्टर बाबुराम भट्टराईको बाख्रापालनले राम्रो स्थान पाएको छ । अरु बेला कृषिको क नबोलेका÷नलेखेका पत्रकार÷लेखकहरू पनि बाख्रापालन बारे गुगोलमा खोजेर हुन्छ कि घरमा बा आमालाई फोन गरेर हुन्छ बुझ्न लागिपरेका छन् । गएको हप्ता धेरै खालका पर्तिक्रियाहरू सुनियो सकारात्मक नकारात्मक दुवै खाले सुनियो । यसपाली नकारात्मकभन्दा बढी सकारात्मक प्रतिक्रिया नै बढी सुनियो । लेखक भने कुनै पनि हालतमा यो समाचारलाई राम्रो मान्न सक्दैन ।  यसको बारेमा बोल्नको लागि सबैभन्दा पहिले बाबुराम भट्टराई के हुन् भन्ने प्रश्नको उत्तर खोज्न जरुरि रहन्छ । उनी शैक्षिक योग्यताका हिसाबले आर्किटेक्चर इन्जिनियर हुन् । उनको राजनैतिक योग्यता हेर्ने हो भने जनयुद्दका मुख्य डिजाइनर मध्यका एक, यो देशका पूर्व प्रधानमन्त्रि, अहिलेको प्रमुख प्रतिपक्ष दलका उपाध्यक्ष र त्योभन्दा पनि बढी संबैधानिक सम्वाद समितिका अध्यक्ष  बाबुराम को बौद्दिक पक्ष जति सबल छ उनको राजनैतिक भूमिका र संगसँगै पारिवारिक भूमिका ज्यादै कमजोर रहन्छ/बनाइन्छ । 
उनलाई जनता जस्तै भएर बाँच्न मन पर्छ । सायद यसै कारणले प्रधानमन्त्री हुदा मुस्ताङ्ग चढे, यसैको लागि एउटा दलित परिवारकोमा गएर सँगै खाना पनि खाए र मलाई लाग्छ अहिले यसैका लागि नै उनले बाख्रा पाल्ने निर्णय गरे । उनी एक हिसाबले ठिक पनि छन् तर धेरै हिसाबले बेठिक छन् । उनी माथि उल्लेख गरेको एक मात्र कारण जनता जस्तै बन्न खोज्नुले ठिक छन् भने उनी बेठिक भएका केही कराणहरू म यहाँ राख्न गइरहेको छु । यी कारणहर मात्र नभएर एउटा सामान्य जनताको छोराले बाबुराम कमरेडको नाममा गरेको सम्बोधन पनि हो ।  १. यदि तपाईंलाई अहिले आएर बाख्रा पालन नै गर्नु थियो त हिजो किन बाख्रा चराइरहेका हजारौ फुलमतीहरूलाई उठाएर लानुभयो ? तिनै फुल्मतिका परिवार जसले हिजो आफ्नो सन्तान गुमाएका छन् उनीहरूमा अहिले एउटा आशा छ राम्रो संविधान बन्ला, राम्रो अवसर पाइएला र आफ्नो सन्तानको मृत्यु प्रति गर्व गर्न सकुला तर हिजो बनमा बाख्रा अलपत्र पारेर सन्तानलाई उठाएर लाने नै अहिले बाख्रा पालनामा लागे अरे भन्ने खबर उनीहरूको कानमा पर्यो भने उनीहरूको हालत के होला ?  २. कमरेड, अहिले देशलाई बाख्राभन्दा बढी संविधान चाहिएको छ । संविधानको लागि बनेको आफ्नै समितिको बैठक आजसम्म कति पटक बसेर बिना निष्कर्ष टुंगियो हिसाब राख्नु भाएको छ ? यस्तो अवस्थामा बाख्रा हेर्न गोर्खा जाने हो कि संविधान भवन भित्र बसेर संविधानको लागि पहल गर्ने हो ? अनि दुइतिर कसरी मिलाउने हो ? कि चार हजारको बाख्रा हेर्न जान चालिस हजारको हेलिकप्टर चार्टर गर्ने हो ?  ३. कृषिमा लाग्नको लागि पाठ सिकाउन मैले यो गरेंभन्ने कमरेडको हास्यास्पद अभिव्यक्ति सुनेर दुख लाग्यो । यो बेला देशका किसानले तपाईंको पाठ होइन संविधानमा आफ्नो अधिकार चाहेका छन् । १० वर्षसम्म खेत बाँझो राखेर तपाईंको पछाडि लागेको अर्थ खोजेका छन् । कमरेड माछालाई पानीमा पौडिन तपाईंले पाठ सिकाइराख्नु पर्दैन तपाईंले सक्नुहुन्छ भने पानीको बेबस्था गरिदिनुस । हिजोका राजनैतिक उपलब्धिहरूलाई संस्थागत गरेर संविधानमा राख्नु पर्ने बेला यो बाख्राको चक्करमा लाग्नु कुन हिसाबले राम्रो भयो ? यो त धाबकले प्रतिस्पर्दाको बेला लक्षमा पुग्नै लाग्दा एकछिन पानी खान्छु भनेर रेस्ट गरे जस्तो भएन र ?  ४. अर्काे एउटा कुरा सार्है दया लाग्यो, कमरेडले यत्रो पढेर पनि थाहा पाउनु भएनछ राजनीति गर्ने नेता को काम के हो भन्ने कुरा ? अहिले तपाईंले बाख्रा पालन गरेर ल मानौ पचासहजार जनालाई रोजगार दिनुहोला अनि ती बाहेक अरु चाहि कता जाने हो ? बन्दुक बोकेर जंगल जाने कि पासपोर्ट बोकेर खाडी जाने ? हिजो आफैले उठाएका रोजगारका मुद्दाहरू स्थापित गराउन छाडेर अहिले आफै रोजगार खोज्दै हिडेपछि ती मुद्दाहरू उठाउनुको अन्तिम उपलब्धि के होला ?  ५. कृषिमा प्राबिधिक विकास हुनुपर्छ म मान्छु तर यसको अर्थ यो होइन कि देशका प्रत्यक क्षेत्रका व्यक्ति कृषिमै लाग्नुपर्छ । यदि कमरेड जस्ता देशका इन्जिनिएर बाख्रा पालनमा लागे भने भोलि देशमा विकासको नक्सा चाहि कसले बनाउछ ? बाख्राले ? अनि तपाई कृषिको आधारभूत शिक्षा पनि नपढेको मान्छेले गरेको बाख्रा पालन सफल हुन्छ भनेर पत्याउने आधार के छ ? यो त एउटा मनको लहडमा बोलेको फ्याँग्लो गफभन्दा बढी केही भएन । बरु सक्नुहुन्छ भने बनाउनुस न कृषि विश्वविद्यालय, थप्नुस रामपुर क्याम्पस जस्तै अरु कृषि क्याम्पसहरू । तब मात्र हुन्छ कृषिमा क्रान्ति । इन्जिनिएर पढेको मान्छेले बाख्रा पाल्दैमा कृषिको विकास हुन्छ भन्ने जस्तो बकम्फुसे भ्रमले त कमरेडको टोपी मैल्याउने भन्दा बढी काम केही गर्दैन ।  कमरेडलाई लाग्यो होला नेपाली जनता भावनात्मक छन् यस्ता कुरा गर्याे भने सजिलै भोट र समर्थन पाइन्छ । त्यो तपाईंले राष्ट्रबादि भन्ने छातीमाथि हात राखेर कहिल्यै सोच्नुभएको छ, भोलि यसले देशको संस्कारलाई काहाँ पुर्याउछ ? कमरेडलाई सुझाब छ । तपाईंहरू जस्तो बिशिस्ट राजनीति र शैक्षिक व्यक्तित्व भएको ब्याक्ति काम बन्ने होइन तरिका बन्ने हो । बाख्रा पालेर हुन्छ या खोरिया खनेर आफ्नो देश विकास गर्ने काम जनताको हो । तपाईंहरूले एउटा योजना बनाउनुस देश विकासको खाका तयार पार्नुस अवसरहरूको सिर्जना गर्नुस । आज पचास डिग्रीको रेगीस्थानामा त पसिना बगाउन पछाडि नपरेका हाम्रा दाजुभाइहरू के आफ्नै देशमा पसिना बगाउदैनन होला ? यदि बाख्रा कुखरा पाल्ने भए गोर्खाका जनताले तपाईलाई होइन अरु कोही तपाईंभन्दा अझ राम्ररी बाख्रा पाल्न जानेको ब्याक्तिलाई भोट दिएर जिताउथे । त्यसकारण कमरेडलाई आफ्नो परिचय र जिम्मेबारी नबिर्सेर अबको केही वर्ष पार्टीलाई पनि बिर्सेर मात्र देश सम्झेन मेरो अनुरोध छ । हामी चाहन्छौ तपाईंको दिमागको सही सदुपयोगले देशको विकास होस् । सफलता तपाईलाई पर्खिराखेको छ ।  अन्त्यमा ः अझै पनि बिग्रिसकेको केही छैन । ढिकीच्याउको खेलमा हामीले विश्वास गरेका व्यक्तिहरू माथि उक्लिन सक्ने प्रशस्त सम्भावनाहरू जीवितै छन् । यति बेला बाबुराम कमरेड मात्र होइन अरु नेताहरू पनि जनताको मन बहकाउने तानामा नलागि देशलाई एउटा सबल र सक्षम संविधान दिलाउने प्रयासमा लाग्नुभयो भने भोलि इतिहासले उहाँहरूको मूल्यांकन गर्नेछ ।  (लेखक हाल पश्चिमाञ्चल क्याम्पसमा इन्जिनियरिंग अध्यानरत छन् )
सेतो परेवा डट कम

No comments:

Post a Comment