शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, August 12, 2014

श्रीकृष्णले कमाएको मलामी



नेपाली समाजमा मान्छेले कमाउने भनेको नै मलामी हो। बाँकी अरू कमाइले खासै अर्थ राख्दैन भन्ने विचार सर्वमान्य छ।
त्यस्तै दृश्य सोमबार दिवगंत नेपाली अभिनेता श्रीकृष्ण श्रेष्ठको शव यात्रामा देखियो। उनको सोमवार गरिएको शवयात्रामा उपस्थित हजारौ समर्थक, शुभ-चिन्तकको भीडले उनी कति नेपाली दर्शकमाझ कतिसम्म लोकप्रिय थिए भन्ने कुरालाई प्रष्ट्याउथ्यो।
उनी जनप्रिय भएकैले होला उनको पार्थिव शरिरलाई एयरपोर्टदेखि प्रज्ञाप्रतिष्ठानसम्म ल्याइपुर्‍याउन करिब तीन घन्टा लागेको थियो। उनलाई श्राद्धाञ्जलीका लागि प्रतिष्ठानमा राखिने कार्यक्रम सार्वजनिक भएसँगै उनका शुभेच्छुकहरू हात-हातमा पुष्पगुच्छा लिएर श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखी नै कुरेर बसीरहेका थिए।
एयरपोर्टबाट सुरू भएको शव यात्रामा निस्केको स्वस्फुर्त जनलहरमा सिनामंगल, तीनकुने नयाँ बानेश्वरबाट निस्केको हुल थपिँदा सडक पुरै ढाकेको थियो।
उनको पार्थिव शरीरलाई करिब ३ घन्टापछि एकेडेमी ल्याइपुर्‍याइदा भीड यति बढ्यो कि सुरक्षाकर्मीलाईसमेत त्यो भीड नियन्त्रण गर्न असम्भव झै भयो।
जसका कारण एकेडेमीमा राखेर श्रद्धाञ्जली दिनका लागि उनको पार्थीव शरीरलाई शवबाहनबाट ओराल्नसमेत सकिएन।
त्यस्तै भीड विमानस्थलभित्र र बाहिर पनि देखियो। एकेडेमी ल्याइएको करिब १५-२० मिनेटमै उनको शवलाई अन्तिम संस्कारका लागि आर्यघाटतर्फ अगाडि बढाइयो।
एकेडेमीमा बिहान ११ बजेदेखि उनलाई अन्तिम श्रद्धाञ्जली दिन भनेर बसेका शुभेछुक, सिनेकर्मी तथा राजनितिक दलका नेताहरुले पनि सहि तरिकाले श्रद्धासुमन अर्पण गर्न सकेनन्।
उनलाई श्रद्धा सुमन व्यक्त गर्न नेपाल सरकारका गृहमन्त्री वामदेव गौतम, सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष पशुपति शमसेर राणा, एमाले नेता अमृतकुमार बोहोरा, केशव बडाल, रामकुमारी झांक्री, कांग्रेस नेता अर्जुननरसिंह केसीलगायत अधिकांश व्यक्तित्वको उपस्थिति थियो।
श्रीले सानो भूमिका निभाएको 'कसम' सिनेमादेखि सँगै कामगरेका अभिनेता राजेश हमाल आफूलाई सम्हालन सकिरहेका थिएनन्। उनी सहकर्मीलाई गुमाउनु पर्दाको पीडालाई लुकाउन सकिरहेका थिएनन। उनी आफ्नो आँशु लुकाउन असफल देखिन्थे। त्यस्तै अवस्था थियो अधिकांश सिनेकर्मीको।
उनलाई अन्तिम बिदाइ गर्न उपस्थितका अविश्वसनिय घडीमा आर्यघाटमा पनि उस्तै हजारौंको भीड उनलाई कुरैर बसेका थिए अन्तिम दर्शनका लागि। आफ्ना प्यारा कलाकारको अन्तिम श्रद्धाञ्जली दिन उपस्थित भएको जनलहरलाई उपस्थित सुरक्षाकर्मीले सम्हाल्न सकिरहेका थिएनन्।
आर्यघाटमा श्रीकृष्णकी श्रीमती, आमा, दाजुभाई तथा आफन्तको क्रन्दनले वातावरण थप भावुक बनेको थियो। त्यस्तै अवस्था थियो उनका समर्थककको। कसैको पनि आँखा ओभाना थिएनन्।
नेपाल सरकारको निर्णय अनुसार उनलाई पशुपति आर्यघाटमा सरकारी सम्मान दिइयो। त्यहाँ उनलाई उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री प्रकाशमान सिंह र सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले नेपालको राष्ट्रिय झन्डा ओडाएर भावपूर्ण विदाइ गरेका थिए।
त्यसै गरि नेपाल प्रहरीको एक टुकडीले शोक धुन बजाएर सम्मान गारद सलामी दिएको थियो। उनलाई जेठा दाजु रामकृष्णले दागबत्ती दिएका थिए। उनले पाएको यो सम्मान स्वर सम्राट नारायण गोपालपछि कुनै कलाकारले पाएको सबैभन्दा ठूलो सरकारी सम्मान हो।
नायिका श्वेता खड्कासँग एक महिना अगाडिमात्र बिहे गरेका उनी विहेलगत्तै हनिमुनका लागि भन्दै भारत गएका थिए।
उनी त्यतै विरामी परेपछि आफ्नो उपचारका लागि दिल्लीको गंगाराम अस्पताल भर्ना भए। सुरुमा 'सिभियर निमोनिया'को संमक्रमण देखिएकोमा पछि उनमा बोनम्यारोको क्यान्सर पनि देखियो जसका कारण उनको निधन हुनपुग्यो।
यसअघि करिब १५ वर्ष अगाडि पेटको क्यान्सरले गम्भीर बिरामी परेका श्रीकृष्ण यसपटक फर्किन सकेनन्।
वि.सं २०२७ साल वैशाख ६ गते सिन्धुपाल्चोकमा जन्मिएका श्रेष्ठले नेपाली सिनेमा करिब २५ वर्ष बिताए। सिनेमा भूमरीबाट नेपाली रजतपटमा प्रवेश गरेका श्रीले १०० भन्दा बढी सिनेमामा अभिनय गरेका छन।
'कहाँ भेटिएला' बाट सिनेमा निर्माणमा पनि हात हालेका श्रीले आफ्नो 'ड्रिम-प्रोजेक्ट' मानेको सिनेमा 'कोहिनुर' गत शुक्रबारबाट प्रदर्शन भइरहेको छ।
साभार: सेतोपाटी डट कम

 श्रीकृष्णको निधन- अन्तेष्टी भिडियो

No comments:

Post a Comment