शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, August 2, 2014

नेपाली संगीतको क्षेत्रमा चिल्लो-पात बोकेका दुई नव-गायिकाहरु

-त्रिचन्द्र प्रतीक्षा

नेपाली गायन क्षेत्रमा नयाँ-नयाँ गायिकाको प्रवेश हुने क्रम जारी छ । कोहि निकै प्रतिभाशाली छन् त् कोहि पैसाकै भरमा जम्ने प्रयासरत छन् । यहि भिडमा नेपाली संगीतमा केहि गर्न सक्ने सम्भावना बोकेका र अत्यन्तै मिठो स्वर भएका दुई नवगायिकाको प्रवेश भएको छ- सालु गौतम र नम्रता काफ्ले खरेल।
सालु गौतम

नेपालको तनहुँमा जन्मेर ४ वर्षअघि देखि पोर्चुगलमा कर्मभूमि बनाउँदै आउनु भएकी सालु गौतम एक सफल मोडलको रुपमा प्रसिद्धि कमाएकी उहाँ बेली डान्सर पनि हुन् ।
उमेरले भर्खरै २४ औं वसन्तमा पाइला टेकेकी चुलबुले देखिएता पनि आम नेपाली चेलीभन्दा पृथक देखिनु हुन्छ- मोडल
, कोरियोग्राफर, डान्सर, अभिनय, साहित्य आदि विधामा पोख्त छिन् । वहुप्रतिभाशाली सालु गौतम साहित्यमा पनि निकै रुचि राख्नुहुन्छ । उहाँले सृजना गरेको-

"लौ हेर म नाच्छु कसरी
उ सिक रमाउन यसरी,
तिमी हेर म नाचेँ कसरी
भाँचे है कम्मर यसरी ।"

शब्द रहेको गीतलाई आफ्नै संगीतमा एउटा पृथकखालको गीतलाई साउन १२ गतेका दिन सुत्र रकर्डिङ्ग स्टूडियोमा सफलतापूर्वक रेर्कर्डिङ्ग कार्य सम्पन्न गरिन्।

नयाँ गायिका सालु गौतम यतिबेला नेपाली संगीत क्षेत्रमा पछिल्लो समय धेरैको नजरमा पर्न सफल छिन । हुनत उनको कुनै गीत बजारमा चर्चामा छैनन् तर उनका आउन लागेका गीतहरु सबै चर्चित बन्ने आशा गरिएको छ । संगितप्रेमीहरुले एक महिना भित्रमा सुन्न र हुर्न सकिने जानकारी दिएकी छिन्।

नम्रता काफ्ले खरेल

त्यसै गरि अर्की गायिका नयाँबानेश्वर निवासी, २५ वर्षिया नम्रता काफ्ले खरेलले सदाबहार गीतकारको रुपमा परिचित किरण खरेलको शब्द, दीपक शर्माको संगीतमा नम्रताले पहिलो गीतलाई आफ्नो सुरिलो स्वरमा रेकर्ड गरिन्

"बादल झैं पग्लिएर रोए मेरा आँखा
रातभरि तिमीलाई कुरि रोए मेरा आँखा,
बिझेछ सारा सिरानी यो
रूँदा रुँदैमा बिहानी भो ।"

सो गीतलाई हालै केहि समयअघि मात्र टेलिभिजन र YouTube मा सार्वजनिक गरे लगत्तै नेपाली संगित क्षेत्रमा पछिल्लो समय धेरैको नजरमा पर्न सफल छिन । भूषण दाहालद्वारा निर्देशित उक्त गीतमा प्रियंका कार्की र महेश खरेलले अभिनय गरेका छन् । यतिबेला नेपाली श्रोताको निकै प्रिय बन्दै गैरहेकी छिन् भने आवाजको तारिफ संचार मध्यम देखि लिएर विभिन्न स्थानमा हुने गरेको पाइन्छ ।  यि दुई नवगायिका गौतम र खरेलले नेपाली सांगीतिक क्षेत्रमा तहल्का मच्चाएमा कुनै आश्चर्य मान्नु पर्दैन । भनिन्छ नि- नपत्याउँदो खोलाले बगाउँछ ।


नम्रता काफ्ले खरेलको गीति भिडियो



सालु गौतमको गीति भिडियो

No comments:

Post a Comment