शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, June 10, 2014

पैसा संकलनको अनौठो शोख !


मान्छेको शोख वा रुची पनि अनौठो-अनौठो हुन्छ । यस्तै अनौठो शोख भएका ब्यक्ति हुन् – त्रिचन्द्र श्रेष्ठ ‘प्रतीक्षा’। उनको शोख हो, नोट संकलन गर्नु । उनीसँग हाल १४२ देशको बैंक नोटको संकलन छ । सबै नोट गन्ने हो भने उनीसँग भएका नोट हजारभन्दा बढी नै पुग्छन् । ति सबै नोटको भ्यालु जोड्ने हो भने यति नै हुन्छ भन्ने यकिन उनलाई छैन तर अरुले भने उन्लाई करोडपति ठान्छन् रे ! तर उनी अरुले सोचे जस्तो धनवान चाहीँ होइनन्न रे !
उनी २०४७/४८ सालदेखि नोट संकलन गर्न आकर्षित भएका हुन् । हालसम्म उनले एशिया महादेशका ४५ देशका नोट संकलन गरेका छन् भने यूरोपका ४१, अफ्रिकाका २५, उत्तर अमेरिकाका ५, मध्य अमेरिकाका १०, दक्षिण अमेरिकाका १२ र अष्ट्रेलिया एवं दक्षिण प्रशान्तका ४ देशका नोट संकलनमा छन् । नोटबारे अतिरिक्त जानकारी पनि उनीसँग प्रशस्तै रहेछ । उनी आफ्नो शोख प्रति गर्व गर्दै सुनाउँछन् – खासगरी ‘विश्वमा नोट छाप्ने प्रचलन चीनबाट भएको मानिन्छन् । त्यसबेला काठको ब्लक बनाएर कागजमा नोट छाप्ने गरिन्थ्यो । विश्वमा सबैभन्दा सानो नोट (४.२ x ८.८ से.मी.) र सबैभन्दा कम मूल्यको नोट जुन ०.१० फेनको छ, त्यो समेत चीनले निष्काशन गरेको थियो । त्यो नोट सन् १९५३ देखि प्रचलनमा ल्याएको हो । यी अत्यन्त दुर्लभ र बहुमूल्य नोट उनले आफ्नो संकलनमा राखेको छ । यस्ता नोटले छुट्टै महत्व बढाएका छन् भने अर्कोतिर यस्ता नोट भएको थाहा पाएपछि मान्छेहरू अवलोकन गर्न लालयित हुनेछ ।’
यती धेरै देशका नोटहरु कसरी संकलन गर्नु भयो भन्ने प्रश्नको जवाफ दिंदै उनी भन्छन् – ‘आफु टिसीएस इन्टरनेशनल पेनपल पत्रिकाका सम्पादक एवं प्रकाशक भएकोले पनि मेरो सम्पर्क बिदेशमा भएका नेपालीहरुसँग बढी नै छ । यसले विशेषत् नोट संकलन गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ ।’

नोट संकलक : त्रिचन्द्र श्रेष्ठ 'प्रतीक्षा'
नोटभन्दा पहिले उनले हुलाक टिकट संकलन गर्थे । यसमा पनि फूल, माछा र चरा सम्बन्धी संकलनलाई बढि प्राथमिकता दिने गरेका रहेछन् । पन्छी उनको ध्यान नोटतिर आकर्षित हुन पुगेछ । नोट संकलनकर्तालाई अंग्रेजीमा नुमिस्माटिस्ट (Numismatist) भन्ने गरिन्छ भने रूपियाँ– मुद्रण सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई ‘लिथोलोजी’ भनिन्छ ।

उनले दिएको जानकारी अनुसार नोट संकलन गरेर सन् २००८ को गिनीज बुक अफ् वर्ल्ड रेकर्डसमा आफ्नो नाम लेखाउन सफल भारतका संजय पुरेनसँग २२१ देशका विभिन्न नोट छन् । पुरेनले सन् १९८५ देखि नोट संकलन गर्न थालेका हुन् । यस्तै अरूले राखेको विश्व कीर्तिमानले उन्लाई बारम्बार झस्काइरहने हुनाले नै यो कर्ममा लाग्ने ऊर्जा प्राप्त हुन्छ भन्ने उन्ले बताए ।
आफुसँग भएको नोटबारे जानकारी दिंदै उनी भन्छन् -'२९ मे १९५३ मा सर एडमण्ड हिलारी र तेन्जीङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेको सम्मान र कदर स्वरूप न्यूजिल्याण्डको नोटको अग्रभागमा सगरमाथा तथा हिलारीको चित्र अंकित पाँच डलरको नोट सार्वजनिक गरेको थियो । त्यस्तै सन् १८९८ को तत्कालिन सोभियतसंघ (रूस)मा जार शाही शासनकाल थियो । त्यसबखत एक रूवलको नोट समेत निष्काशन भएको थियो । यसरी संकलन गर्दै जाँदा त्यो नोट पनि मेरो हात पर्‍यो ।'
उनी थप कुरा खोल्दै भन्छन् – कुनै ‘जमानामा जापानले फिलिपिन्सलाई आफ्नो उपनिवेशमा राख्दा सन् १९४० मा ‘The Japanese Government’ उल्लेख भएको पाँच पेसोको नोट समेत प्रचलनमा ल्याएको थियो । यस्ता बिशेष अवसरहरुमा प्रकाशीत नोटलाई म विशेष महत्व दिन्छु ।’ उनी अगाडि भन्छन् – ‘हाम्रो देशमा पहिले विभिन्न किसिमका मुद्रा प्रचलनमा आएको थियो । त्यसमा पनि मानदेवले चलाएको मानाङ्क मुद्रा खुबै प्रचलित मानिन्छन् । नेपालमा सर्वप्रथम नोटको प्रचलन राजा त्रिभुवनले १ असोज २००२ सालमा ल्याएका थिए । त्यतिखेर १, २, ५ र १०० दरका नोटहरू निष्काशित भएको थियो । अहिलेजस्तो रू. को साटो तत्कालिन नोटमा मोरू लेखिएको देख्न सकिन्छ । हामी कहाँ सर्वप्रथम कागजी नोटको निष्काशन सदरमुलुकी खानाबाट भएको हो । यद्यपि नेपालमै खरीद विक्री गरिने विदेशी मुद्राको संख्या १५ वटा छन् ।’
उनीसँग जर्मन एकीकरण हुनु अगाडि पूर्वी जर्मनीले प्रचलनमा ल्याएको पाँच मार्कको नोट समेत रहेका छन् । त्यस्तै, चेकोस्लाभिया विभाजन पहिलेको नोट पनि संकलनमा राखेका छन् । नोटबारे अर्को रमाइलो भेद खोल्दै उनी भन्छन् – ‘तपाईंलाई थाहा छ ? जर्मनले एक यस्तो नोट पनि प्रचलनमा ल्याएको थियो, जुन एकापट्टि मात्र छापेको थियो । त्यो नोट १ अक्टोवर १९२३ मा निष्काशन गरेको सय मार्कको थियो । अन्तोन चेखोभ विश्व प्रसिद्ध रूसी साहित्यकार हुन् । उनको योगदान र कदर स्वरूप सन् १९०५ मा एक हजारको नोट समेत प्रचलनमा ल्याएको थियो । यी र यस्ता थुप्रै नोटहरु पनि मसँग छ ।’
नोट खरीद–विक्री नेपाल राष्ट्र बैंकबाट मात्र हुन्छ । राष्ट्र बैंक बाहेक अरूले विनिमय गरेमा मुद्रा अपचलन गरेको ठहरिन्छ । तसर्थ फिलाटेलिक दोकानहरूमा संकलनका लागि राखिएका र आफूसँग नभएका देशहरूको नोट पाइएमा समय एवं परिस्थिति हेरि कहिलेकाहीँ किन्न वाध्य हुनुपर्छ । तैपनि नोट संकलन गर्न अती गाह्रो रहेको बताउँदै उनी अगाडि भन्छन् – ‘अरू महादेशको दाँजोमा अफ्रिकाको नोट संकलन गर्न कठिन छ । एक त त्यहाँ नोट कमै निष्काशन हुन्छ । यदि निष्काशन भएपनि रकम ठूलो भएको देखिन्छ । हालै, जिम्बाबेले एक करोड डलरको नोट प्रचलनमा ल्याएको थियो । त्यस्तै, युगोस्लाभियाले पाँच र एक खर्ब डिनारको नोट समेत जारी गरेको थियो । यो नै हालसम्मको विश्वको सबैभन्दा ठूलो अंकको नोट हुन पुग्यो । यसबाट थाहा हुन्छ कि त्यहाँको आर्थिक स्थिति कति नाजुक छ भन्ने विश्व सामु छर्लङ्ग भएको छ ।’
स्वदेशमा भन्दा बढि विदेशमा सम्पर्क भएको बताउने श्रेष्ठको परिचय नोट संकलकको रुपमा भए पनि उनको शौख अरु पनि छन्; नेपालीभाषा, कला र संस्कृति विदेशमा फैलाउने । त्यसका लागि उन्ले नेपालमा भन्दा विदेशमा बस्ने नेपाली र बिदेशीलाई बढीभन्दा बढी संपर्क बढाएका छन् । अलिकति बिगत कोट्याउँदै उनी सुनाउँछन -‘‘विगत २४/२५ वर्ष अघि जुनबेला विदेशमा नेपाली पत्र-पत्रिकाहरूको पहुँच थिएन । त्यसबेला मैले नेपाली पत्रपत्रिकाहरू नेपाली माझ पुर्‍याउने कामको थालनी गरेंको हुँ । जसले गर्दा केही आवश्यक पर्‍यो कि पराइ भूमीमा बस्ने नेपालीले मलाई सम्झन्छन् । त्यसलाई मैले अझै निरन्तरता दिइरहेको छु ।’’
निकट भविष्यमा नै आफुले संकलन गरेका बैंक नोटको प्रदर्शन गर्न लागेको बताए । तर कुनै सहयोगी एवं प्रायोजक पाए केही सजिलो हुनसक्ने आशा राखेका छन् । त्यस पछि यी संकलित नोटहरूलाई आफ्नो वेबसाइटमा समेत राख्ने भएका छन् । यसबारे उनी भन्छन् -’यस्तो किसिमको प्रदर्शन अति नै जोखिमपूर्ण छ । त्यसैले, सुरक्षा व्यवस्था पनि त्यतिकै आवश्यक छ ।’
साभार: चन्द्रसूर्यडटकम

No comments:

Post a Comment