शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, May 5, 2014

एउटा यस्तो हत्या जसको कारण प्रथम विश्वयुद्ध भयो


-त्रिचन्द्र प्रतीक्षा
राजनीतिक हत्या गर्नेहरूमा शायद नै कुनै यस्तो हत्यारा होला । जसको मानसिक अवस्था एकदम ठीक छ । २८ जुन १९१४ मा अष्ट्रियाको गद्दीको उत्तराधिकारी आर्क ड्युक फ्रेज फर्डिन्याण्ड र उनको पत्नी सोफीको हत्या गरेर प्रथम विश्वयुद्धको विस्फोटको आगो सल्काउने प्रिंसिप पनि यसको अपवाद नै हो । यस सनसनीपूर्ण हत्या जो प्रथम विश्वयुद्धको कारण बन्न गए, अति विचित्र परिस्थितिमा विचित्र युवकहरूद्वारा भए ।
सन् १९१० को जुन महिनामा जेराजिक नामको युवकले ५ पटक गोली चलाएर बोस्नियाको गभर्नरको हत्या गर्ने प्रयार गरे तर असफल भएकोले निरास भई छैठौं गोली आफ्नो टाउकोमा हानेर आत्महत्या गरे ।
यस घटनाले बोस्नियाको युवकहरूमा आफ्नो देशका जर्मन भाषाका शासकहरूप्रति प्रतिशोधको आगो सल्किन थाल्यो । यसको साथै जेराजिकले आत्महत्या गर्ने समयमा मेरो मृत्युको प्रतिशोध बोस्नियाको युवकहरूले लिनेछ भनेको थियो रे ! भन्ने हल्ला कसैले फैलाई दिएबाट यस प्रतिशोधको आगो झन सल्कियो ।
 सन् १९१० देखि सन् १९१४ को बीचमा यस्तो हत्याको प्रयास ५ पटक भए, तर असफल भए । तापनि क्रान्तिकारी युवकहरूको उत्साहमा कुनै कमी आए । जब यी क्रान्तिकारी युवकहरूले अष्ट्रियाको गद्दीको उत्तराधिकारी आर्क ड्यूक फर्डिन्याण्ड र उनको पत्नी सन् १९१४ को वसन्त ऋतुमा बोस्नियाको राजधानी सरायेभोको भ्रमणमा आउँदैछन् भन्ने कुरा थाहा पाए तब तिनीहरूले जर्मनीहरूप्रति सहानुभूति राख्ने यस दम्पतिको हत्या गर्ने निश्चय गरे । यसको लागि तुरुन्तै हत्याको लागि एक समिति बनाए । यस समितिमा १९÷२० वर्षका ६ जना सदस्य थिए । त्यसमा प्रिंसिप नामको युवक पनि थिए ।
त्रिचन्द्र प्रतीक्षा
 २८ जुन १९१४ को बीहान १० बजेतिर आर्क ड्यूक फ्रेज फर्डिन्याण्ड रेलबाट सरायेभोमा आइपुगे उनको स्वागतको लागि बोस्नियाको गभर्नर आस्कर पोर्टयोर उनको स्वागको लागि उपस्थित थिए ।सुरक्षाको लागि भीडको चारैतिर पुलिसका गुप्तचरहरू छरिएर बसेका थिए । किनकी गभर्नरले यस षड्यन्त्रको विषयमा केही सुराक पाइसकेका थिए ।
हत्याको लागि बनेको समितिका दर्जनौं युवकहरू निर्धारित स्थानमा भीडको साथ उभिएर बसेका थिए । फर्डिन्याण्डको गाडी जब मोहम्मद नामको क्रान्तिकारी युवकको नजिक हुँदै गए मुहम्मदको हृदयको धड्कन तेज रुपले धड्किन थाल्यो । आफ्नो कमजोरीलाई हटाउन उनले भीडमा उपस्थित व्यक्तिहरूसित हाँसेर कुरा गर्ने प्रयास गरे र फर्डिन्याण्डको गाडी उसको नजिक आउनसाथ उनले पेस्तोल निकालेर हान्न लागेको बेलामा सुरक्षाको लागि त्यहाँ उपस्थित पुलिसले धक्का दिएकोले उनी भूँइमा लडे र जब उनी उठे गाडी उनबाट टाढा भइसकेको थियो ।
 पापोविक नामको अर्को क्रान्तिकारी युवक जो पहिले नै नर्वस थिए, तरपनि उनले आङ्खनो कर्तव्यलाई सम्झेर साइनायड सहितको चुरोट मुखमा हाली गोली चलाउने प्रयास गरे, तर त्यहाँको वातावरण र भीडको स्वरले उनको मन विचलित भए । उनले तुरुन्तै चुरोट भूँइमा फालेर नजिकको घरमा पसेर आफूसित भएको पेस्तोल र बारुद लुकाएर आई भीडमा दर्शकहरूको बीचमा गए ।
उता अर्को कैब्रीनोबीक नामको युवक डरले पुलिसबाट बच्नको लागि साइनाइड भएको चुरोट निलेर सँगैको नदीमा हाम्फाले तर पुलिसले उनलाई देखेको हुनाले उसलाई पुलिसले समात्न सफल भए । आफ्नो ३ जना साथीहरू असफल भएको देखे बाँकी रहेका ३ जना क्रान्तिकारीको हात खुट्टा डरले काप्न थालेको थियो । यसकारण फर्डिन्याण्ड र उनको पत्नीको हत्या गर्ने योजनालाई त्यागी दिए तर प्रिंसिप नामको १९ वर्षको क्रान्तिकारी युवकमा केही क्षणपछि पुनः जोशमा आएर एक्लैले यो काम गर्ने निश्चय गरे ।
निर्धारित बाटोबाट जाँदा अरु पनि यस्ता अप्रिय घटना घट्न सक्ने देखेकोले निर्धारित बाटोको सट्टा अर्कै बाटोबाट जाने निश्चय गभर्नरले गरे तर गाडी चालकलाई निर्देशन दिन बीर्सेकोले पहिला निर्धारित बाटोबाटै गाडी अघि बढिरहेको थियो । गभर्नरले जब यो कुरा थाहा पाए गाडीलाई नयाँ बाटोबाट लैजाने निर्देशन दिए । जब निर्देशन अनुसारको नयाँ बाटोबाट लैजानको लागि गाडी मोड्न लाग्दा गाडीको स्पीड कमी आए जहाँ प्रिंसिप मुखमा साइनाइड सहितको चुरोट हालेर एउटा हातमा बारुद र अर्को हातमा पेस्तोल लुकाएर गाडीको प्रतीक्षामा बसेका थिए । उनले फर्डिन्याण्डलाई देख्दासाथ गोली चलाए जसबाट फर्डिन्याण्ड र उनको पत्नी सोफिको मृत्यु भए । हत्यापछि प्रिंसिपले आफूमा साइनाइडको असर नभएको देखेर आफूलाई नै गोली हानी आत्महत्या गर्ने प्रयास गरे, त्यहब्ीेला त्यहाँ उपस्थित दर्शकहरूले उसलाई समातेर पिट्न शुरु गरे । यसपछि उनी गिरफ्तार भए ।केही दिनमा पुलिसले मुहम्मद एक जनालाई छोडेर यस हत्याकाण्डमा सम्बन्धित सबैलाई समातिए । यस हत्याकाण्डले युद्धको एउटा यस्तो परम्परा बस्न गए कि जुन आजपनि कायमै छ । यस दृष्टिकोणबाट यो हत्याकाण्डा विश्व इतिहासको एक महत्वपूर्ण घटना बन्न गए ।
यस हत्याकाण्डको ठीक एक महिनापछि यानी २८ जुलाई १९१४ मा अष्ट्रियाले सर्वियाको विरुद्ध युद्धको घोषणा गरे । यसपछि रुस, जर्मनी, फ्रान्स र इग्ल्याण्ड पनि यस युद्धमा सहभागी भए जसले गर्दा प्रथम विश्वयुद्ध हुन गए ।

No comments:

Post a Comment