शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, May 5, 2014

लियोनार्दो दा भिन्चीको लुकेको पाटो (त्रिचन्द्र प्रतीक्षा)

इटालीको भिन्ची प्रान्त स्थित एउटा पहाडी गाउँमा सन् १४५२ अप्रिल १५ मा लियानार्दो दा भिन्चीको जन्म भएको थियो । उनको बाबुको नाम सर पिएरो अन्तानिओ दा भिना र आमाको नाम कातेरिना थिए । बाबु एक सरकारी वकिल थिए, लियोनार्दो दा भिन्ची जन्मेको केही महिना पश्चात्मा नै आमा कातेरिना पोइल गइन्, बालक लियोनार्दो बाबुकै लालन पालनमा हुर्कदैं गए ।
liyonardo
सन् १४६९ मा उनको बाबु काम विशेषले फ्लोरेन्स गए, जहाँ केही वर्ष सम्म लियोनार्दोको हेरचाह उनको काकाले गरेका थिए ।
उनी सानै उमेरदेखि हातका औंलाहरू चित्र कोर्न, बाजा बजाउन, बुट्टा कुद्न आदि सिद्धहस्त थिए, सानैदेखि प्राकृतिक सौन्दर्यहरूको चित्र कोर्दै दिन बीताउँथे । उनलाई चित्र कोरेर मात्र चित्त बुझेन । उनले लुत बजाउन सिके । सधैं लुतकै (यो युरोपको लोकप्रिय बाजा हो, लुत सितार जस्तै तारले बजाउने एक प्रकारको बाजा हो ।) झन्कारसँगे गुनगुनाउँथे । बाबुले एकदिन छोराले कोरेको चित्रहरू फ्लोरेन्सका एकजना प्रख्यात चित्रकारी भेरोचिओलाई देखाए र १४ वर्षको किशोरले कोरेको चित्र देखेर भेरोचिओले धेरै प्रशंसा गरे साथै अझ राम्रो चित्र कोर्ने कला सिकाई दिने पनि बचन दिए ।
गुरू भेरोचिओबाट लियोनार्दोले चित्रकलाको विभिन्न सिप सिके, सन् १४७२ जुन महिनामा उनले एउटा आफ्नै चित्र संग्रह निकाले, त्यो संग्रहको नाम लियोनार्दो दी सर पिएरो दा भिना राखियो ।
Final-trichandra
त्रिचन्द्र प्रतीक्षा
यसरी उनि २० वर्षको उमेरमा एक स्वतन्त्र चित्रकारी भएर निस्के । उनको चित्रकारीको चमत्कार फ्लोरेन्स शहरभरि फैलियो । सन् १४८३ मा लियोनार्दोले एउटा बेग्लै खालको चाँदीको लुत बनाए, लुतको आकार घोडाको टाउको जस्तै थियो । उक्त नयाँ लुतको आवाज (स्वर) सुनेर फ्लोरेन्सका राजा लोरेन्जो मोहित भए ।
सन् १४९५ मा उनले कुमारी म्याडोनाको एउटा चित्र बनाए, जुन २ वर्ष पछि सन् १४९७ मा पुरा भएको थियो । त्यसबेला सो चित्र सबैभन्दा राम्रोमा गनियो, भने उक्त चित्र लास्ट सपरको नामले प्रसिद्ध भयो । यस्तै भर्जिन अफ द रक्स् पनि उनको श्रेष्ठ चित्रहरू मध्य एक थियो । आजभोलि उक्त चित्र पेरिसको राष्ट्रिय संग्रहालयमा सुरक्षित साथ राखिएको छ ।
सन् १५०२ मा लियोनार्दो फ्रान्सेली राज कुमार सिजर बोर्जियाको दरवारमा पुगे । त्यहाँ लियोनार्दोलाई प्रमुख इन्जिनियर पदमा नियुक्त गरे । लियोनार्दो राजकुमारसँग इटालीको भ्रमण पनि गरे, सो भ्रमणको सिलसिलामा लियोनार्दोले ६ वटा मानचित्र कोरे । ति मानचित्रहरू अति आश्र्चय जनकरूपले शुद्ध थियो । अहिले उक्त मानचित्रहरू विन्डसोरको शाही पुस्तकालयमा राखिएको छ ।
सन् १५०३ को शुरू महिनामै लियोनार्दो पुनः फ्लोरेन्स फर्केर आए, लगत्तै एउटा व्यड्ड्य चित्र कोर्न तल्लिन भए, उनले त्यस चित्रको नाम Madonna with the infant Christ and Saint Aunoराखे, उक्त व्यड्ड्य चित्र हेरेर कयौं चित्रकारहरू आश्र्चय चकित समेत भए । सन् १५०३ र १५०४ मा उनी त्यस्तै व्यड्ड्य चित्रहरू कोर्नमा नै व्यस्त रहे । उनको अर्को उच्चतम ब्रिस्टल फ्रेन्जी नाम गरेको लडाईको व्यड्ड्य चित्र र माइकल एन्जेलो (विश्वका प्रमुख चित्रकारीहरू मध्ये माइकल पनि एक थिए) ले तयार गरेको व्यड्ड्य चित्र फ्लोरेन्सको दरवारको एउटा प्रदर्शनी कक्षमा सँगै झुण्ड्याइयो । प्रदर्शनी हेर्न आउने चित्रकारहरू ती चित्रहरू हेरेर निकै प्रभावित हुनु त स्वभाविकै थियो, तर एक जना ‘राकेल’नाम गरेका चित्रकार त हेरेको हेरै भए ।
lionardoयस्तै सन् १५०३ देखि १५०६ सम्म उनले आफ्नो प्रसिद्ध पेन्टिड्ड मोनालिसा बनाए । यो चित्र उनले बनाउँदा लियोनार्दो ५१ वर्ष को थियो भने मोनालिसा २४ वर्षकी थिइन । मोनालिसा हरेक दिन दिउँसो उनको स्टूडियोमा आउने जाने गर्दथिन् । ३ वर्ष सम्म कठिन परिश्रम गरेपछि मात्र यो पेन्टिड्ड पुरा भयो । मोनालिसा उनले कोरेको चित्रहरू मध्ये सर्वोकृष्ट ठह¥याइयो । यस पेन्टिड्डमा मोनालिसाको अनुहारबाट एक प्रकारको अद्भूत मुस्कान र एक विचित्र नशालुपन पाइन्छ । यस पेन्टिड्डलाई एकपल्ट हेरे पछि हरेक व्यक्ति यसलाई पुनः बारम्बार हेर्न चाहन्छन् । यो विश्व विख्यात पेन्टिड्ड आजसम्म फ्रान्सको लुभ्र संग्रहालयमा सुरक्षित प्रदर्शन हेतु राखिएको छ ।
फ्रान्सका लुईस बाह्रौका आग्रह अनुसार दरवारमा उनी चित्र कोर्न मै तल्लिन भए । तर त्यहाँ लियोनार्दो आफूलाई मिल्दो वातावरण पाउन सकेनन् । २ वर्ष पश्चात् सन् १५१४ मा फ्रान्सका फ्रान्सिस प्रथम ९ँचबलअष्क क्ष्० को निमन्त्रणामा उनी फ्रान्सिस कहाँ गए, केही महिना पछि उनले आफ्नो सेवाबाट अवकाश लिई आयम्बोस नजिकै क्लाउकसको जिल्लामा वृद्ध र अवकाश जीवन बीताउन शुरू गरे र सन् १५१९ मे २ तारिखमा विश्वको महान चित्रकार संगीतकार, आविष्कार, लेखक एक विविध विषयका ज्ञाता लियोनार्दो दा भिन्ची ६८ वर्षको उमेरमा दिवगंत भयो ।

मोनालिसा र कम्प्यूटर
चित्रकलाको इतिहासमा बहुचर्चित व्यक्तित्वलाई आज कम्प्यूटरले विवादको विषय बनाई  दियो । लियोनार्दो दा भिन्चीले थुप्रै थुप्रै चित्रहरू कोरेका छन् । आजभन्दा ५ सय वर्ष अघि कोरिएका लियोनार्दोले बनाएको एउटा चित्र ‘मोनालिसा’नै विश्वमा प्रसिद्ध चित्र मात्र नभई आजको कम्प्यूटर युगमा मोनालिसाले संसारमा उपद्रो मच्चाउन थालेका छन् । ‘मोनालिसा’को हाँसो नै त्यस तस्वीरको मुख्य आकर्षण थियो । उनको हाँसोलाई अवर्नणीय हाँसो भनिन्छ ।
monalisaकलाकारहरू, कला समीक्षकहरू यो कृतिको प्रशंसा गर्न कहिल्यै थाक्दैनन् । उक्त मोनालिसाको हंसाईको जादुले सबैलाई आनन्द दिएको थियो । हाँसो पनि रहस्यात्मक त्यहि आकृति कहिले हँसिलो त कहिले मलिन देखिन्थ्यो । यो रहस्यमयी चित्र पेरिसको लुभ्र संग्रहालयमा धाउने हजारौं दर्शकालाई मुग्ध पारी लट्ठयाइदिन्छन् । आज कम्प्यूटरको सहयोगबाट परिक्षण गर्दा लियोनार्दोको ‘मोनालिसा’अरू कोही नभएर स्वंय चित्रकारको आफ्नै तस्वीर हो भनेर भनेका छन् ।



चित्रकला विशेषज्ञ एवं अन्वेषिका लिलन सचवर्थले आर्ट एण्ड एन्टिक्स पत्रिकामा छापिएको अनुसन्धानमा उनी भन्छिन्– ‘‘कम्प्यूटरको सहायताबाट सूक्ष्म परीक्षण गर्दा लियोनार्दो दा भिन्चीको अनुहारलाई सिंगारेको थाहा पाइयो । मोनालिसाको आधा अनुहारमा दा भिन्चीको नाक, गाला, आँखा, ओंठ, कपाल सँग ठ्याक्कै मिलेको एउटै तस्वीर गरी हेर्दा एउटै मानिसलाई दुई रूपमा प्रस्तुत गरेको देखिन्छ ।’’उक्त चित्र सन् १९८६ को आर्ट एण्ड एन्टिक्समा छापिएको थियो । चित्र विशेषज्ञहरू यो कुरा तुरून्तै मान्न तयार छैन ।
 यसरी मोनालिसाको रहस्यमयी हाँसो माथि कम्प्यूटर विज्ञानले एक बलियो प्रहार गरेको थियो । यसको खैलाबैला राम्ररी मत्थर हुन नपाउँदै मेडिकल साइन्स (आयुविज्ञान) ले चिमोटेर रूवाउन आँटिसक्यो । मेडिकल साइन्सका एक डाक्टरले ‘मोनालिसा’को जुन हाँसो छ, त्यस हँसाईलाई स्नायु रोग (नर्बस् डिजिज्) को उदाहरण दिएका छन् । यस्तो रोग लागेका मानिसका ओंठ खिस्स हाँसेको बेलामा जस्तो एकातिर मात्र तन्किन्छ रे । मोनालिसा सुन्दर भएर होइन, बरू रोगाहा देखिएको विकृत आकृतिलाई हामीले वाह् वाह् गर्दछौ रे ।’’भनि उनको मेडिकल साइन्सलाई बताए, अब हामी गरौं त  के ? हामी कलाप्रेमी कत्तिका ठगिएका रहेछौं त ?
चित्रकार लिलन सचवर्थको र मेडिकल साइन्सका डाक्टरको भनाईलाई सबै चित्रकारले सही थापेका छैनन् । तर यता कोलम्बिया विश्व विद्यालयको कला इतिहास विभाग प्रमुख जेम्स बेकले वहियात भनेका छन् । जेम्स भन्छन्– ‘‘कलाकारले मनमा आएको कुरो लेख्छ, देखेको होइन ।’’स्मरणिय कुरा के छ भने यस्ता चर्चा हुनु भन्दा अघि इतिहासकारहरू मोनालिसा–फ्रान्सेक्को देल जिओकोन्दोकी धर्म पत्नी ड्युकी विधवा वा श्रीमति मेदिनी हुनुपर्छ भनि अनुमान लगाउँदै आएका थिए ।

No comments:

Post a Comment