शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, June 29, 2013

रक्तदान गर्न डराउनु पर्दैन



-त्रिचन्द्र प्रतीक्षा
विलियम हार्भ ले सन् १६१६ तिर प्राणीमा रक्त प्रवाह हुन्छ भन्ने तथ्य पत्ता लगाएका थिए भने सन् १८१८ मा बेलायतका डा. जेम्स् ल्वेन्डले मर्न लागेको एक बिरामीलाई मानिसको रगत संचार गराउने प्रयास गरे । सन् १९०० मा अष्ट्रियाका डा. कार्ल लेन्डस्टेनरले A, B, C,  रक्त समुह हुन्छ भन्ने पत्ता लगाए भने सन् १९१४ मा बेल्जियमका डा. हस्टिनले रगतलाई शरीर बाहिर बोटलमा सोडियम साइटेट रसायनको सहायताले नजम्ने गरी रगत राख्ने तरिका पत्ता लगाएका थिए । सन् १९३० को भौतिक शास्त्रको नोबेल पुरस्कार समेत प्राप्त गर्नु भएका कार्ल लेन्डस्टेनर (जन्म १४ जून १८६८ मृत्यु २६ जून १९४३) विख्यात अष्ट्रेलियाली जीव विज्ञान र भौतिकविद्को स्मरणमा उनको जन्मदिनको अवसरलाई रक्तदान दिवस- जून १४ घोषणा गरिएको हो । भने पहिलो रक्त संचार केन्द्र सन् १९१३ मा स्पेनको वार्सिलोनामा स्थापना भएको थियो । यस्तै नेपालमा वि.सं. २०२३ मा वीर अस्पतालको हातमा लक्ष्मी ब्लड बैंकको नामबाट नेपाल रेडक्रस सोसाइटीले रक्त संचार सेवा सञ्चालन गरेको थियो ।
त्रिचन्द्र प्रतीक्षा
हरेक व्यक्तिले थाहा पाउनु पर्छ कि मानिसको शरीरमा रगत बन्ने प्रक्रिया सधैं निरन्तर चलिरहन्छ र रक्तदान गर्दा पनि कुनै नोक्सान हानि हुँदैन । तर यो ठूलो कल्याणकारी कार्य जस्लाई जहिले पनि अवसर पाउना साथ दिन सकिन्छ । रक्तदानको बारेमा चिकित्सा विज्ञान भन्छ- कुनैपनि स्वास्थ्य व्यक्ति जसका उमेर १६ देखि ६० वर्षबीचको छ र ४५ किलोग्राम भन्दा बढी तौल छ, जसलाई एच.आई.भी., हेपाटाइटिस 'बी' या 'सी' जस्ता बिमारी नभएका व्यक्तिले रक्तदान निर्धक्क साथ गर्न सकिन्छ । एक पल्टमा १ प्रिन्ट अर्थात ३ सय ५० एम.एल. रगत दिने गरिन्छ । सोको पूर्ति शरीरमा चौबिस घण्टाभित्र हुने गर्दछ । प्रत्येक स्वस्थ व्यक्तिले ३ महिनामा एक पल्ट रक्तदान गर्न सकिन्छ । नेपालमा पहिलो रक्तदान गर्ने व्यक्ति स्व. दयावीर सिंह कंसाकार हुन् भने हालसम्म सबैभन्दा बढी रक्तदान गर्ने व्यक्ति प्रेमसागर कर्माचार्य हुन् । उनले ४९ वर्षो उमेर सम्ममा -२०७० जेठ) १३४ पल्ट रक्तदान गरिसकेका छन् । प्रत्येक एक प्रिन्टको ३ सय ५० एम.एल. को हिसाबले पनि उनले दान गरेको मात्रा जोड्ने हो भने ४७ लिटर पुगिसक्यो । रक्तदान बारे उहाँ भन्छन्- 'म पानीमात्र खाएर पनि रक्तदान गर्छु' अगाडि भन्छन्- 'त्यसका लागि अघि वा पछि विशेष तयारी गर्नुपर्दैन ।' रक्तदान गर्दा कमजोर होइन्छ भन्ने भ्रम निवारण गर्दै उनी भन्छन्- 'बरु दिएपछि नयाँ रगत बन्छ र व्यक्ति स्वस्थ हुन्छ । १६ वर्ष हुँदा सुरु गरेका उनले त्यसयता नियमितजसो रक्तदान गर्दै आएका छन् । 'तीन-तीन महिनामा रक्तदान गर्नु नियमित कार्य हो । यसलाई सबैले पालना गर्ने हो भने रगत नपाएर कोही मर्दैन, उनी भन्छन् ।

रगतको रङ रातो हुन्छ । यो सबैले थाहा पाएको कुरा हो । तर यो किन रातो हुन्छ वा रातो रङको सट्टा हरियो, नीलो वा अन्य कुनै रङको किन नभएको होला भन्ने बारे सबैलाई जानकारी नहोला ।
उमेर पुगेको सामान्य मानिसको शरीरमा साधारणतया तीनदेखि चार किलो ग्राम बराबरको रगत उसको शरीरभरि संचालित भइरहन्छ । मानिसलाई बाहिर कुनै अवरोध नपुर्याइकन चौबीसै घण्टा नसा, धमनी, शिरा तथा कोशिका आदिद्वारा निरन्तर संचालित भइरहनुलाई प्राकृतिक संरचना भनिन्छ ।
जीवनदायी रगतद्वारा नै मानव शरीरको सम्पू्र्ण कार्यहरुको सन्चालन हुन्छ । यसैले रगतलाई 'रिभर अफ लाईफ' (जीवनको नदी) पनि भनिन्छ ।

रगत किन रातो देखिन्छ - रगतमा भएका राता रक्तकोषहरुले गर्दा ! हाम्रो रगतमा सबैभन्दा धेरै पाइने तत्व रातो रक्तकोष नै हो । रगतमा नब्बे प्रतिशत भन्दा बढी राता रक्तकोषहरु हुन्छ । एक थोपा रगतमा मात्रै करोडौ राता रक्तकोषहरु हुन्छन् । सूक्ष्मदर्शक यन्त्रले हेर्दा रातो रक्तकोष हामीले चियासँग खाने गरेको डुनोटजस्तै देखिन्छ । फरक यत्ति, डुनोटको बीचमा प्वाल हुन्छ तर रातो रक्तकोष बीचमा प्वालको सट्टा खोपिल्टो हुन्छ । उक्त रक्तकोष अर्थात् रक्त कणिकाहरुलाई 'हेमोग्लोबिन' भनिन्छ । होमोग्लोबिनभित्र हाइड्रोजन, कार्बन, नाइट्रोजन, अक्सिजन र सल्फरका दस हजार परमाणुहरुका साथै आइरन र सल्फरका परमाणुहरु हुन्छन् । हाम्रो रातो रक्तकोषले यी नै हेमोग्लोबिनको मद्दत लिँदै कार्बन डाइअक्साइडलाई फोक्सोसम्म पुर्याउने र तपाईँले सास फेरेर लिएको ताजा अक्सिजनलाइ चाहिँ शरीरको कुनाकाप्चासम्म लैजाने गर्छ । श्वास प्रश्वास क्रियाको क्रममा फोक्सोमा पस्ने वायुको साथ अक्सिजनसँग मिलेर 'अक्सिहेमोग्लोबिन' भन्दछ । यसैको माध्यमले सम्पुर्ण शरीरमा अक्सिजनको आपूर्ति हुन्छ ।

रगतमा विशेषगरि प्रोटिन र फलाम मिलेर बनेका हुन्छन् । एक सामान्य पुरुषको शरीरमा प्रति घन मिलिलिटरमा लगभग ५५ लाखको संख्यामा राता रक्तकण हुन्छन् । यिनै रक्तकणहरुको संख्यामा कमी भयो भने मानिसलाई रगतको कमी 'रक्तअल्पता' नामक रोग लाग्ने गर्दछ, जसले हाम्रो ज्यान नै जान सक्छ । रातो रक्तकोषको अर्को महत्वपुर्ण भाग भनेको यसको झिल्ली हो । यो असाध्यै लचिलो भएकोले रातो रक्तकोष आरामसित तन्किन अनि खुम्चिन सक्छ र तपाइँको शरीरको अत्यन्तै मसिना रक्तनलीहरुमा समेत सजिलै छिर्न सक्छ ।

हाम्रो हड्डीको मासी, रातो रक्तकोष बन्ने कारखाना हो । कारखानाबाट रक्तनलीमा पसेपछि रातो रक्तकोषले हाम्रो शरीरको मुटु अनि अन्य भागहरुमा एक लाखभन्दा धेरै पटक घुमफिर गर्छ । तर अरु कोषजस्तो रातो रक्तकोषको न्युक्लियस हुँदैन । न्युक्लियस नभएपछि हलुको हुने भएकोले हाम्रो मुटुले खरबौँ राता रक्तकोषहरुलाई शीरदेखि पैतालासम्मै सजिलै पठाउन सक्छ । तर न्युक्लियस नभएकोले, रातो रक्तकोषभित्र पुरानो भएर बिग्रेको तत्वहरु मर्मत हुन सक्दैन । लभगभ १२० दिनपछि, तपाइँको रातो रक्तकोष बूढो हुँदै जान्छ र पहिलेजस्तो लचिलो हुन छोड्छ । त्यसपछि, ठूलो सेतो रक्तकोष, फागोसाइटले यी थोत्रा राता रक्तकोषहरुलाई क्वाप्प निल्छ तर आइरनका चारवटा परमाणुलाई चाहिँ बाहिर ओकल्छ । त्यसपछि, यी आइरनका परमाणुहरु प्लाज्मा प्रोटिन चढेर रातो रक्तकोषको कारखाना, हड्डीको मासीसम्म यात्रा गर्छन् र त्यहाँ नयाँ राता रक्तकोषहरु निर्माण हुँदा, ती आइरनका परमाणुहरु फेरि प्रयोग हुन्छन् । हड्डीको मासीले एक सेकेण्डमा २० देखि ३० लाखसम्म राता रक्तकोषहरु उत्पादन गरेर रक्तनलीमा पठाउँछ ।

हाम्रो रगत द्रव तथा ठोस दुई भागबाट बनेको हुन्छ । द्रव भागलाई 'प्लाज्मा' भनिन्छ भने ठोस भागमा रातो रक्तकोषहरु र श्वेत रक्तकोषहरु तथा प्लेटलेटहरु हुन्छन् । प्लेटलेट्सको आकारमा लगभग ०.००२ मिलिमिटर हुन्छ । यति साना आकारमा डेढलाखदेखि चारलाखसम्मको संख्या हुन्छ । प्लेटलेट एक ठोस कण हो, यसको मुख्य काम शरीरको कुनै अंग काटिएर रगत बग्न जाँदा त्यसलाई रोक्न प्रत्यक्ष योगदान यहि प्लेटलेटले पुर्याउँछ ।

यदि हाम्रो शरीरको खरबौं राता रक्तकोषहरुले एकछिन मात्र हड्ताल गर्ने हो भने उत्तिखेरै, हाम्रो शरीरको सबै काम ठप्प हुन्छ र हामी मछौँ ।
२०७० जेठ ३१ गते गोरखापत्र दैनिकमा प्रकाशित

No comments:

Post a Comment