शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, February 26, 2013

कपाल पाल्ने र मुन्द्रा लगाउनेहरु 'अपराधी' ?

सुन्दर खनाल, सुजित महत
काठमाडौ, फाल्गुन १६ - कपाल पाल्नु भएको वा कानमा मुन्द्रा लगाउनु भएको छ ? सावधान ! प्रहले लामो कपाल पाल्ने र मुन्द्रा लगाउनेलाई आधुनिक युवा होइन, चो, गुण्डागर्दी, लुटपाटमा संलग्न भएको शंका गर्छ । र, ठेगाना, हुलिया, तस्वीर र औठा छाप लिएर कपाल काटिदिन्छ, मुन्द्रा फुकाल्छ ।
   
राजधानीमा सोमबार र मंगलबार ग एक हजार भन्दा बढी युवा लामो कपाल र मुन्द्रा लगाएको 'अपराध' मा समातिए । कपाल काटन र मुन्द्रा फुकाल्न लगाएर अभिभावकको जिम्मा लगाइयो । प्रहको बुझाईमा यसो गर्नु भनेको एउटा 'चुल्ठे-मुन्द्रे' एउटा भद्र व्यक्तिमा परिवर्तन भई महानगरमा चो, लुटपाट, डकैती र गुण्डागर्दीका घटनामा कमी आउनु हो ।
यसले तत्कालीन प्रह अधिकृत (पछि महानिक्षकसम्म भएका) अच्युतकृष्ण खरेलको कपाल पाल्ने, मुन्द्रा लगाउनेलाई तह लगाउने शैली पुनरावृत्ति भएको महसुस गराएको छ ।
शक्तिकेन्द्रहरुको संरक्षणमा संगठित आपराधिक समूहहरु मुख्य वाधक ठानिएकाबेला 'चुल्ठेमुन्द्रे अपरेसन' चलाएर प्रहले सर्वसाधारणको ध्यान अन्यत्रै मोडन खोजिएको देखिन्छ । संगठित समूहको मुख्य लक्ष्य आर्थिक लाभ हुने क्षेत्रमाथिको हस्तक्षेप हो । यही कारण राजधानीका नाम चलेका गुण्डानाइकेमाथि सम्पति शुद्धिकरण गरेको शंकामा अनुसन्धान सुरु गरेको २ वर्ष बिते पनि राजनीतिक हस्तक्षेपकै कारण तुहिने अवस्थामा छ ।
महानगय प्रह परिसर काठमाडौंका प्रमुख वरिष्ठ उपक्षक (एसएसपी) रणबहादुर चन्दले अपराधमा संलग्न पाइएका प्राय युवा कपाल पाल्ने, मुन्द्रा लगाउने पाइएकाले यो अभियान चलाएको तर्क गरे ।

चुल्ठेमुन्द्रे ठिक पार्ने जस्तै सजिला 'हत्कण्डा' अपनाएर चर्चित हुने चलन प्रहमा विकास हुन थालेको छ । ति सहमतिमा गोप्यस्थान पुगेका युगलजोडी समात्न होटलका कोठाकोठा चहार्ने, नयाँ वर्षको पूर्वसन्ध्यामाँ चाँडै रमाइलो कार्यक्रम बन्द गराउने, ढिलोसम्म चमेनागृहमा बस्नेलाई खोरमा कोच्ने, मुड चलेका बेला क्यासिनोमा छिरेर २/४ जनालाई मुद्दा लगाउनेलगायतका हत्कण्डा गरेर चर्चामा आउन खोजिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिका चुडामणि शर्माले एक वर्षअघि आफ्नो आगमन भएको सन्देश दिन एक साताजति सडकदेखि रेष्टुरेन्टका कुनाकुना पुगेर धुम्रपान गर्नेलाई पक्राउ गर्न लगाएका थिए ।
मंगलबार हनुमानढोकालगायत राजधानीका प्राय प्रह चौकीमा चुल्ठेमुन्द्रे अपरेसनकै कारण ठूलो मता भयो । अभिभावकहरु छोराभाईको जिम्मा लिन घण्टौं घाममा पोलिए । कतिपय प्रह अधिकृत आफ्नो आफन्त समेत परेकामा चिन्तित थिए । सोसियल मिडिया सन्जालहरुमा पनि यसबारे चोटिला टिपप्णी देखापरे । पेशाले पत्रकार केशव कोइरालाले् टि्व्ट गरे, 'प्रधानमन्त्रीज्यू, गृहमन्त्रीलाई भनिदिनु कि मैले पनि लामो कपाल पालेको छु र दुवै कानमा मुन्द्री पनि ।'
'कस्मेटिक' खालका काम गरेर चर्चामा आउन खोज्ने प्रवृत्ति प्रहमा फाट्टफूट्ट देखिन थालेको प्रहका निमित्त प्रवक्ता पुष्कर कार्की बताउछन । 'हाट्टहुट्ट ग खासै परिमाण नदिने खालका कामले सञ्चारमाध्यममा चर्चा पाउने भएकाले केही अधिकृतले यस्तै कामलाई प्राथमिकता दिएका छन,' उनले थपे ।
'हामीकहाँ अध्ययनअनुसन्धान गरेर कार्यभारको प्राथमिकता छुट्टयाउने परम्परा छैन, भए पनि ती संस्थागत रेकर्डमा बस्दैनन् । छोटो समयका लागि कोही कहीं खटिन्छ र 'नयँ' काम गरेको देखाउन सजिला उपाय अँपनाउँछ,' प्रह नायव महानिक्षक (डिआइजी) राजेन्द्रसिंह भण्डा भन्छ्न् । प्रहको अनुसन्धान तथा सुपरिवेक्षण निर्देशनालयका प्रमुखसमेत रहेका उनले प्राथमिकताका आधारमा कार्यभार निर्वाह गर्ने वातावरण बनाउन नीतिगत तहबाटै पहल भइरहेको बताए ।
e-kantipur.com
प्रकाशित मिति: २०६९ फाल्गुन १६ ०१:२२

No comments:

Post a Comment