शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Wednesday, February 20, 2013

आठ हजार सवारी चालकका लाइसेन्समा प्वाल

१० फागुन, काठमाण्डौं । मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने आठ हजार तीनसय एक चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ट्राफिक प्रहरीले प्वाल पारेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो ७५ दिनको अवधिमा मापसे कारबाहीमा परेका चालकहरुको लाइसेन्स प्लाल पारिएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ । पटक पटक दोहोर्‍याएर मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई निरुत्साहित गर्ने उद्देश्यले यसरी लाइसेन्समा प्वाल पारिएको ट्राफिक प्रहरीको भनाई छ ।
महाशाखाले २२ मंसिर ०६९ बाट मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कडा कारबाही थालेको हो । चालकको लाइसेन्समा प्वाल पारी अभिलेख राख्ने, सचेतना कक्षा अनिवार्य लिनुपर्ने, स्वयं चालक उपस्थित हुनुपर्ने, एक हजार रुपैयाँ जरिवाना बैंकमा तिर्नुपर्नेजस्ता सजाय मादक पदार्थ सेवन गरी सउवारी चलाउने चालकले बेहोर्दै आएका छन् ।
-online khabar

No comments:

Post a Comment