शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, January 8, 2013

जिउँदै गाड्नेको पक्षमा ‘प्रधानमन्त्री मन्त्री’

पिएचडी गरेको प्रधानमन्त्री पाएपछि देश आजभोलि नै कायापलट हुन्छ जस्तो गरी गैरमाओवादीहरुले समेत बाबुराम भट्टराईलाई हाइहाइ गर्दै समर्थन गरेका थिए। तर उनको असली ‘परमधाम मन्त्री’को रुप हिजो देखिएको छ। उनले प्राइम मिनिस्टर हैन क्राइम मिनिस्टरको व्यहोरा देखाएका छन्। पत्रकार डेकेन्द्र थापालाई जिउँदै गाडेको बयान ‘हाँसीहाँसी’ दिएर उनको आत्माको शान्तिका लागि सजाय भोग्न तयार भएको बताइसक्दा पनि हाम्रा विद्वान परमधाम मन्त्रीलाई चैँ द्वन्द्वकालको मुद्दा ब्युँताउन नमिल्ने लाग्यो। क्राइम मिनिस्टरले जिल्ला प्रहरी र सरकारी वकील दुवै कार्यालयलाई बयान नलिनू भन्ने आदेश दिएपछि आधिकारिक बयान लिने काम रोकिएको छ।

जिल्ला प्रहरी प्रमुख र अनुसन्धान अधिकृत निरीक्षकलाई तैँले किन र कसको आदेशमा मुद्दा अघि बढाइस् भनेर दबाब दिइएछ। अनुसन्धान अधिकृत विनोद शर्माका श्रीमती र बालबच्चालाई सिध्याउने धम्की आएछ। कान्तिपुरका अनुसार धम्कीको मोबाइल रेकर्डै सुरक्षित छ।
क्यास र ड्यास माओवादीले विज्ञप्ति नै निकालेर पत्रकारलाई ‘जे पनि हुनसक्ने’ धम्की दिएपछि पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा माग्न पुगेका छन्।
विधिको शासन कायम गर्ने प्रमुख जिम्मेवारी लिनुपर्ने प्रधानमन्त्रीले विरोधी कथित मानवअधिकारवादी, मानिसहरुले उक्साएर झुटा मुद्दा मामिला लगाएको देखेछन्। क्राइम मिनिस्टरले यसलाई शान्ति प्रक्रिया बिथोल्ने प्रयास देखेछन्। उनको ‘स्वाभिमानी’ सरकारलाई त्यो सह्य हुन्न रे। राजधानीमा आयोजित कार्यक्रममा डाक्टर भट्टराईले आफ्नै मुखले यसो भनेका हुन्।
सत्य निरुपण तथा मेलमिलाप आयोग भनेको आममाफी दिने काम हैन। जो पीडित हो, माफी उसले मात्रै दिनसक्छ। यसरी जिउँदै पुर्नेहरुलाई त माफी कसरी दिन सकिन्छ ? चार चार वर्षसम्म आयोग गठन गर्न नसक्नेले अहिले आएर राष्ट्रपतिकोमा अध्यादेश रोकिनुलाई बहाना बनाउनु नालायकीपनाको हद हो।
विपक्षी पार्टीहरु पनि नालायकै छन्। उनीहरुले यस्तो विषयमा पनि चर्को विरोध गर्न सकिरहेका छैनन्। आयोग गठन गर्न दिनुपर्ने दबाब दिनसकेका थिएनन्। अहिले पनि कुर्सीकै वरपर घुमिरहेका छन्।
यो सब हेर्दा लाग्छ, माओवादीले भन्दै गरेको सत्ताकब्जा भइसकेको छ। हामी माओवादीको क्राइम मिनिस्टरको शासन भोगिरहेका छौँ अहिले, जसले जिउँदै गाड्नेको पक्षमा बयान दिन्छ र अपराधीलाई जोगाउन कुर्सीबाटै आदेश दिन्छ।
Naya Patrika daily


Nepali Journalist Dekendra Thapa | Song | Maoist Murdered | Impunity



1 comment:

  1. Trekking in Nepal http://www.trekshimalaya.com is part of world http://www.adventurestrekking.com adventure trekking tourism and Adventure Trekking in Nepal. Natures to renew one’s own self regard, to relive oneself, to realize Nepal beauty, to interact with its generous, friendly peoples are highlights of trekking in Nepal. Trekking is one long term activity that draws repeat visitors.

    ReplyDelete