शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, January 7, 2013

इमान्दारिताले चालकलाई गाडी उपहार

विमल खतिवडा

चितवन, पुस २३ - सवारी चालकमा इमान्दार हुन्छन् भन्ने छैन । फेरि इमान्दार जतिले पुरस्कार पाउँछन् भन्ने पनि छैन । यहाँ भने २० बर्ष इमान्दारी साथ एउटै गाडी चलाएका विशेश्वर हमाल अहिले गाडी धनी बनेका छन् । उनले गाडी उपहार पाएका छन् । त्यति मात्र होएन २ दशक गाडी चलाउँदा देखाएको इमानदारिताले नगद ५० हजार प्राप्त गरे ।
मध्यम परिवारका हमाललाई चितवन यातायात व्यवसायी संघ छहारीका अध्यक्ष बद्रिप्रसाद पौडेलले ८ लाख मूल्य पर्ने गाडी उनको इमानदारिताको कदर गर्दै सोमबार उपहार दिएका हुन् । गाडी र नगद पाउँदा हमालको सिंगो परिवारमा खुशी छाएको छ । 'गाडी पाउन साथ सुरुमा खुशी जन्म दिने आमालाई सुनाए,' उनले भने,' मेहनत र इमानदारिताले फल पाएको भन्दै खुशी हुनु भो ।' उनले  गाडी टाँडी, पर्सा, भण्डारा चलाउँदै आएका छन् । १७ बर्षको उमेरदेखि पेशामा लागेका उनले अहिले सम्म गाडी दुर्घट्नामा पारेका छैनन् ।
'३ बर्ष खलासी बनेर काम गरे,' उनले भने,' पछि कन्डक्टर हुँदै चालक भएँ ।' उनले गाडीमा उठ्ने रकम कहिल्यै हिनामिना गरेनन् । जति उठ्थ्यो त्यति ल्याएर बुझाउँथे । उनको यो बानीले गाडी धनी पौडेल परिवार आश्चर्यमा परे । उनीहरुले परिवारलाई जस्तै हमाललाई माया गर्थे । 'मैले धेरै चालकसँग काम गरे,' हमाललाई गाडी दिँदै पौडेलले भने, 'तर उनी जस्तो इमानदारी चालक फेला पार्न सकिन । त्यसैले उनीबाट प्रभावित भई ३ वटा गाडी मध्ये एउटा गाडी उनलाई दिएको हो ।'
पौडेलले गाडी आम्दानीले ४ छोरा छोरी मध्ये दुई छोराछोरीलाई विदेश पठाउन सफल भए । उनको जेठो छोरो अष्ट्रेलियामा र जेठि छोरी बेलायतमा छिन । गाडीबाट हमालले मासिक २० हजार ल्याएर पौडेललाई दिन्थे । 'हमालले मेरो गाडी चलाएको मात्रै २ दशक वित्यो,' पौडेलले भने,' अहिले सम्म गाडी दुर्घट्ना परेको मैले थाहा पाइन ।' उनले अहिलेको जमाना यस्तो चालक पाउन नसकिने बताए । ४२ वर्षीय हमालले कक्षा ६ सम्म अध्ययन गरेका छन् । उनका आमा, श्रीमती २ छोरी र १ छोरा छन् ।
उनले यसरी चलाइरहेको गाडी कमै मालिकले यसरी दिने र पाएको गाडीलाई आम्दानीको स्रोतको रुपमा सञ्चालन गर्ने बताए । उनले गाडी चलाउँदा कहिले पनि मदिरा सेवन गरेनन् । सहज रुपमा यात्रुलाई खुशी पारेर गाडी चलाउँथे । उनले चितवन मिनी सेवा नामको बा १ ख ७१७ नम्बरको गाडी पाएका हुन् । Kantipur daily

No comments:

Post a Comment