शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, January 28, 2013

सर्वोच्चमा प्रधानमन्त्री, लिखित जवाफमा प्रधानमन्त्रीले के भने ?

सर्वोच्चमा प्रधानमन्त्री, लिखित जवाफमा प्रधानमन्त्रीले के भने ?
झुट्ठा मुद्दा खारेज हुनुपर्ने जिकिरः
शंकर खनाल, काठमाडौं, माघ १५ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज सर्वोच्च अदालतमा उपस्थित भएर पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न अभियुक्तहरुको बयान र अनुसन्धान रोक्न आफूले कुनै निर्देशन नदिएको लिखित जवाफ पेश गरेका छन् । अदालतको अपहेलना गरेको भन्दै परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले प्रधानमन्त्री भट्टराईलाई आफै उपस्थित भएर लिखित जवाफ पेश गर्न भनेको थियो ।

लिखित जवाफ बोकेर सर्वोच्च पुगेका भट्राइले आफूले डकेन्द्र थापाको हत्याको अनुसन्धानको प्रक्रियालाई प्रतिकुल असर पार्ने गरी कुनै निर्देशन नदिएको दाबी गरेका छन् ।

उनले अनुसन्धान प्रक्रियामा असर पर्नेगरी कार्यकारी प्रमुखको हैसियतले कुनै निर्देशन नदिएको दाबी गर्दै आफूले सधै विधि र कानूनको सम्मान गर्ने उल्लेख गरेका छन् ।

पाँच पृष्ठ लामो लिखित जवाफमा प्रधानमन्त्रीले विना कारण आफूलाई झुठ्ठा आरोप लगाउने उद्धेश्यले दायर गरिएको रिट निवेदन खारेज हुनुपर्ने जिकिर समेत गरे ।


प्रधानमन्त्री भट्टराइले स्वतन्त्र न्यायपालिका, कानूनको शासन र मानव अधिकारप्रति आफू प्रतिवद्ध रहेको जनाउदै दण्डहीनतालाई प्रश्रय दिएको भन्ने आरोप पनि निराधार रहेको जिकिर गरेका छन् ।

प्रधानमन्त्रीले दैलेखस्थित जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई अभियुक्तहरुको बयान र अनुसन्धान रोक्न निर्देशन दिनुका साथै त्यस्ता मुद्दा अगाडि बढाईए शान्ति प्रक्रिया भाँडिन सक्ने सार्वजनिक अभिब्यक्ति दिदै आएका थिए ।

जिल्लाका सरकारी अधिकारीहरुलाई मुद्दा रोक्न दबाब दिए पनि अनुसन्धान नरोकिएपछि महान्यायाधिवक्ता मुक्ति प्रधानले दैलेखस्थित सरकारी वकिलको कार्यालयलाई लिखित निर्देंशन नै दिएर अनुसन्धान रोक्न दबाब दिएका थिए ।

महान्याधिबक्ता प्रधानले पनि हिजो सर्वोच्च पुगेर आफूले दिएको लिखित निर्देशन सही र संवैधानिक भएको जिकिर सहितको लिखित जवाफ पेश गरेका थिए ।

यसअघि अवहेलना सम्बन्धी रिटको प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश सुशीला कार्कीको इजलाशले दुबै जनालाई अदालतमा आफै उपस्थित भई सात दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
-Imagechanne.com

No comments:

Post a Comment