– त्रिचन्द्र ‘प्रतीक्षा’
नेपाली
समाजमा नागलाई पूजा गर्ने चलन परापूर्वकालदेखि चलिआएको छ,
हरेक वर्षको साउन
शुक्लपक्ष पञ्चमीलाई हामी हिन्दू धर्मालम्बीहरूले नाग पञ्चमीको रूपमा नागको
प्रतिविम्ब (चित्र) लाई भित्तामा टाँसेर पूजा गर्ने गर्दछौं,
नागका अष्टकुल अर्थात्
अनन्त, बासुकी, पद्म, महापद्यम, तक्षक, कुलीर र कर्कट र शङ्ख नागको चित्र
टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको भय र विपत्ति हुँदैन भन्ने
जनविश्वास रहिआएको पाइन्छ । भने नागको सम्बन्धमा नेपाली समाजमा विभिन्न
किंवदन्तीहरु प्रचलित रहेको पाइन्छ । नागलाई पानी पार्ने देवता,
वातावरण सफा राख्ने
प्राणीको रुपमा व्याख्या गरेको पाइन्छ भने शरीरमा घाउ,
खटिरा आएमा कपासको नाग
बनाई काठमाडौंको सुन्धारास्थित नागमन्दिर, शोभाभगवतीलगायत थुप्रै स्थानमा रहेका
नागदेवतालाई पुज्ने परम्परा रहिआएको पाइन्छ ।
काठमाडौं नक्सालस्थित नागपोखरीमा रात्रिकालिन विशेष मेला |
यसै
अवसरमा नागको वासस्थान मानिएका टेकू दोभान, चिन्तामणि तीर्थ,
चाँगु,
भक्तपुरको पुण्यतीर्थ,
कोटेश्वरको शान्तितीर्थ,
शङ्खमूल,
ज्ञानतीर्थ,
प्रमोदतीर्थ,
सुलक्षणतीर्थ (चोभार),
मनोरथतीर्थ र सानेपाको
राजतीर्थमा बज्रयानी बौद्ध परम्पराअनुसार विशेष पूजा समेत गर्ने चलन रहिआएको छ ।
नागहरू पनि सर्प जातिकै भएकोले सवै सर्पहरूको उत्तिकै पूजा,
उपासना एवं संरक्षण
हुनुपर्ने देखिन्छ । यस दिनमा काठमाडौं नक्सालस्थित नागपोखरीमा विशेष मेला लाग्ने
गर्दछ ।
त्रिचन्द्र ‘प्रतीक्षा’ |
हिन्दू
समाजमा नागलाई शिव र विष्णुका रुपमा पूजा गर्दछन् । शिवले नागको माला लगाएका छन् र
विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी सुतेका हुन्छन् । यस्तै गणेशको एक
हातमा पनि नागबाण छ । कृष्णका दाजु बलराम र रामका भाइ लक्ष्मण शेषनागका अवतार
मानिन्छन् । कृष्णले बालककालमै कालीनागको दमन गरेको प्रसङ्ग पाइन्छ ।
बौद्ध
परम्परा अनुसार पनि बुद्ध जन्मनासाथ नन्द र उपनन्द नामक नागले उसको स्तुति गरेका
थिए । बुद्धले ज्ञान प्राप्त गरेपछि केही समय बोधिवृक्षमुनि बस्दा उनको शिरमा
नागराज पुलिन्दले छायाँ दिएको कथा बौद्ध परम्परामा भेटिन्छ यस्तै जैन धर्मका सातौं
र २३ सौं तीर्थङ्कर सुपाश्र्व र पश्र्वनाथको शिरमाथि सातवटा सर्पका टाउकाको छत्र
बनाएर उनीहरुलाई नागसँग सम्बन्धित बनाएको देखिन्छ ।
मत्स्येन्द्रनाथको
घाँटीमा कर्कोटक नागको माला छ । यी प्रमाणबाट नाग माहात्म्य बुझ्न सजिलो हुन्छ ।
हाम्रो
समाजमा सबै सर्प विषालु हुन्छन् र त्यसले डस्यो भने मरिन्छ भन्ने भयले सर्पलाई
देख्ने वित्तिकै मार्ने र धपाउने गरिएको पाइन्छ, तर सबै सर्प विषालु हुँदैन् । तथ्यांक
अनुसार विश्वमा करिव ३ हजार ५ पाँच सय थरिका सर्प पाइने अनुमान छ । त्यसमध्ये ३५०
थरिका सर्प मात्र अति विषालु र अन्य बाँकी सामान्य विषालु हुने गर्दछ । त्रिभुवन
विश्व विद्यालयमा कार्यरत प्राणी शास्त्री सर्प विशेषज्ञ करनबहादुर शाहका अनुसार
नेपालमा पाइने १५० किसिमका सर्पमध्ये ५ थरिका मात्र विषालु रहेको छन् । जसमा
राजगोमन, हरेउ, कोरल, करेत र पिट भाइपर पर्दछन् ।
अमेरिकाको
पब्लिक लाइब्रेरी अफ साइन्स मेडिसिनले गरेको अनुसन्धानमा नेपाल सर्पले टोक्ने
पाँचौं देश भएको र वर्षेनी २० हजार जनालाई सर्पले टोक्ने गरेको तथ्यांक छ ।
सर्पहरू
हाम्रा शत्रु होइनन् । तिनीहरूलाई देख्ने वित्तिकै मार्ने चलन अहिलेसम्म पनि छँदैछ
। सर्पहरूलाई साधारणतया हामी हानीकारक नै मान्छौं । तर वैज्ञानिक अध्ययन विश्लेषण
गर्ने हो भने सर्पहरूबाट हामीले अप्रत्यक्षरुपमा भए पनि फाइदा लिइरहेका हुन्छौं ।
सर्पहरूलाई हानीकारक ठान्नुको कारण तिनीहरूको टोकाइको डरले नै हो तर सर्पले डस्ने
कार्य सितिमिती गरी हाल्दैन । तिनीहरू आफ्नो सुरक्षाको निमित्त मात्र टोक्ने
गर्दछन् । सर्पले डसी हालेको खण्डमा पनि सबै सर्प विषालु हुँदैनन् । विषालुभन्दा
अति विषालु जातको सर्पको संख्या धेरै नहुने हुँदा मृत्यु हुने सम्भावना पनि कम
हुन्छ । यदि विषालु सर्प नै परेको खण्डमा पनि समयमै उपचार व्यवस्था हुन सकेमा बाँच्न
सकिन्छ । विकसित देशहरूमा सर्पहरूलाई पूर्ण संरक्षण दिइएको पाइन्छ ।
E-mail:
trichandra.shrestha@gmail.com
साउन ९, गते २०६९गोरखापत्र दैनिकमा प्रकाशित
No comments:
Post a Comment