शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, July 29, 2011

श्रृंगारको प्रतीक टीका


त्रिचन्द्र प्रतीक्षा
टीका शब्दको विकास संस्कृतको बीन्दु शब्दबाट भएको हो । जसको सुरुवात '०' बीन्दु आकारबाट भएको हो । विभिन्न भाषामा यसलाई विभिन्न उच्चारणबाट सम्बोधन गरिन्छ । हिन्दू नारीका अखण्ड सौभाग्यका चिन्हहरूमा निधारमा लगाइने रातो टीका, हातमा लगाइने काँचका चुराहरू र साथै सिउँदोमा भएको सिन्दुरलाई मानिन्छ ।
यी चिन्हहरूबाहेक पोतेलाई पनि सौभाग्यको चिन्ह मानिन्छ । यसरी यी सबै चिन्हहरू सौभाग्यका साथसाथै सुन्दरताका प्रतीक पनि मानिन्छन् । यस क्रममा निधारमा लगाइने टीकाको विशेष महत्व छ । यसको प्रचलन परापूर्वकालदेखि नै भएको पाइन्छ । इतिहासविद्हरूको भनाई अनुसार टीकाका जन्मदाता भगवान् शिव हुन् । उनको निधारको तेस्रो आँखालाई शिवभक्त अथवा शैवले टीकाको प्रतीक स्वीकारेर त्यस्तै टीकालाई निधारमा लगाउन थाले । यो कुरा धर्म ग्रन्थमा समेत उल्लेख भएको पाउँदा होइन भन्न मिल्दैन । तर धर्म ग्रन्थ र इतिहासविद्हरूको जस्तोसुकै भनाई रहेता पनि निधारमा लगाइने टीकाको समय अनुसार आ-आफ्नै महत्व र रहस्य रहेको पाइन्छन् । महिलाले लगाउने रातो गोलो टीका, साधु सन्तले लगाउने निधारभरिको भस्मको टीका, पूजापाठ पछि लगाउने चन्दनको टीका, दशैं, विवाह, व्रतबन्ध जस्ता शुभ राताटीका आदि विभिन्न अवस्थाका टीकाहरू आफ्नै विशेषता रहेको छ भने समय समयमा टीकाको प्रयोग र महत्वमा पनि परिवर्तन भइरहेको पाइन्छ ।
ऐतिहासिक पृष्ठभूमिलाई केलाएर हेर्दा यो प्रचलन सबभन्दा पहिले द्रविड जातिमा (आर्यहरूको आगमन हुनभन्दा पहिले) भएको अनुमान गरिएको छ । यस जातिमा भएको प्रचलन अनुसार कुनै पनि विवाह योग्न केटीलाई विवाह गर्नुभन्दा पहिले त्यस केटीलाई कसले विवाह गर्ने भन्ने टुँगो लगाउन संभावित उम्मेद्वारबीच प्रतिस्पर्धीको रूपमा युद्ध हुन्थ्यो । युद्धमा जसले विजय प्राप्त गर्छ, त्यसैले सो केटीलाई वरण गर्न पाउँथ्यो । जब पुरुषले आफ्नो शत्रुलाई युद्धमा पराजित गरेर र्फकन्थ्यो, त्यसबेला उसले विजयको चिनो स्वरूप आफ्नो शरीरबाट निस्केको रगतको रातो टीका केटीको निधारमा लगाइदिए पछि ती दुई पति-पत्नीको नातामा गाँसिन्थे । त्यही बेलादेखि महिलाको निधारको रातो टीका सौभाग्यको प्रतीक बन्दैआएको भनिन्छ ।
यस्तै प्रकारले भारतमा राजपूत महिलाहरूले पनि युद्धमा आफ्नो पतिले वीरगति प्राप्त गरे भने निधारमा रातो टीका लगाएर (ब्रत) उपवास धारण गर्दथिन् । भने द्रविड जाति पछिका आर्यहरूको विचारमा महिलाको रातो टीकाले पुरुषलाई एकाग्रचित्त, शक्तिशाली तथा मनस्वी बनाउनुको साथै यसले पारिवारिक तथा आध्यात्मिक दुवै पक्षले अप्रत्यक्षरूपमा गतिलो प्रकारले हित पुर्‍याउने काम गरिरहेको हुन्छ ।
यस्तै प्रकारले हाम्रो देशमा पनि टीकाको प्रचलन आएको हो भनी अनुमान गरिन्छ । यही प्रथा पछि गएर विभिन्न रुपमा देखापर्‍यो । यसका साथै पछि विवाहको पवित्र अवसरमा पतिले आफ्नो हातले पत्नीको निधारमा सिन्दुरको टीका लगाउने र सिउँदो भर्ने प्रचलन आयो ।
प्राचीनकालमा प्रायःजसो गोल टीकाको प्रचलन भएको पाइन्छ । तर, अहिले आधुनिक युगमा विभिन्न र· र आकारका टीकाहरू नारीहरूले प्रयोग गर्ने देखिन्छ । यसरी अहिले टीकाको प्रयोग सौभाग्यको साथै सुन्दरतालाई बढाउनुमा पनि भइरहेछ । अहिले त टीका फेसनको साधन पनि भएको छ र अविवाहित केटीहरू पनि यसको प्रयोग गर्दछन् । टीकाको प्रयोग निधार र आफ्नो छालाको र· अनुसार गरिएमा त्यसले नारीको सुन्दरतामा थप आकर्षा पैदा गर्छ । परेलाको मध्यभागबाट केही मात्र माथि बीचमा टीका लगाउने उचित स्थान हो । यसका अतिरिक्त टीकाको प्रयोगकर्ताले आफ्नो मुखाकृति र पोशाकहरूलाई ध्यान दिएर यसको प्रयोग गर्नाले महिलाहरूको सौर्न्दर्यमा अझ निखार आउनसक्छ । कालो वर्ण भएकी महिलाले रातो, हरियो र गुलाबी र·को गोरो वर्ण महिलाले गाढा रातो, गहुँगोरो महिलाले प्याजी रंगको टीका प्रयोग गर्नाले मुहारमा चमक आउने गर्दछ । यसका साथै निधार चौडा र लामो आकार हुनेलाई ठूलो टीका सुहाउँदो हुन्छ, ठूला आँखा भएका नारीलाई सानो टीका सुहाउँदैन, गोलाकार मुखाकृति भएकी महिलाले लामो टीका लगाउनुपर्दछ ।
साथै अण्डाकार मुखाकृति भएकी महिलाले दुईवटा सानो सानो टीकाको माथि अर्को टीका लगाउनाले सौर्न्दर्य बढ्छ । सानो मुखाकृति भएकी महिलाले तिलको आकारको लामो टीका लगाउनाले राम्रो देखिन्छ । धेरैजसो रंगको टीका प्रचलन हाम्रो समाजमा देखिन्छ तर अचेल फेसनअनुसार लुगासँग मिल्ने टीकाको चयनले पनि सौर्न्दर्यमा निखार ल्याउँछ । प्रायः जसो साडीको र·अनुसार नै टीकाको प्रयोग गरिन्छ । हल्का र·को वस्त्र लगाएमा गाढा र·को टीका प्रयोग गर्नुपर्दछ । यस्तै मौसमअनुसार यसको प्रयोगले अझ बढी सौर्न्दर्य झल्काउनसक्छ । गर्मी तथा दिनको समयमा गाढा रंगको टीका लगाउनु राम्रो हुन्छ ।
रातो रंगको टीकाले विवाहित स्त्रीलाई अझ सुन्दर बनाउँछ । हिन्दू धर्मअनुसार विधवाहरूले चन्दनको टीकाको प्रयोग गर्छन् । कुनै पनि शुभकार्य सुरु गर्नुभन्दा पहिले विवाहित स्त्रीहरूले रातो टीका लगाउने गर्छन् । समय-समयमा कविहरूले पनि नारीको सौर्न्दर्यको साथै निधारमा लगाएको टीकाको वर्णन गरिएको हामी साहित्यमा पढ्दछौं ।
यहाँ स्व. म. वि. वि. शाहको गीतको उद्गार उल्लेख गर्नु सान्दर्भिक होला- 'निधारको त्यो रातो टीका, छाप बस्यो यो मेरो दिलैमा’ यसरी टीकाले नारी सौर्न्दर्यलाई अझ प्रवल बनाउँछ । यसलाई नारीहरू आफ्नो सौभाग्यको प्रतीक मान्दछन् ।
युवामञ्चको असोज महिना २०६४ मा प्रकाशित

No comments:

Post a Comment