शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, July 30, 2011

संसारको पहिलो नोट नै सबैभन्दा ठूलो नोट थियो

चीनको पुरानो र संसारकै ठूलो नोट
-त्रिचन्द्र प्रतीक्षा
आज संसारको हरेक देशमा सिक्का र नोटहरूको प्रयोग हुन्छ । मुद्राको जन्मकथा शताव्दीऔं पुरानो छ । प्रारम्भिक सभ्यताको दौरान सिक्का र नोट प्रचलन थिएन । त्यसबेला मानिस बस्तुहरूको साटफेर (वार्टर प्रणाली) बाटनै गुजारा गर्दथे । ढुंगाहरूबाट निर्मित हतियार र औजारहरूका अतिरिक्त रोम, र्सटा र कार्पेजका मानिस सिक्काको साटो छालाका स-साना टुक्रा काममा ल्याउँदथे । युनानमा सम्पूर्ण लेनदेन गाई र बाख्राबाट हुने गर्दथे । प्राचीन चीन र तिव्बतका निवासी चियाको पातलाई असाधारण दबावद्वारा इंटको आकृतिमा ढाल्दथे । त्यहाँ चियाको पात लगभग एक सय वर्षम्म मुद्राको रूपमा प्रयोगमा रहिरहे ।
त्रिचन्द्र प्रतीक्षा
आवश्यक परेपछि यो ईंटाको सामग्री चिया बनाउनमा र इन्धनको रूपमा पनि प्रयोगमा ल्याइयो बिस्तार-बिस्तारै व्यापार र आयात निर्यातको बृद्धिको अनुसार सिक्काको जरूरत गरे । केही इतिहासकारहरूको भनाई छ कि इशा भन्दा लगभग ३ हजार वर्षपूर्व, बेबीलोनको धर्मस्थलहरूमा सुनको छड सिक्काको रूपमा प्रयोग गरिन्थ्यो ।
त्यस्तै सिक्काहरूको प्रमाणित चलन इशापूर्व सातौं शताव्दीको समयमा आयो । एशिया महाद्वीपको तत्कालिन 'लेडिपा' राज्य (अहिले टर्की) मा र्सवप्रथम सिक्काहरूको अस्तित्वको प्रमाण भेट्टाइएको छ । पचहत्तर प्रतिशत सुन र पच्चीस प्रतिशत चाँदीको मिश्रणबाट निर्मित यो सिक्का ईशा पूर्व ६८५-६५२ मा, सम्राट गीजको शासनकालको दिनमा जारी गरेको थियो । यस सिक्काहरूमा केवल एकातर्फमात्र चित्र कुँदिएको देखियो । आजकलका सिक्काहरूको जस्तै दुवैतर्फ चित्रयुक्त सिक्काहरूको आविष्कार पहिलोपल्ट ग्रीकमा भएको इतिहासकारविद्हरूको भनाई छ । ग्रीकका सम्राट अलेक्जेण्डरको मृत्यु सन् ३२३ (ईशापूर्व) मा भएको थियो । सम्राटको पुण्यस्मृतिमा उनको चित्र सहित यस सिक्कालाई ढालिएको थियो ।
सिक्काहरूको प्रयोगबाट आमव्यक्तिको केही समस्या त सरल भयो, तर धेरै लेनदेनको लागि सिक्काहरूको प्रयोग असुविधाजनक हुन थाल्यो किनभने यि धातुका सिक्काहरू धेरै गह्रुगो भारी हुन्थ्यो । गह्रुगो भारीको समस्यालाई हल गर्नका लागि नोटको प्रचलन शुरू भयो । कागजको यो नोट सबैभन्दा पहिले चीनका व्यक्तिहरूको दिमागमा आयो । कागजी मुद्राको चलन लगभग ईशा भन्दा ११९ वर्षपहिले कागजको नोटको शुरूवात चीनमा भएको थियो । त्यसबेला कागजमा विशेष काठको ब्लक बनाएर छाप्ने गरिन्थ्यो ।
नोटको स्वरूपमा, कागजी मुद्राको चलन सातौं शताव्दीमा चीनमा नै भयो । भनिन्छ कि चीनमा सबैभन्दा पहिले सन् ९१० मा नोट मेशिनमै छापियो । तर त्यो लोकप्रिय हुन सकेन । पुनः नोटलाई सन् ९७० मा विकसित स्तरमा शुरू गरे । चीनी नोटलाई प्रयोगमा ल्याउने उद्देश्यले चाँदी-सुनको सिक्काहरूको चलनमा रोक लगाईदियो ।
बैंक नोटहरूको मुद्रण चीनमा मिंग शासक वंशको समय, सन् १३६८ देखि १३९९ को मध्यतिर गरे । यस ऐतिहासिक नोटमा १०० नगदको १० पाइको चित्रित थियो । यस हिसावबाट नोटको मूल्य एक हजार पाइ भयो । नोटको चौर्डाई २२.८ से.मी. र लम्वाई ३३ से.मी. थियो । यस प्रकार यो नौ संसारको पहिलो प्रमाणित र सबैभन्दा ठूलो नोट हो । लण्डनमा ७ अक्टुवर १९८३ मा यस्तो ३ नोटहरूको लिलाम गरेको थियो र एउटा नोटको मूल्य एक हजार अमेरिकी डलर आंकेको थियो ।
'गिनिज बुक अफ वर्ल्ड रेकर्ड' को भनाई छ कि जुलाई १६६१ मा बैंक नोटहरूको पहिलो प्रचलनका श्रेय स्वीडेनको स्टक होम्स् बैंकलाई जान्छ ।
१८ औं शताव्दीको मध्यमा अमेरिकाले पनि नोटहरू छाप्न शुरू गरेको थियो । बैंक अफ् इंगल्याण्डको पहिलो नोटको प्रकाशन १९ डिसेम्बर १६९९ मा भएको थियो । तर ब्रिटेनको प्राचीन शिलालेखबाट थाहा हुन्छ कि सन् १८५३ मा ब्रिटिश डाँक टिकटहरू छाप्ने प्रेसका मालिक थोमस रूले सरकारको वित्तिय विभागलाई सिक्काहरूलाई कागजी मुद्रामा परिवर्तित गर्ने सुझाव दिएका थिए । सन् १८६४ मा ब्रिटिश सरकारले थोमसको सुझावमा मध्यनजर गरेर, प्रयोगको रूपमा सानो रकमहरूको नोट प्रकाशित गरे । नोट, सिक्काहरूको अपेक्षा ओसार पसार गर्न, राख्नमा अत्यन्त सुविधाजनक सिद्ध भए । हेर्दा हेर्दै संसारको सबै देशहरूमा नोटको प्रचलन फैलिंदै गयो ।
हाम्रो देशमा कागजी मुद्राको आरम्भ राजा श्री ५ त्रिभुवनले गरे । वि. सं. २००२ साल असोज १ गतेदेखि मात्र नोट निष्काशन हुन थालेको हो । त्यतिबेला रू. १, २, १० र १०० दरका नोटहरू निष्काशित भएको थियो । त्यतिबेला नोटमा रू. को साटोमा मोरू. लेख्ने गरिन्थ्यो । त्यसबेलाको सबैभन्दा ठूलो रकम रू. एक सयको थियो भने हाल नेपालमा रू. १००० (एक हजार) को नोट सबैभन्दा धेरै रकमको हो । कागजी मुद्रालाई बजारमा ल्याउने यानिकी जारी गर्ने नेपालको एक मात्र 'नेपाल राष्ट्र बैंक' लाई मात्र अधिकार प्रदान गरेको छ ।
हामीले अमेरिकाको डलर एक सय भन्दा बढीको देखेको छैन, तर त्यहाँ दश हजार डलरको नोट छ भन्दा आर्श्चर्य मान्नु होला । अमेरिकी फ्रोडरल बैंकद्वारा जारी गरेको दश हजारको एउटा नोट, विभिन्न देशहरूमा प्रचलित नोटहरूको दाँजोमा सबैभन्दा धेरै रकमको विश्व किर्तिमान स्थापित गर्दछ । यस नोटको अगाडिको भागमा 'सोलमन पोर्टल्याण्ड चैंज' (१८०८-७३) को चित्र छापिएको छ ।
सन् १९४४ जुलाई देखि अमेरिकी वित्तिय विभागले भविष्यमा, यस नोटको प्रकाशनमा रोक लगाएको छ । सन् १९६९ मा एक सय डलर माथिको नोट नछाप्ने निर्णर्य गरे । यसको बावजुद पनि आजसम्म पनि १० हजार डलरको चार सय थान नोट अमेरिकामा चलिरहेको कुरा अमेरिकी फ्रेडरल बैंकले जानकारी दिएको छ। उता युगोस्लाभियाले आफ्नो देशको आर्थिक स्थिति नाजुक हुँदै गएपछि सन् १९९३ मा नारोखना बैंक अफ युगोस्लाभिया बेलग्रेडले एउटा यस्तो नोट जारी गरे कि जुन नोटको मूल्य ५ खर्ब रहेको छ । यस्तै १ अर्बको नोट पनि जारी गरेका छन् । सन् १९९३ को 'न्यू वीक' पत्रिकाले लेखे अनुसार १ अर्ब युगोस्लाभिया डिनार बराबर १ किलो कफी किन्न सकिन्छ । यो डिनार धेरै मंहगो नभएपनि हालसम्म अंकको हिसाबले विश्वको सबैभन्दा ठूलो मूल्यको नोट युगोस्लाभिया डिनार ५ खर्बको मानिन्छ ।

रमाइलो कुरा यो छ कि सत्रौ शताव्दीसम्म अमेरिकामा अलग अलग बैंकले भिन्नाभिन्नै नोट जारी गर्दथे । यस्तो अमेरिकामा १८-१९ औं शताव्दीसम्म चलिरह्यो । सन् १८६१ मा अमेरिकामा मात्र १६ सय बैंकहरूको १० हजार भन्दा बढी किसिमको नोटहरू चलन चल्तीमा थियो । परिणाम स्वरूप एकै देशमा किसिम किसिमका सयौं नोट चल्नाले अनेकौं समस्याहरू आउन थाले ।  अन्ततः नोटहरूको प्रसारको व्यवस्था प्रत्येक देशको एकमात्र रिजर्व वा सेन्ट्रल बैंकको निगरानीमा नोटहरू जारी गर्ने निर्णय भयो ।

युवामञ्च, बैशाख, २०६४ मा प्रकाशित
-श्रोतः कादम्बीनी, न्यूज वीक, गिनिज बुक अफ वर्ल्ड र अन्य पत्रपत्रिकाहरू)

No comments:

Post a Comment