शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, November 7, 2010

छिटो बिर्सने पीडा

 
-त्रिचन्द्र 'प्रतीक्षा'
ललितपुर, सैंबुका २४ वर्षिया अस्मिना गुरुङ बिबिएसका विद्यार्थी हुन्, उनको छिटो बिर्सने बानीले गर्दा ३ वर्षे क्याम्पसको कोर्स ५ वर्षमा पनि पूरा गर्न नसकेको गुनासो छ, पढेको कुरा दिमागमा पटक्कै घुस्दैन, घुसेपछि १।२ घण्टामा सबै बिर्सन्छ । त्यसैले उपचारको लागि नर्भिक अस्पतालमा विगत १ महिना अघिदेखि उपचारको लागि धाइरहेकी छिन् । यस्तै समस्या काठमाडौँको स्वयम्भूमा बस्ने निरज शाक्यको पनि छ, उसलाई पनि पढेर जाँच दिन परीक्षा कोठासम्म पुग्दा पढेर गएको प्रायः सबै कुरा दिमागमा आउँदैन । जसले गर्दा १० जोड २ को जाँच बिगे्रको थियो । आजभोलि धेरैजसो विद्यार्थीहरूबाट यही गुनासो गर्ने गरिन्छ कि पढेको दिमागमै घुस्दैन । कतिलेहिजो भेटेको नयाँ साथीको नाम, फोन नं. बिर्सेको, परीक्षा कोठामा पुग्दा हिजो पढेको प्रश्नको उत्तर सबै भुलेको आदि । यस्तो बिर्सने बानीलाई मनोविज्ञानमा एकप्रकारको रोग मानिन्छ जसलाई 'एमेनिसिया' भनिन्छ ।
बुढापाकामा यस्तो हुनु कुनै ठूलो कुरा मानिदैन तर युवावस्थामा बिर्सने बानी भएमा समयमै सम्बन्धित चिकित्सककोमा गएर सल्लाह र उपचार गर्नु राम्रो हुन्छ । अन्यथा यसले पछि विकराल समस्या ल्याउन सक्छ ।
साधारणतया कुनै पनि कुरा पढ्नासाथ, सुन्नासाथ अनि हेर्नासाथ लामो समयसम्म सम्झीन सकिँदैन तर कुनै निश्चित समयसम्म सम्झने शक्ति हुन्छ । त्यसको कारण के भने दिनदिनै सुन्दै हेर्दै आइरहेका कुराहरू हाम्रो मस्तिष्कमा 'रेकर्ड' हुन्छ । अनि जति जति पुरानो हुँदै जान्छ उतिउति बिर्सदैँ जान्छ । किनभने त्यो कुरालाई मस्तिष्कमा भएको कोषहरूले सञ्चय गरी राख्दैन । अनिपुरानो सँगसँगै त्यो सम्झना वा कुनै पनि कुरा मेटेर जान्छ । कसैलाई दुर्घटना वा कुनै दुःखका घटनाको समाचार एक्कासी सुन्नुपर्‍यो भने मस्तिष्कलाई नराम्रोसँग चोट लाग्ने हुँदा पहिला भएको कुनै पनि कुराहरू वा घटनाहरू सबै बिर्सने सम्भावना बढी हुन्छ ।
एमेनिसिया विभिन्न कारणले हुनसक्छ । जस्तै कि टाउको भित्र घाउ, मस्तिष्क आघात, मस्तिष्क चिरफार आदि ।
जहिले भित्री घाउ वा मस्तिष्क आघात आदि हुन्छ, त्यसबेला मस्तिष्कमा 'रेकर्ड' को रूपमा भइरहेको संरचना सबै बिग्रन्छ अनि पुरानो कुरा सबै एकैपल्ट मेटेर जान्छ र पुरानो कुरा अथवा यो दुर्घटना हुनु अगाडिका सम्पूर्ण कुरा बिर्सन्छौँ । यस्तो मानिसहरूले आˆनो हितैषी मित्रहरू, आफन्तहरू र आˆनो नामसमेत पनि बिर्सने सम्भावना हुन्छ । त्यसको साथसाथै एमेनिसिया रोग धेरै मानसिक थकावट, औषधिको नराम्रो असर, धेरै रक्सी, जाँड पिउने कारणले पनि हुनसक्छ । यसले स्मरणशक्तिलाई पूरा रूपले बिगार्नसक्छ ।
हामीले कुनै पनि कुरा कसरी सम्झिइन्छ भन्ने कुरामा दुई वटा मुल सिद्धान्त छ । पहिलो सिद्धान्त अनुसार हामीले देखेको र सुनेको अनुभव भएको कुरा हाम्रो मस्तिष्कमा जम्मा भइरहन्छ । कुनै बेला कुनै पनि वस्तु देखिन्छ वा अनुभव गरिन्छ, त्यसैबेला मस्तिष्कमा नर्भ इम्पल्सहरू उत्पन्न हुन्छ । अनि त्यो उत्पन्न भएको हरूले उक्त जानकारीलाई मस्तिष्कमा रेकर्डको रूपमा सञ्चय गरी राखिदिन्छ । अनि हामीले सम्झी रहन्छौँ ।
अर्को सिद्धान्त अनुसार कुनै पनि अनुभव वा कुराले गर्दा हाम्रो मस्तिष्कमा स्थायी रूपमा संरचनामा नै परिवर्तन आउँछ । अनि त्यो सम्झनाको रूपमा बसिरहन्छ । स्मरणशक्ति जम्मा तीनप्रकारका हुन्छन् । 

१ संवेदनात्मक सूचना भण्डार ः यसमा केहीस मयको लागि मात्र कुनै जानकारी सम्झी रहनसक्छ । वा यो अस्थायी हुन्छ । यसले जानकारी ३।१० सेकेण्डसम्म मात्र सम्झन सक्छ । त्यो पनि ६ देखि ७ वटा अक्षरसम्म सम्झन सक्छ । जस्तो कि टेलिफोनको नम्बर आदि ।
२. छोटो अवधि सम्झनाः- यसमा कुनै कुरालाई केही सेकेण्डसम्म मात्र सम्झन सक्छ । त्यो पनि ६ देखि ७ वटा अक्षरसम्म सम्झन सक्छ । जस्तो कि टेलिफोनको नम्बर आदि ।
३ लामो समयसम्म स्मरण ः यसमा धेरै समयसम्म सम्झिरहने क्षमता हुन्छ । यसमा धेरै वर्ष अगाडि भएको कुरालाई पनिसंचय गरी राख्दछ । कि कुने पनि विशेष खुशीको दिन वा घटना अचम्मको घटना आदि धेरै वर्षसम्म हाम्रो मस्तिष्कमा संचय भइरहन्छ । लामो समयसम्मको स्मरण हाम्रो मस्तिष्कको कोषलाई स्थायी रूपले संचय गर्छ ।
तर कुनै पनि मानिसलाई एमेनिसिया रोग भयो भने त्यसले कुनै पनि कुरा एमेनिसिया हुनुभन्दा अगाडि सम्झन सक्दैन । अनि उनलाई अहिले भर्खरै वा केहीसमय अघि भएको कुरा सम्झना हुँदैन । यसरी महिना, दुई महिना अनि वर्षदिनसम्म पनि हुनसक्छ । कति एमेनिसिया भएकाले जीनभर पनि स्मरणशक्ति गुमाउने सम्भावना छ । त्यसैले कसैलाई टाउकोभित्र घाउ, मस्तिष्क आघात भयो भने चाँडै नै चिकित्सिक, मनोचिकित्सकलाई देखाउनुपर्दछ । तर साधारणतया बुढाबुढी भयो भने स्मरण शक्ति क्षीण हुँदैजान्छ । यस्तै नै अन्य रोगहरूमा ग्याष्ट्रिक, रक्तचाप, दम भयो भने पनि स्मरणशक्ति गुम्ने सम्भावना हुन्छ ।
(२०६६ साउन १० गते शनिवारको गोरखापत्रमा प्रकाशित)

No comments:

Post a Comment