परिवर्तन र सत्कर्मको खाँचो
परिवर्तन बिस्तारै हुने एक प्रक्रिया पनि हो । जसले हरेकलाई नजानिँदो किसिमले छोइरहेको हुन्छ । त्यसबारे हामीलाई पत्तै हुन्न । कुनै मोडमा देखिने परिणामले एक्कासी होश खुल्न पुग्दछ । जसले आफ्नो अस्तित्वका लागि सङ्घर्ष गर्ने चेतना भरिदिन्छ । त्यसैमा टेकेर अघि बढ्न सके ठूलो बल मिले जस्तो हुन्छ ।
हरेक ठाउँमा आज विसङ्गतिले जरा गाडेको छ । त्यो जरा नउखेलेसम्म फक्रिने अवसर पाउँदैन । जबसम्म यी र यस्ता तत्वहरु रहिरहन्छन् । कसैले पनि अघि बढ्न सक्दैन । अतः बेलैमा जिम्मेवार भएर सोचेमा सही बाटो पहिल्याउन सकिन्छ । धेरैको विश्वास अब उडिसकेकोले को प्रति भरोसा गर्ने भन्ने प्रश्न यतिबेला उठ्ने गरेको छ ।
यस्तो परिस्थिति कतिञ्जेलसम्म रहन्छ होला ? यसका लागि आमूल परिवर्तनको खाँचो छ । एक जुगमा एक दिन एकचोटी आउँछ कवि गोपालप्रसाद रिमालको यो रचना अझै पनि सान्दर्भिक छ । यो परिवर्तनले सबैलाई छुन सकेको छैन । तसर्थ त्यो अनुभूति सबैले पाए मात्र त्यसको औचित्य रहिरहनेछ ।
अन्त्यमा, मोतीराम भट्टले नै हो, आदिकवि भानुभक्त आचार्यलाई चिनाएको । यी दुवै सर्जक आज नेपाली साहित्याकाशमा अमर भएका छन् । एक हिसाबले यो सत्कर्म निश्चय पनि सराहनीय एवं वन्दनीय मानिन्छ । यस्तो कार्यले सबैलाई दिशानिर्देशित गरिरहेको हुन्छ । कविता संसार सो सत्कर्मको स्वागत गर्न सदैव एक कदम अगाडि छ ।
अङ्क १३ पढ्न र डाउनलोड गर्नका लागि
No comments:
Post a Comment