शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, April 19, 2019

जेट एयरवेज बन्द हुँदा धरधर्ती रोए कर्मचारी, हेुर्नस् मनै छुने तस्बिरहरु

भारतीय विमान कम्पनी जेट एयरवेज लामो समयदेखि आर्थिक संकटमा परेपछि कम्पनीले आफ्ना सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु रद्ध गरिसकेको छ । हाल यो एयरवेज बन्द भएको अवस्थामा छ । कम्पनी बन्द भएपछि त्यहाँ कार्यरत २२ हजार कर्मचारीहरु बेरोजगार बनेका छन् । भारतकै चर्चित एयरवेज आर्थिक संकटमा परेर बन्द भइराख्दा सरकारले कुनै पनि साथ र सहयोग नगरेको भन्दै आलोचना पनि भइरहेका छ । यता एयरवेजका कर्मचारीहरुले जेट एयरवेज र आफूहरुको भविष्य सुरक्षित गर्न आन्दोलन पनि गरिरहेका छन् । यसबीचमा एयर इन्डियाले जेट एयरवेजलाई साथ दिन अगाडी आएको छ ।

एयर इन्डियाले जेट एयरवेजका पाँच ठूला विमानलाई भाडामा दिन प्रस्ताव गरेको छ । सरकारी स्वामित्वमा रहेको एयर इन्डियाले यो प्रस्ताव जेटले आफ्ना सबै उडानहरु रद्ध गर्दा गरेको थियो । उसले जेट एयरवेजसँग लण्डन, दुबई र सिंगापुर जाने बोइंग ७७७ विमानलाई भाडामा लिन चाहेको बताएको छ । त्यतिमात्र होइन उसले जेट एयरवेजका १५० क्रु सदस्यलाई पनि अन्तर्राष्ट्रिय उडानका लागि राख्ने प्रस्ताव गरेको छ । यसबीचमा आन्दोलनरत कर्मचारीहरुले आफूले काम गरेको संस्थाको माया कति हुन्छ भनेर जेट एयरवेज कम्पनीका कर्मचारीहरुले देखाएका छन् ।

कम्पनी बन्द हुँदा जेटका अधिकांश कर्मचारीहरु धरधर्ती रोए । जुन तस्बिरहरु यतिबेला सामाजिक सञ्जालमा पनि निकै भाईरल बनिरहेका छन् । ती कर्मचारीहरुले आफूहरुले नपाएको पारिश्रमिक मागेका मात्र छैनन् जेट एयरवेजलाई पनि बचाउन माग गर्दै आन्दोलन गरिरहेका छन् । उनीहरुले आफ्नो कम्पनीप्रति देखाएको मायाको यतिबेला चौतर्फी प्रशंसा भइरहेको छ । यता जेट एयरवेजले भने आफूहरुले आर्थिक व्यवस्थापनका लागि काम गरिरहेको र चाँडै नै सेवामा फर्कने बताएको छ ।








साभारः कालिका एफएम

No comments:

Post a Comment