शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, June 25, 2017

प्रचण्ड पुत्र प्रकाश दाहालको जवाफ दार्जिलिङगे नेपालीहरुलाई


केहि दिन अघि भारतको दार्जिलिङ्गे नेपालीहरु र नेताहरुबाट नेपालीहरुको स्वाभिमानमा आँच पुग्ने गरी आएको अभिव्यक्तिलाई लिएर जसरी सामाजिक सन्जालमा भइरहेको भाइरल भिडियो क्लिपको बारेमा नेपालमा पूर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र प्रकाश दाहालले फेसबुकको मार्फत असन्तुष्टि व्यक्त गर्नुका साथ अाफ्नो स्टाट्समा लेखेको छ ः

गोर्खा कसरी रहन गयो हामीलाई राम्रोसंग थाहा छ । त्यसकारण हाम्रो प्रिय जिल्ला गोर्खाको दुरुपयोग नगर । नेपाल र नेपालीलाई गाली नगर तिमीहरुको पूर्खा कहांबाट गएको त्यो दार्जलिंग टिष्टा कांगडा देहरादुन पहिला कहां थियो त्यो पनि हामीलाई राम्रोसंग थाहा छ । यो भारतको आन्तरिक मामला हो । हाम्रो देश हामी नेपालीलाई गाली गर्ने तिमीहरुको कुनै हैशियत र औकात छैन । बस हामीलाई तिमी हाम्रो पूर्खा हो दार्जलिंग नेपालमा हूंदा तिमीहरु त्यहां छुटेका हाम्रो वंशज हौ भनेर माया गरेको मात्र हो । अहिले दार्जलिंग भारतमा पर्छ भनेर आफ्नो पूर्खा र वंशजलाई गाली गर्ने तिम्रो कुनै अधिकारपनि छैन र औचित्य पनि छैन । हामी नेपाली धेरै महान छौं यो कुरा तिमी गोर्खा भनेर सम्मान गर्नेलाई के थाहा । गर्व यति गर गोर्खा नेपालको गोर्खा जिल्लाबाट गोर्खा गोर्खा भनेर तिमीहरु उफ्रन पाएका छौं ।

प्रकाश दाहालको फेसबुकमा जान तलको निलो रंगको  F मा क्लिक गर्नुहोस् 
वा यस लिंकबाट प्रकाश दाहाल
जानुहोस् 


No comments:

Post a Comment