शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, February 21, 2017

अन्तिम अवस्थामा यस्तो हालत थियो यी नायिकाको, थाहा पाउनुहोस् कसरी लाग्यो एड्स

निशा नुर । यो नाम सुन्दा तपाईंलाई अहिले अपरिचित लागेपनि उनी ८० को दशकमा साउथ इन्डियन फिल्म उद्योगमा निकै चर्चित थिइन् । निशाको चर्चा यस्तो चुलिएको थियो कि राजनीकान्त र कमल हसनजस्ता ठूदा स्टार्स पनि उनीसँग काम गर्न चाहन्थे । केही फिल्ममा निशा यी स्टार्ससँग पनि देखिएकी छिन् । यद्यपी, यति धेरै चर्चित भएपछि पनि उनले जुन उचार्ईं हाँसिल गर्नुपर्दथ्यो त्यो भने पाइनन् ।
निशालाई एक निर्माताले धोका दिएर देह व्यापारमा धकेलेको बताइन्छ । त्यसपछि साउथ इन्डिया फिल्म उद्योगका सबैजना उनीबाट टाढा भइदिए । जब कुनै आशा देखिनन् तब निशाले सधैंको लागि फिल्मी क्षेत्र छोडिदिइन् । तर त्यसपछि उनको स्थिती अझै खराब भयो । फिल्मी उद्योगबाट उनलाई कसैले हेर्नसमेत आएनन् ।
जिन्दगी र मृत्युको संघर्षमा सडकमा भेटिइन् निशाः


बिस्तारै निशाको आर्थिक स्थिती बिग्रियो । स्रोतका अनुसार उनका अन्तिम दिनमा स्थिती यतिधेरै बिग्रिसकेको थियो कि उनलाई सडकमा पाइयो । त्यतिबेला उनी आफ्नो जीवनको अन्तिम सास गनिरहेकी थिइन् । वरिपरिका मानिसहरुले उनलाई अस्पताल पुर्याउँदा उनलाई एड्स भएको थाहा भयो । सन् २००७ मा निशाले जीवनको युद्धसँग हारिन् । एक वेबसाइटका अनुसार जब निशालाई भारतस्थित नागोरको दरगाह नजिकै भेटियो तब उनको शरिरलाई किरा र कमिलाले छोपेको थियो तर उनलाई हेरबिचार गर्ने त्यहाँ कोही पनि थिएन ।
निशाका केही चर्चित फिल्महरुः

कल्याण अगथिगल (सन् १९८६), अय्यर द ग्रेट (सन् १९९०), टिक टिक टिक (सन् १९९०), मिमिक एक्सन ५०० र इनिमई इधो ।
साभारः रातोपाटी

No comments:

Post a Comment