शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, January 28, 2017

गिनिजबुकमा १४ वटा रेकर्ड राख्ने २७ वर्षीय नेपाली युवा थानेश्वर (भिडियो सहित)


गिनिजबुकमा १४ वटा रेकर्ड राख्ने २७ वर्षीय नेपाली युवा थानेश्वर गुरागाईका रेकर्डहरु यस्ता छन्
माघ १५ । सुनसरी खनारका २६ वर्षीय थानेश्वर गुरागाईले १४ विधामा विश्व कीर्तिमान कायम गरेका छन् । उनका सबै कीर्तिमान खेलकुदसँग सम्बन्धित छन् ।
१. एक मिनेतमा सबैभन्दा धेरै ४४४ पटक बास्केटबल बाउन्स गराउने ।
२. टेनिस र्‍याकेटको जाली झिकेको प्वालबाट एक मिनेटमा ३८ पटक जिउ छिराउने ।
३. टेनिस र्‍याकेटको प्वालबाट ती मिनेटमा ९६ पटक जिउ छिराउने ।
४. टेसिन र्‍याकेटको प्वालबाट ३० सेकेण्डमा २२ पटक जिउ छिराउने ।
५. टेनिस र्‍याकेटबाट ४.९१ सेकेन्डमा तीन पटक छिरेर निस्किने ।
६. एउटा हातले अर्को हातलाई बास्केटबल पास गरी ३० सेकेन्डमा ५६ पटक वृत्त बनाउने ।
७. बास्केटबललाई खुट्टाको बुढी औलामा २० सेकेन्डसम्म घुमाउने ।
८. बास्केटबललाई टाउकोमा राखेर २३ सेकेन्डसम्म घुमाउने ।
९. बास्केटबललाई मुखमा राखेको टुथब्रसमा ४० सकेन्डसम्म घुमाउने ।
१०. एउटा बास्केटबल मुखमा राखेको टुथब्रसमा र सँगै दुईवटा बास्केटबल दुईवटा बास्केटबल सँगै १२ सेकेन्डसम्म घुमाउने ।
११. बास्केटबललाई कुहिनोमा ६ दशमलव ६२ सेकेन्डसम्म घुमाउने ।
१२. बास्केटबललाई सात सेकेन्डसम्म नाकमा घुमाउने ।
१३.गिनिज बुकलाई नै औलामा आधा घण्टासम्म घुमाउने ।
१४ . दुईवटा बास्केटबल दुईवटा हातमा र एउटा खुट्टाको बुढी औलामा १० सेकेन्डसम्म घुमाउने ।


भिडियो हेर्नुहोस्


No comments:

Post a Comment