शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, January 23, 2017

एटिएमबाट अर्काको पैसा चोरेर क्यासिनोमा मस्ती, यसरी ठगिन्छन् सोझा ग्राहक

काठमाडौं– भारतको नयाँ दिल्ली स्थायी घर भएका निरन्जन मेहता र चण्डीगढका ईक्तेदार खान गएको डिसेम्बर १ मा काठमाडौं आए । मेहता जहाँजबाट त्रिभुवन विमानस्थल ओर्लिए, खान सडकमार्ग हुँदै काठमाडौं आईपुगे ।
रित्तोहात नेपाल आएका यि दुई भारतियले काठमाडौंमा नयाँ धन्दा शुरु गरे, ‘एटिएमबाट पैसा चोरी ।’ दिनभर अनेक आईडिया लगाएर अर्काको एटिएमबाट पैसा झिक्ने साँझ परेपछी डिस्को, डान्स र क्यासिनोमा छिरेर मस्ति गर्ने !
करिब डेढ महिनाको अवधिमा कमलादी, माछापोखरी, भोटाहिटी, महाराजगञ्ज, अनामनगर लगायतका एटिएम बुथहरुबाट उनिहरुले ६ लाखभन्दा बढी पैसा निकालेको हालसम्मको अनुसन्धानबाट खुलेको प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।
मेहता र खान ठमेलको ‘इको २०००’ नामक होटलमा बस्थे, विहानै बाट एटिएम मेशिन चहार्न हिँड्थे । ईक्तेदार खान एटिएम बुथ बाहिर निगरानी गर्थे, निरन्जन आफ्नो कार्ड हातमा लिएर रकम निकाल्ने बहानामा बुथ भित्र पसेर ‘मेरो पैसा निस्केन, तपाईको निस्कीयो कि निस्केन ?’ भनेर हिन्दीमा सोध्ने गर्थे । त्यतिमात्र कहाँ हो र ? सिआईबीका अनुसार ग्राहकलाई एटिएमबाट ‘रकम निकाल्न सिकाई दिनुहोस्’ भनेर अनुरोध गर्थे ।
सोझा ग्राहकले थोरै रकम निकालेर एटिएम प्रयोग गर्ने तरिका सिकाउँथे अनि बाहिरीन्थे । ग्राहक बाहिर निस्केपछी ‘डु यु निड मोर टाईम ?’ भन्ने अप्सन बटन दबाएर ‘ओके’ गरेर पैसा निकालेर हिँड्थे ।
एटिएम बुथमा इन्टरनेश स्लो भएको बेलामा रकम प्राप्त नभई ‘डु यु वान्ट टु कन्टिन्यु ?’ भन्ने अप्सन आएमा ‘यस’ दबाई अघि डायल गरेको रकम निकल्थे ।
‘उनिहरुले हालसम्म यसरी ६ लाख नगद निकालेको खुल्न आएको छ’ केन्द्रिय अनुसन्धान ब्युरोका प्रहरी नायव उपरिक्षक रेशम पराजुलीले भने, ‘गत पुस २८ गते दुवैलाई नियन्त्रणमा लिएर बैंकीङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम थप अनुसन्धान भईरहेको छ ।’
विभन्नि बैंकका एक दर्जन बढी एटिएम मेशिनबाट चोरी गरेको पैसा क्यासिनो र अन्य मोज मस्तिमा सिध्याउँदै आएका दुई भारतियलाई सिसीटिभी फुटेजको आधारमा प्रहरीले पहिचान गरेको थियो । एटिएम बुथहरुमा शंकास्पद गतिवीधी देखाएपछी उनिहरुलाई पिछा गर्दै प्रहरी ठमेलको इको–२००० होटलमा पुग्यो । ‘हामीले होटलबाट नियन्त्रणमा लिएका हौं’ डिएसपी पराजुलीले भने, ‘उनिहरुको साथबाट विभन्नि बैंकका एटिएम कार्ड, नगद तथा विभीन्न क्यासिनोमा प्रवेश गरेको टिकट बरामद गरेका छौं ।’
एटिएमबाट चोरी गरेको पैसाले सरसामानहरु खरिद गर्न तथा मनमौजी खर्च गर्न पाएकाले उनिहरुले एटिएमलाई ‘गड एण्ड काइन्ड फादर’ अर्थात दयालु भगवानको संज्ञा दिएका थिए । हालुम्म उनिहरुले राजधानीको २० स्थानका एटिएमबाट चोरी गरेको प्रहरीले जनाएको छ ।
एटिएम ठगीबाट कसरी बच्ने ? 
प्रहरीका अनुसार एटिएमबाट अर्केले पैसा निकालेर ठग्ने प्रवृत्ति बढ्दै गएकाले यसबाट बच्नका लागी निम्न उपाय अपनाउन सकिन्छ ।
–एटिएम बुथबाट रकम निकाल्दा वरपर कतै अस्वभाविक उपकरण वा जेन्युन पार्टस बाहेकका उपकरण जडान भए नभएको एकिन गरेर मात्र कार्ड इन्सर्ट गरी पिन इन्ट्री गर्ने ।
–तपाईले सहि पिन इन्ट्री गर्नुभएको छ, खातामा पर्याप्त ब्यालेन्स पनि छ तर पनि मेशिनबाट रकम निस्कँदैन भने तपाईले नक्कली कार्ड स्लटमा आफ्नो कार्ड प्रवेश गराएको हुनसक्छ । यस्तो भएमा तत्काल अर्को एटिएम बुथमा गएर पिन परिवर्तन गर्ने ।
–पिन इन्ट्री गर्ने क्रममा कोही कसैले देखे–नदेखेको यकिन गरेर मात्र कार्ड इन्सर्ट गरी पिन इन्ट्री गर्ने ।
–हातले छोपेर सुरक्षित तवरले पिन इन्ट्री गर्ने ।
–बैंकबाट एसएमएस अलर्ट सुविधा लिने ।
–आफ्नो एटिएम सकभर कसैलाई प्रयोग गर्न नदिने, कसैलाई पिन सेयर नगर्ने ।
–एटिएमबाट रकम निकाल्दा अन्य ब्यक्ति प्रेश गर्न नदिने ।
–एटिएमबाट रकम निक्लेपछी क्यान्सिल बटम दबाएर मात्र बाहिर निस्कने ।
साभारः रातोपाटी

No comments:

Post a Comment