शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, June 6, 2016

सिन्धुपाल्चोक आएका तपस्वी बम्जन फर्किए सर्लाही

किशोर बुढाथोकी
फोटो: सिन्धुपाल्चोक बस्दाका रामबहादुर बम्जन,  फाइल तस्वीर

किन आएका थिए सिन्धुपाल्चोक, के गरे ?
स्थानीय रतनपुरी माविमा कक्षा तीनसम्म औपचारिक अध्ययन गरेर लामा भाषा पढ्न भारत पुगेका बाराका रामबहादुर बम्जनले १४ वर्षको कलिलै उमेरदेखि तपस्या सुरु गरे । आफ्नै जन्मभूमि नजिकै बाराको हल्खोरिया जंगलबाट ‘बुद्धत्व प्राप्त गर्न’ भनेर झण्डै दश वर्ष अघिदेखि तपस्या सुरु गरेका तपस्वी बम्जन ३२ महिनाअघि सिन्धुपाल्चोकको उत्तरी क्षेत्र बाँडेगाउँ–५ स्थित टोड्केभिर आइपुगे । हेलिकोप्टर चार्टर गरेर उनी जिल्ला आएको खबर चारैतिर हल्लीखल्ली भयो  त्यतिबेला ।
विशेषगरी जिल्लामा बौद्ध धर्म मान्नेहरुको खोजीको पात्र बने। बम्जनको दर्शन गर्न बौद्ध धर्म मान्नेहरु मात्र नभई सारा गाउँवासी उल्टिए । तपस्याका लागि ‘शान्त भूमि’ खोज्दै सिन्धुपाल्चोक आएको खबर सर्वव्यापी भए पनि आखिर किन आए बाँडेगाउँमा बम्जन ? यो विषय त्यतिबेला खोजीको विषय बन्यो । त्यतिबेला एक दसकसम्म सिन्धुपाल्चोक बसेर आफूले पाएको ज्ञानलाई लिपिबद्ध गर्न भनेर बसेका उनी किन ३२ महिनामै फर्किए भन्ने आमको चासोको विषय बनेको छ । प्रस्तुत छ बम्जनले तपस्या सुरु गरेदेखि अहिले आएसम्मको रामकहानी र उनी सिन्धुपाल्चोकबाट सर्लाही जानुको कारण ।
२०६२ जेठ २ गते घरबाट एक्कासी हराएका रामबहादुर बम्जन घर नजिकैको हल्खोरिया जंगलमा तपस्यामा लीन भएको बेला भेटिएका थिए । मुलुकमा अशान्ति बढ्दै गएपछि रतनपुरीस्थित हल्खोरिया जंगलमा शान्ति खोज्न भनि निस्केका बम्जनको तपस्या १० वर्ष पुगिसकेको छ । बाराबाट सिन्धुली, सर्लाही, चितवन र फेरि सर्लाही हुँदै उनी सिन्धुपाल्चोकको बाँडेगाउँ आइपुगेका थिए । अहिले फ्रि उनी पहिला बसेको स्थान सर्लाहीको पत्थरकोट गएका छन् ।
बारामा ५ वर्षको तपस्याबाट आर्जन गरेको ज्ञानलाई उनले पुस्तककार रुपमासमेत निकालिसकेको छन् । उनका मैत्री प्रामी ध्यान नामक दुई पुस्तक प्रकाशित छ । बम्जनले तपस्या सुरु गरेदेखि २०६८ फागुनमा पहिलो पुस्तक प्रकाशन गरेका हुन् । सिन्धुपाल्चोकमा बसेयता उनी अर्काे पुस्तक निकाल्ने तयारीमा रहेको उनका सहयोगी राम खड्काले जानकारी दिए ।
आफूले आर्जन गरेको ज्ञानलाई भक्तजनसमक्ष ल्याउने गरेका बम्जन सिन्धुपाल्चोकमा शान्त भूमि खोज्दै आफूले आर्जन गरेको ज्ञानलाई लिपीबद्ध गर्न आएको उनका सहयोगी बताउँछन् । सिन्धुपाल्चोक बसेर संसारभर कतै प्रचलनमा नआएको मैत्री भाषामा बम्जनले आर्जन गरेको ज्ञानलाई लिपीबद्ध गर्नेछन् । उनका सहयोगी खड्काका अनुसार आफूले आर्जन गरेको ज्ञानलाई लिपीबद्ध गर्न बम्जनले शान्त क्षेत्रको माग गरेका थिए ।
सदरमुकामदेखि पाँच घण्टाको पैदल दुरीमा पर्ने बाँडेगाउँस्थित टोड्केभीरमा उनी आश्रम बनाएर बसेका सहयोगीसहित बसेका थिए । बम्जनका अर्का सहयोगी तेजु तामाङ र स्थानीय अशोककुमार तामाङको नाममा रहेको करिब ९६ रोपनी जग्गामा आश्रय लिइरहेका उनी एक्कासी सोमबार साँझ निस्किएपछि स्थानीयवासी छक्कै परेका थिए ।
सात वर्षसम्म तपस्याबाट हासिल गरेको ज्ञानलाई लिपीबद्ध गरेर संसारभर फैलाउने योजना अनुरुप तपस्वी बम्जन सर्लाहीबाट होलिकोप्टर चार्टर गरी सिन्धुपाल्चोक आइपुगेका थिए । सिन्धुपाल्चोक शान्तभूमि भएकाले आफूले आर्जन गरेको ज्ञानलाई लिपिबद्ध गर्न कुनै अवरोध नहुने भएपछि २५ जनाको सहयोगीसहित बम्जन यहाँ आएका बोधी धर्म संघ सिन्धुपाल्चोकका अध्यक्ष विद्युत तामाङले जानकारी दिए । यो संघ बम्जनलाई सहयोग गर्नका लागि गठन भएको हो ।
बम्जनका सहयोगीका अनुसार बम्जनले तपस्या गरेको मैत्रीमार्ग ज्ञान हो । झण्डै ८ वर्ष सिन्धुपाल्चोक बस्ने योजनाका साथ आएका उनी किन सर्लाही गए भन्नेबारे गाउँवासी अनविज्ञ छन् । बम्जन सिन्धुपाल्चोक आएपछि उनका सहयोगीहरुले सात वर्षसम्मको तपस्याबाट आर्जन गरेको ज्ञानलाई लिपीबद्ध गरेपछि मात्र उहाँ यहाँबाट फर्कने बताएका थिए । संघका अध्यक्ष तामाङका अनुसार सिन्धुपाल्चोक आउनुअघि बसेको स्थानमा जग्गाको काम परेर बम्जन सर्लाही गएका हुन् ।
‘यहाँ(गुरु)ले सर्लाहीको पत्थरकोटमा जग्गा लिनुभएको थियो,’ संघका अध्यक्ष विद्युत भन्छन्, ‘त्यसैको काम परेर उहाँ जानुभएको हो ।’ उनले उहाँलाई लिन अन्य जिल्लाका संघका सदस्यसमेत बाँडेगाउँ आएका थिए । उनी आफ्नै टोयोटा जीपमा बाँडेगाउँबाट हिँडेको विद्युतले जानकारी दिए ।

आफूले आर्जन गरेको ज्ञानलाई उनले सिन्धुपाल्चोकमा बसेर लिपीबद्ध गरिरहेको सहयोगी राम खड्का बताउँछन् । ‘झण्डै ८ सय पेज लिपीबद्ध भइसकेको छ,’ उनले भने, ‘अब निकालिने लिपी पुस्तकाकार रुपमा तीन भाषामा प्रकाशित गरिनेछ ।’ खड्काकाअनुसार पहिलो पुस्तक तिव्बतीयन भाषामा मात्रै थियो । अब प्रकाशित गरिने पुस्तक नेपाली, अंग्रेजी र तिव्वतीयन भाषामा हुनेछ ।
सात वर्षसम्मको तपस्याबाट हासिल गरेको ज्ञानलाई लिपीबद्ध गरेपछि नेपाल, भारतको मद्रासलगायत अन्य सहरमा प्रचारका लागि लगिने छ । बम्जनको भनाइलाई उदृत गर्दै उनका सहयोगी खड्काले ज्ञानलाई लिपीबद्ध गर्ने भाषा संसारभर कतै प्रयोग र प्रचलनमा नआएको दावी गरे । ‘गुरुले आफैले भाषा उत्पति गरेर त्यही भाषामा आफूले आर्जन गरेको ज्ञानलाई लिपीबद्ध गनुहुनेछ ।’ उनले भने, ‘गुरु(बम्जन)ले लिपीका लागि भने चलनचल्तीकै कागज प्रयोग गरिएको ।’ तपस्वी बम्जनले हासिल गरेको ज्ञानलाई प्रचार गर्नकै लागि लिपीबद्ध गरि पुस्तककाकार रुपमा प्रकाशित गर्न लागेको जनाइएको छ ।
बारादेखि सिन्धुपाल्चोकसम्मको यात्रा
बाराको हल्खोरिया जंगलबाट उनले २०६८ जेठ २ गते तपस्या समापन गरेका थिए। बारामा तपस्या गरेदेखि चर्चामा चुलिएका उनले विश्वभर आफ्ना भक्तजन बनाइसकेका थिए। तपस्यामा बसेदेखि अन्न नखाएका तपस्वी बम्जनले २०६८ चैत १९ गतेमा ३५ राष्ट्रमा छरिएर रहेका उनका भक्तजनहरुबीचमा अन्न ग्रहण गरे । त्यसबेला उनले आफ्नै चेलाबाट अन्न ग्रहण गरेका थिए ।
तपस्याकै क्रममा २०६८ असोजमा आफ्ना बाबु गुमाएका उनले बौद्ध संस्कार अनुसार कर्मसमेत गरेका थिए । बौद्ध धर्मअनुसार ४९ दिनको कर्म हुन्छ । उनले आफूले आर्जन गरेको ज्ञान र तपस्या गरेको मैत्रीमार्ग अनुसार बाबुको संस्कार गरेका थिए । उनले ७५ दिनमा बाबुको वार्षिकी गरेको स्रोत बताउँछ । बाराको रतनपुरी स्थायी घर भएका बम्जनको परिवारमा हाल एक आमा दुई जना दाजु, २ जना भाई,  तीन दिदी र एक बहिनी छन् । उनी घरका साँइलो छोरा हुन् ।
स्थानीय रतनपुरी स्कुलबाट कक्षा तीनसम्म औपचारिक अध्ययन गरेका बम्जन त्यसपछि लामा पढ्न भारत गएका थिए । एक वर्ष भारतमा लामा शिक्षा अध्ययन गरेर नेपाल फिरेपछि उनी ध्यान गर्न हल्खोरिया गएको स्रोतले जानकारी दियो । स्रोतअनुसार भारतमा पाएको लामा शिक्षा कै प्रभावबाट उनी तपस्यामा लागेका हुन् ।
बाराको जंगलमा आफ्नो तपस्या सम्पन्न गरेका उनी २०६९ जेठ ३१ गते थप तपस्याकै लागि सिन्धुली गएका थिए । सिन्धुलीको बजारमै आश्रम बनाएर उनले तीन महिना तपस्या गरेका थिए । तपस्यापश्चात उनले २०६९ भदौ २७ देखि ३० गतेसम्म महादर्शन कार्यक्रमबाट उनले भक्तजनहरुलाई दर्शन दिएका थिए । ‘शान्त भूमि’खोज्दै तपस्याका लागि उनी सिन्धुलीबाट सर्लाहीको पत्थरकोट गएका थिए । उनका सहयोगीकाअनुसार बम्जन पत्थरकोटमा १ वर्ष पाँच दिन तपस्या गरेर बसेका थिए ।
विभिन्न स्थानमा महादर्शन गरेर आफ्ना भक्तजनलाई दर्शन दिने क्रममा बम्जन पत्थरकोटबाट ५ दिने कार्यक्रम लिएर चितवनको शारदानगर पुगेका थिए । बम्जनले शारदानगरमा २०७० जेठ २७ देखि २९ सम्म महादर्शन कार्यक्रमबाट भक्तजनलाई दर्शन दिएका थिए । शारदानगरबाट सर्लाही फर्केका बम्जन जिल्लाको बाँडेगाउँस्थित टोड्केभीरमा आएका हुन् ।
के गरे सिन्धुपाल्चोकमा
बाराको रतनपुरी जंगलबाट तपस्या सुरु गरेका बम्जन शान्त ठाउँ खोज्दै सिन्धुपाल्चोक पहिलोचोटी आएका हुन्। बाँडेगाउँका स्थानीयका अनुसार बम्जन हेलिकोप्टरबाट ओर्लिएको दिन उनलाई हेर्न झण्डै ४ सयको हाराहारीमा गाउँले आएका थिए । स्रोतअनुसार उनी ओर्लिएपछि दर्शनका लागि उभिएका गाउँलेको शिरमा हात राख्दै बम्जन अघि बढेका थिए । उनी आउनु ४ दिनअघि उनका सहयोगीहरुले आश्रमस्थलको निरीक्षण गरेर फर्किएका थिए । बम्जन सिम्रिक एअरको होलिकोप्टरबाट सिन्धुपाल्चोक आइपुगेका थिए ।
उनको सुरक्षाका लागि आठ कुकुरसमेत ल्याइएको थियो । कुकरका साथै दुई जोडी खरायो र दुई घोडासमेत छन् । तपस्यास्थलभित्र दुई खाइवा राखेर बम्जन थान्कामा चित्र कोरेका समेत थिए । बम्जनको निर्देशन अनुरुप खाइवाहरुले थान्कामा उनको चित्र बनाउने गरेको स्रोत बताउँछ । बम्जन विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म ध्यानमा रहने गरेका छन् । बाँकी समय बम्जनले आफ्नो पहिलो उद्धेश्य आफूले पाएको ज्ञमनलाई लिपीबद्ध गर्नमा समय खर्चेका थिए।
साभार: सेतोपाटी डट कम

No comments:

Post a Comment