शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, May 15, 2016

भारतीय नायिकालाई भिआइपी कक्ष, परराष्ट्र बेखबर



--------------------------------------------
सैनिक अधिकारीको आदेशमा भिआइपी कक्ष खोलियो
‘जंगी अड्डा वा रक्षा मन्त्रालयले औपचारिकता पूरा गरेका छैनन्, सेनाका हाकिमको आदेशमा अभिनेत्रीद्वयलाई भिआइपी कक्ष प्रयोग गर्न दिइएको छ,’ विमानस्थलस्थित सुरक्षा स्रोतले भन्यो, ‘प्रधानसेनापतिकी श्रीमतीको पाहुना भनिएपछि उनीहरूलाई कसले रोक्ने हिम्मत गर्छ ?’
--------------------------------------------

ख्यातिप्राप्त व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष प्रयोग गर्न सरकारले औपचारिक निर्णय गर्नुपर्ने प्रावधान छ । तर, बलिउड अभिनेत्रीद्वय सोनाक्षी सिन्हा र मलाइका अरोरालाई नेपाली सेनाको ठाडो आदेशमा भिआइपी कक्ष प्रयोग गर्न दिइएको छ । अमरपक्षी नामक नृत्य कार्यक्रममा सहभागी हुन उनीहरू ३० वैशाखमा नेपाल आएका थिए । उनीहरूले आउँदा–जाँदा भिआइपी कक्ष प्रयोग गरेका हुन् । सरकारको निर्णयविनै भिआइपी कक्ष प्रयोग गर्न दिइएपछि सो विषय विवादमा परेको छ ।
प्रधानसेनापति रिझाउन जर्नेल स्वागतमा
अभिनेत्रीको स्वागतका लागि सैनिक अधिकृत विमानस्थलभित्रै पुगेका थिए । भिआइपी कक्षबाट बाहिर निकालेर उनले होटेल सोल्टी पुर्‍याएका थिए । प्रधानसेनापतिकी पत्नी सैनिक श्रीमती संघको अध्यक्ष हुने प्रावधान छ । ‘प्रधानसेनापतिलाई रिझाउन श्रीमती संघको पाहुनालाई रिसिभ गर्न सहायकरथी समीर शाही गएका हुन्, उनी घुम्दैफिर्दै त्यहाँ त्यो समयमा पुगेका होइनन्,’ एक सैनिक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘प्रधानसेनापतिको रुचि जोडिएपछि एकतारे जर्नेल जानु स्वाभाविकै हो । नियमले मिल्थ्यो कि मिल्दैनथ्यो भन्नेचाहिँ अर्कै कुरा हो ।’ उनीहरूको नृत्य कार्यक्रम सैनिक हातामा गरिएको थियो, तर सैनिक मञ्च प्रयोग भएन ।
सैनिक श्रीमती संघ शक्तिशाली
सैनिक श्रीमती संघ सैनिकका श्रीमतीहरूको छाता संस्था हो, जसको औपचारिक हैसियत छैन, तर शक्तिशाली छ । ‘सैनिक श्रीमती संघ एउटा संस्था हो, जो कल्याणकारी कार्यमा समर्पित हुँदै आएको छ । सशस्त्र, नेपाल प्रहरीजस्तै हाम्रोमा पनि छ, यो भारतीय सेनामा पनि छ,’ सैनिक प्रवक्ता ताराबहादुर कार्कीले भने, ‘भूकम्पपीडितको सहयोगका लागि यो कार्यक्रम आयोजना भएको हो । यसमा अर्को संस्था पनि संलग्न छ । कलाकार श्रीमती संघले होइन, अर्को आयोजक अल्फाइन ग्लोले बोलाएको हो ।’
गायक मोहित चौहानले पनि प्रयोग गरेका थिए
यसअघि गत मंसिर दोस्रो साता भारतीय रक गायक मोहित चौहानलाई पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष प्रयोग गर्न दिइएको थियो । त्यतिवेला प्रधानसेनापति गौरवशमशेर राणा थिए । उनकै निर्देशनमा गायक चौहानलाई भिआइपी कक्ष प्रयोग गर्न दिइएको थियो । नेपालका ख्यातिप्राप्त कलाकारले त्यो सुविधा पाउँदैनन् ।
क–कसले प्रयोग गर्न पाउँछन् भिआइपी कक्ष ?मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख, सांसद, सचिवहरूले भिआइपी कक्षबाट ओहोरदोहोर गर्न पाउँछन् । सरकारी हैसियत नभएका ख्यातिप्राप्त व्यक्तिले भिआइपी कक्ष प्रयोग गर्नुपरे सरकारले औपचारिक निर्णय नै गर्नुपर्ने हुन्छ ।
छानबिन गर्दै छौँ : रक्षासचिवभारतीय अभिनेत्रीहरूलाई भिआइपी कक्ष प्रयोग गर्न दिइएको तथा उनीहरूको स्वागतमा सैनिक अधिकारी नै विमानस्थल पुगेको विषयमा रक्षा मन्त्रालयले छानबिन सुरु गरेको छ । ‘हामीले प्रक्रियागत रूपबाट छानबिन थालेका छौँ, त्यसक्रममा सबै विषय हामी बुझ्नेछौँ,’ रक्षासचिव महेशप्रसाद दाहालले नयाँ पत्रिकासँग भने । जानकारी छैन : सैनिक प्रवक्ता रक्षा मन्त्रालयले केही सोधेको विषयमा मलाई जानकारी छैन ।
साभार: नयाँ पत्रिका दैनिक

No comments:

Post a Comment