शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, June 21, 2015

म फर्कन पनि सक्छु: सरोज खनाल

सक्नुहुन्छ भने अगाडि बढनुस, सक्नहुन्न भने
कोही अगाडि बढ्न लागेका छन पछाडिबाट धकेल्नुस्
तर कसैलाई पनि पछाडिवाट खुट्टा नतान्नुस्

विगत १७ वर्ष देखि अमेरिकालाई कर्मथलो बनाएका सरोज खनाल गत हप्ता नेपाल फर्किए। नेपाल के फर्किन लागेका थिए उनको खवर एकाएक भाइरल बन्यो। हुनत सरोजले आफू फर्किन लागेको खबर सेतोपाटीमै राखेका थिए। हिड्नु अघिनै बजारभरी हल्ला भयो।
सरोज खनाल कुनै चिनाइरहनु पर्ने नाम हैन न नै न कि वताइरहन पर्ने। उति बेलादेखि नै उनी नेपाली चलचित्र देखि रङ्गमन्च दुवै तिर जमेका हुन्। तत्कालीन समयमा ‘प्रेमपिण्ड’ नामक यिनको चलचित्रले साह्रै वाहवाही पाएको यियो। नेपाली चलचित्रका प्रायसः धेरै राम्रा कलाकारहरु कुनै न कुनै रुपमा समय अन्तरालमा विवादित भएकै छन। तर यी यस्ता कलाकार हुन जो विवाद बाट प्रायः टाढा नै रहन्थ्थे।
मृदुभाषि सरोजले उतिबेला पनि अमेरिका आउनुअघि नेपालमा टिक्न वहुत प्रयास नगरेका हैनन्। तर एक प्रकारको नजानिदो वाध्यताले उनलाई अमेरिका सम्म डोहोर्‍यायो। यहाँ आएपछि उनी यतै भुले।
नेपालका स्थापित कलाकार भएर पनि उनले यहाँ कुनै घमण्ड देखाएनन् बरु काम गरेर खान के को लाज भन्दै सानो भन्दा सानो काम गरेर उचाई थपे। स्वयम् उनका अनुसार शुरुका दिनमा उनी र उनका दौतरी प्रेमराजा महतले सेभन इलाभेनदेखि अमेरिकाका विभिन्न ग्यास स्टोरहरुमा काम गरेका थिए।
एवंरीतले उनले काम गर्दा गर्दै सत्र वर्षको उमेर अमेरिकामा बिताए। उनी जति वर्ष अमेरिकामा बसे उनको काम त छदै थियो त्यस बाहेक पनि यहाँका विभिन्न सहरहरुमा हुने सांस्कृतिक कार्यक्रमहरुमा उनको सहभागिता उल्लेख्य रुपमा रहन्थ्यो। उनी कहिले न्यूर्योक त कहिले टेक्सास, कहिले क्यालिर्फोनिया त कहिले फ्लोरिडाका सांस्कृतिक कार्यक्रमहरुमा सहभागी भईरहन्थ्ये। यस वाहेक नेपालबाट यता आउने धेरै कलाकारहरुको सम्पर्कमा पनि उनी रहन्थ्थे। त्यसबाहेक नेपालीहरुको चाड पर्वहरु चाहे वडा दशै होस वा तिहार वा अन्य उनको उपस्थिति सदा रहन्थ्यो।
सरोज खनालको अर्को पाटो सम्भवत धेरैलाई थाहा नहुन पनि सक्छ। उनले धेरै थोर नेपालमा सहयोग पुर्‍याइरहेका हुन्थे। उनको एउटा वानी के थियो भन्दा गरेको सहयोगको प्रचार सक्दो नगर्ने। भलै कसैले कतैबाट थाहा पाएर प्रचार गर्यो भने उनको आपत्ति रहन्नथ्यो। मलाई सम्झना भए सम्म उनले पटक पटक गरेर दिक्षा चापागाईको नेपालस्थित अनाथ वालगृहलाई सहयोग गरिरहन्थे यस वाहेक एड्स लागेको वालवालिकालाई पढाउने, चेपाङ्गहरुलाई सहयोगदेखि यही अमेरिकामा रहेका विभिन्न व्यक्तिहरुलाई विभिन्न कोषहरु मार्फत उनले सहयोग गरिरहेका थिए।
पछिल्लो पटक मैले उनीसँग कुरा गर्दा पनि उनले भनेका थिए ‘मलाई सहयोगको प्रचार मन पर्देन।’
यता उनी जब अमेरिका छाडेर गए नेपाल र अमेरिका दुवै तिर उनको समाचार भाइरल बन्यो नै। अमेरिकावाट उनी नेपाल सदाका लागि जादै थिए। यस परिस्थितिमा यता दुःख मनाउ हुनपर्ने थियो त्यो त्यति हुन सकेन न कि नेपाल ले नै उनलाई दह्रो स्वागत गर्‍यो।

पटक पटक गरेर उनका विषयमा अमेरिका र नेपालमा नकारात्मक कुराहरु मात्र उठिरहे र हालसम्म पनि यथावत छन्। जुन दूर्भाग्य हो। यता कसैले उनी मर्न नेपाल गए भने त कसैले फेरि उनी फर्कने छन् भनी लख काटे। उता नेपालमा पनि उनको हविगत त्यस्तै रहयो प्रायले उनी मर्न मात्र नेपाल आएको र नेपाल खाली बुढा खाढाको देश मात्र हुने भयो भने। 

यसैबीच उनी जब नेपाल जाने हो हल्ला भयो मैले उनीसँग सानो कुराकानी गर्ने मौका पाएको थिए। जसमा प्रायः उनी र मबीच अनौपचारिक कुराकानी भएको थियो। उनले त्यत्तिवेला भनेका थिए, ‘आफू हुर्के बढेको ठाउँ जहाँ जहिले पनि मिस हुने रैछ अब उतै गएर केही गर्न मन छ।’ कुरै कुरामा मैले साधेको थिए ‘सरोज खनाल फेरि अमेरिका फर्क्यो रे भनेको सुन्न पर्छ कि फेरि?’ त्यसको जवाफमा उनले भनेका थिए, ‘ग्यारेन्टि कुनै कुराको पनि छैन म फर्कन पनि सक्छु।’
विचार आफ्नो आफ्नो हो व्यक्तिगत स्वतन्त्रता सवैमा छ। नेपालमै उदाहरणका रुपमा कुरा गर्दा पनि पहाडमा बस्ने कुनै कलाकार पहिला गाउँ छिमेक टोल टोलमा आफ्नो कलाकारीता देखाउँछ त्यस पछि उ सदरमुकाम, त्यसपद्धि उसको गतन्व्य काठमाडौं। सरोज नेपालमा वस्दा रङ्गमन्चका र चलचित्रका कलाकार थिए। कलाकारीतावाटै देश विदेश घुमे अनि कलाकारीतावाटै अमेरिकासम्म आइपुगे। समय परिवेशबाट उनी केही समय यतै भूले तर सम्झना पर्ने कुरा के छ भन्दा यता भूल्दा पनि उनले कलाकारीतालाई कहिल्यै भूलेनन्।

अझ यसलाई अझ दिगो बनाउन लागीरहे। यी र यस्तै पाटाहरुलाई भूलेर खाली उनका नकारात्मक कुराहरुलाई मात्र वढाइ चढाइ गर्दा उनी प्रति अन्याय नहोला र? उनी नेपाली कलाकार थिए केही कुराले दुःख पर्यो अमेरिका भासिए अनि परिस्थिति सहज भयो आफ्नै जन्मभूमी फर्के। हामीले यसलाई सहज रुपमा लिनु पर्छ। न कि बढाई चढाई।
अन्तमा, सवैमा अनुरोध सरोजले बनाएको एउटा नारा (स्लोगन) जुन उनले मलाई पनि भन्थे अनि लागू गर्दा कसो होला ‘सक्नुहुन्छ भने अगाडि बढनुस, सक्नहुन्न भने कोही अगाडि बढ्न लागेका छन पछाडिबाट धकेल्नुस् तर कसैलाई पनि पछाडिवाट खुट्टा नतान्नुस।’
साभार: सेतोपाटी

यो पनि पढ्नुस्

सरोज खनालजी नेपाल वृद्धाश्रम हो?

No comments:

Post a Comment