शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, May 1, 2015

‘डेट एक्सपाएर’ औषधि सहित राहत लिएर आएको छ भारत



  • टीजी र चाइनिज राहत सहितको फ्लाइटलाई अवतवरण हुन दिएन भारतीय सेनाले ।
  • पवित्र पशुपतिनाथलाई पुरै भोले बाबा भनेर प्रचार गरिरहेको छ भारतीय मिडियाले ।
  • मिल्ट्रि सिद्धान्त विपरित आफ्नो नागरिको मात्रै उद्धारमा देखियो भारतीय सेना |
काठमाडौं, वैशाख १८ । भारतीय सञ्चारमाध्यमले भने जसरी भारत नभए नेपालले यति सहज अनुभुति गर्न पाउने थिएन भने जुन ढंगले प्रचार गरिएको त्यसेको भित्री पक्ष भने खतरनाक छ । भारतीय सेनाले आफ्ना मिडियालाई हेलिकप्टरमा चढाएर केही भयावह दृष्य कैद गरेर जुन ढंगले एकोहोरो प्रचार गरेको छ, त्यो उद्धार भन्दा प्रचार बढि देखिएको छ ।

भारतबाट जति सहयोग भनेर गाडी, जहाज, हेलिकप्टर आए सबै भारतीय नागरिकका लागि उद्धारमा तल्लिन देखिन्छ । यतिबेला अन्य मुलुकबाट आएको उद्धार टोलीलाई समेत भारतीय पक्षले अवरोध गरेको छ । भारतले राहतका लागि लिएका औषधी, खाद्यय सामाग्री लगायतको जसरी प्रचार गरिएको छ त्यसको गुणस्तर, एक्सपाएर डेट समेत गएको देखिन्छ ।
मुलुकले महाविपत्ति बेहोरिरहेको बेला धमिलो पानीमा माछा मार्नेशैलीमा भारत प्रस्तुत भएको छ । उसले मोदी सरकारकै कारण नेपालले यति ठूलो विपत्ति भोग्दा समेत तत्कालै राहत महसुस ग¥यो भनि जुन प्रचार गरेको छ, त्यसबाट असल छिमेकीको व्यवहार नभएको नेपाली कुटनीतिज्ञहरुले टिप्पणी गरेका छन् ।

अहिले अन्र्तराष्ट्रिय विमान स्थलको एयर ट्राफिक कन्ट्रोल भारतीय सेनाको इसारामा चलेको छ । भारतबाट ल्याईका ३ ठूला कार्गो, १२ हेलिकप्टर मध्ये ६ वटा अन्र्तराष्ट्रिय विमानस्थलमा राखिएको छ । ६ वटा पोखरामा । भारतीय सेनाले जहाज र हेलिकप्टर राखिरहेका कारण त्रिपाल, औषधी स्वास्थ्यकर्मी सहितको चाइनिज २ जहाज अवतरण हुन सकेन । त्यस्तै टीजी फ्लाइटलाई समेत भारतीय हेलिकप्टर र कार्गोकै कारण अवतरण हुन सकेन ।

भारतीय पक्षले कुनै सहयोग नगरेको भन्ने होइन । तर, उसको एक पक्षले पुरै प्रचार बाहेक केही गरेको छैन । पोखरा विमानस्थलका एक कर्मचारीले भने– ‘हाम्रो एउटा र भारतीय हेलिकप्टर २ वटा मुक्तिनाथ क्षेत्रमा गयो । भारतीय हेलिकप्टरले ५ वटा त्रिपाल बोकेर गयो । पछि आउँदा घाइते, विरामी नभई १७ जना भारतीय नागरिक लिएर फर्कियो ।

त्यस्तै भारतबाट सहयोग, उद्धार सामाग्री लिएर आएका बसमा भारतीय नागरिक छानिछानि लगेको तथ्य राजधानीमै छ । जब मिल्ट्र भाषामाउद्धार भनेको १५ देखि २० मिनेटमा समेत मान्छे बचाउन सकिन्छ । उद्धार गर्दा कुन देशको नागरिक, कुन लिङ्ग, कुन भाषिक भनेर भेदभाव गर्न पाइन्नँ । मानवता पहिलो हो भन्ने मिल्ट्री सिद्धान्त हो ।

यतिबेला भारतले असल छिमेकीले गर्ने व्यवहार भन्दा प्रचार बढि गरेको देखिन्छ । अध्ययागमनका एक अधिकारीले एभरेष्टदैनिक डटकमसँग भने– ‘भारतीय जहाज आउँछन । सबै राहत होला भन्यो । आधा भन्दा बढि टेलिभिजनका सामान वाटरप्रुफ सहित आउँछन । हामी हेरेको हेरै छौं ।

गृहमन्त्रालयको एक उच्च स्रोतका अनुसार उत्तरप्रदेशबाट आएको ६ ट्रक औषधीको डेट एक्सपाएर हुन जम्मा ४५ दिन मात्रै बाँकी छ । जब कि १३ जिल्लाका विगत गाउँमा औषधी पु¥याउन कम्तिमा १० दिन लाग्छ । विरामीले त्यो औषधी कति दिन खाने ? स्रोतले भन्यो । अहिले ती ४५ दिन म्याद भएका औषधी प्रयोग गर्ने नगर्ने बारे गृहमा छलफल भएको स्रोतले बतायो ।
साभार: एभरेष्ट दैनिक