एजेन्सी, २४ फागुन, अष्ट्रेलियाको मेलवर्न स्थित सडकमा हजारौँको संख्यामा साइकल यात्री देखिए त्यो पनि सर्वाङ्ग नाङ्गै । महिला पुरुष हजारौँको संख्यामा नाङ्गै सडकमा उत्रिएपछि अचम्म मान्नेको संख्या उत्तिनै भयो । आज विश्व नारी दिवसकै अवसरमा यसरी नाङ्गै साइकलमा सरर सयर गरेपछि धेरैले त जिब्रो टोके । तर उनीहरु महिला दिवसको विरोध वा समर्थनमा यसरी नाङ्गै निस्किएका भने होइनन् ।
प्रकृति र मानवबिच कति गहिरो सम्बन्ध छ भन्ने बुझेका महिला पुरुषहरुको जमात थियो त्यो । नाङ्गो जमातले सडकमा कार तथा धुवाजन्य सवारी साधनको प्रयोगले मान्छे र प्रकृति माथि प्रत्यक्ष असर परिरहेको भन्दै यस्ता धुँवायुक्त सवारी साधनको अन्त्य गरी साइकलजस्तो वातावरण मैत्री सवारी साधानको प्रयोगमा जोड दिन यस्तो यात्रा तय गरेका थिए । विना कपडा यसरी सडकमा साइकलमा सरर निस्किएका महिला पुरुषले साइकल प्रयोगमा बढावा दिन आग्रह स्वरुप लामो दुरी तय गरेका थिए । आउनुहोस् हेरौ उक्त र्यालीका केही फोटोहरुः
साभार: नेपाली वेभ ।