शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, November 7, 2014

रहस्य खुल्दै निर्देशक आलोक नेम्वाङको अन्तिम कल मोडल एलिजा बस्नेत संग(पूर्ण पाठ)

श्यामसुन्दर गिरी
बिहिबार राति ८ बजे आफ्नै निवासमा झुन्डिएर आत्मा हत्या गरेका चर्चित निर्देशक आलोक नेम्वाङले आत्महत्या गर्नुको कारण सहितको सुसाइड नोट फेला परेको छ । उक्त नोटमा उनले दिन दिनै मरेर बाँच्नुको अर्थ नरहेको उल्लेख गरेका छन् । उनको शब शिक्षण अस्पताल महाराजगंजमा पोस्ट मार्टम गरिएको छ । आलोकको पार्थिब शरीरलाई अन्तिम श्रदान्जली दिनका लागि प्रज्ञा भवनमा राखेर अाजै दिउँसो ४ बजे पशुपति आर्यघाटमा अन्तिम सस्कार गरिएको छ । ग्रयाण्ड डि भिल्ला हाउजिङमा एक्लै बस्दै आएका नेम्वाङले भर्‍याङको रेलिङमा झुण्डिएर आत्महत्या गरेको थिए । उनले आत्माहत्या गर्नु अघि मोडल एलिजा बस्नेतसँग २ मिनेट ४३ सेकेन्ड टेलिफोन बार्ता गरेका थिए । मोडल बस्नेतका अनुसार आलोकले ५ दिन अघि देखि आफु मर्ने भन्दै आएका थिए । आलोककै कुरालाई मध्यनजर गर्दै आलोकका नजिकमा सर्कलका अनिल थापा, निराजन प्रधान, पुष्प खड्का, अमित पोख्रेल र एलिजाको समूहले नै आलोकको ख्याल गर्दै आएको थियो । बिहिबार साँझ कोहि नभएको मौकामा आलोकले मोडल एलिजा बस्नेत सँग फोनमा कुरा गरे पछि आत्महत्या गरेको मोडेल एलिजा बताउँछिन् । फिल्मीबजार डटकम सँग कुरा गर्दै एलिजाले भनिन् "उहाँले ५.३६ बजे मलाई कल गर्नु भएको थियो, हाम्रो २ मिनेट ४३ सेकेन्ड कुरा भयो, फोनमा उहाले पहिले जस्तै गरी जिस्कदै यदि मेरो केहि भएको खण्डमा आफु सँग रहेको ३ वटा कुकुर र २ वटा बिरालोलाई पनि आफु सँगै सुताएर बिदा गर्दिनु भन्नु भयो ।" आलोकले फोनमा त्यति कुरा गरे पछि केहि समयमा फेरी कल गर्ने जनाउदै एलिजा सँग फोन काटेको र एलिजाको मोबाइलमा पैसा नभएकाले उनि पसल गएर रिचार्ज गर्ने बित्तिकै ५.४५ बजे फोन गर्दा आलोकले फोन नउठाएको एलिजा बताउँछिन् । पटक पटक फोन गर्दा फोन नउठेपछी कुकुर डुलाउन ब्यस्त हुनुहुन्छ होला भन्ने सोचेर एलिजाले कल गर्न ग्याप राखिन् अन्तत ७.३० बजे फेरी फोन गरिन् र त्यो समय पनि फोन नउठेपछि निराजनलाई फोन गरि हेर्न पठाउँदा निराजनले नै पहिलो पटक आलोक झुन्डिएको अबस्थामा ८ बजे फेला पारेको एलिजा बताउँछिन् । एलिजाका अनुसार आफु सँगको कल नै अन्तिम रहेको ठहर्दै करिब ६ बजे आलोकले आत्महत्या गरेको दाबि गर्छिन् । एलिजा ३ वर्ष देखि आलोक सँग नजिक छिन् उनलाई आलोकले बहिनी मान्दै आएको समेत एलिजा बताउँछिन् । यो अबधिमा एलिजाले करिब आधा दर्जन जति म्युजिक भिडियो आलोक सँग गरिन् भने आलोकको कुनै लब अफयरले सो घटना नभई कुकुरकै कारण हुन सक्ने उनी दाबी गर्छिन् । एलिजाका अनुसार आलोक सँग रहेका कुकुर र बिराला अरु कसैले पनि ख्याल गर्न र पालन पोषण गर्न नसक्ने भन्दै सो कुरा बताएका हुन् । आलोक जनवार प्रेमी भएको बताउँदै एलिजाले भनिन् "साउनमा दाइको स्पाइसी नामको कुकुर मरे देखि उहाँ अलिकति अप्सेट हुनुहुन्थ्यो ।" 
के आलोक कुकुर मरेकै कारण आत्महत्या गरेका हुन् त ? गम्भीर सोचनीय बिषय बनेको छ । आलोकको निधनले नेपाली चलचित्र उद्योगलाई नै ठुलो क्षति पुगेको छ ।
source:filmybazar

No comments:

Post a Comment