शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, December 5, 2013

मण्डेलाको निधनः एक युग र एक आदर्शको अन्त्य

  • मण्डेलाको निधनप्रति विश्वभरका नेताहरुले पनि शोक जनाएका छन् । उनको निधनलाई विश्वभरका राजनीतिज्ञ तथा जनताले एक युगको अन्त भएको बताएका छन् । जसले उनलाई यातना र जेल दिए उनले पछि राष्ट्रपति हुँदा उनीहरुप्रति पनि उत्तिकै सहानुभूति दर्शाएका थिए । शालिन र अडिगको प्रतीकका रुपमा चिनिने मण्डेलाले युग परिवर्तनको बाटोलाई उच्चतम विन्दुमा लगेर आदर्श बनेका थिए ।
काठमाडौं, २१ मंसिर । रंगविभेदविरुद्धको आन्दोलनका क्रममा वर्षौं जेल–नेल भोग्दै विभेदसहित सुन्दर संसारको परिकल्पनाकार मध्ये एक महान नेता नेल्शन मण्डेलाले भौतिक रुपमा संसार छाडेका छन् । दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति मण्डेलाको निधन भएको छ ।
मृत्युको मुखमा बारम्बार नजिक पुग्दै महिनौंदेखि थलिएका मण्डेलाको अन्ततः निधन भएको हो । उनी सेप्टम्बरमा अस्पतालबाट डिस्चार्ज भएका थिए । घरमै बसेर उपचार गराइरहेका मण्डेला को ९५ वर्षको उमेरमा निधन भएको दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकब जूमाले बताएको बीबीसीले जनाएको छ ।
राष्ट्रपति जुमाले राष्ट्रिय टेलिभिजनमा एक सन्देश दिँदै भने, ‘हाम्रो देशले आफ्नो सबैभन्दा महान सपुत र नेता नेल्सन मण्डेला गुमाएको छ । मण्डेलाले हामीलाई एकजुट बनाउनुभयो, अब हामी सबै मिलेर उहाँको विदाई गर्छौं । तबसम्म हाम्रो राष्ट्रिय झण्डा झुक्नेछ ।’
मण्डेलाको आदर्शमा विश्व झुक्यो
mandelaमण्डेलाको निधनप्रति विश्वभरका नेताहरुले पनि शोक जनाएका छन् । उनको निधनलाई विश्वभरका राजनीतिज्ञ तथा जनताले एक युगको अन्त भएको बताएका छन् । जसले उनलाई यातना र जेल दिए उनले पछि राष्ट्रपति हुँदा उनीहरुप्रति पनि उत्तिकै सहानुभूति दर्शाएका थिए । शालिन र अडिगको प्रतीकका रुपमा चिनिने मण्डेलाले युग परिवर्तनको बाटोलाई उच्चतम विन्दुमा लगेर आदर्श बनेका थिए ।
उनको निधनप्रति विश्व नेताहरुले गहिरो दुख प्रकट गर्ने क्रममा अमेरिकी राष्ट्रपति ओबामाले मण्डेलालाई आफ्नो आदर्शको रुपमा लिएको बताएका छन् । उनले भनेका छन्, ‘मण्डेलाले प्रस्तुत गरेको उदाहरणविना आङ्खनो जीवन सोच्न समेत सक्दिन ।’
राष्ट्रसंघका महासचिव बान कि मुनले पनि मण्डेलाप्रति श्रद्धाञ्जली अर्पण गर्दै न्यायका लागि अडिग धरोहरका रुपमा मण्डेला रहेको बताएका छन् ।
राजनेताको सम्मानमा झण्डा झुकाइने, गीत गाउँदै श्रद्धासुमन
आफ्नो देशको महान समुत गुमाएको शोकमा दक्षिण अफ्रिाकामा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । मण्डेलको राजकीय सम्मानका साथ अन्यष्टि नसकेसम्म राष्ट्रिय झण्डा झुकाउने राष्ट्रपति जुमाले टेलिभिजनमार्फत बताएका छन् ।
मण्डेलाको पार्थिव शरिर जोहानेसबर्गस्थित उनकै निवासमा राखिएको छ । त्यहाँ श्रद्धासुपन अर्पण गर्नका लागि रंगविभेदविरुद्धको गीत गाउँदै दक्षिण अफ्रिकी नागरिकहरुको घुँइचो लागेको बीबीसीले जनाएको छ ।
रंगविभेद विरोधी दक्षिण अफ्रिकी जनताको अभिभावक अश्वेत नेता मण्डेलाको निधनपछि उनको घरमा घुँइचो लाग्नेहरुमा स्वेत–अश्वेत सबै रहेका छन् ।
२७ वर्ष जेलमा नोबेल शान्ति पुरस्कार विजेता
दक्षिण अफ्रिकाको सबैभन्दा प्रभावशाली र विश्वभरी नै निकै आदर्शको रुपमा लिइने राजनीतिज्ञ मण्डेला रंगभेदविरुद्धको आन्दोलनका क्रममा २७ वर्षसम्म जेल बसेका थिए । तत्कालीन निरकुंश सत्ताले सन् १९५६ मा मण्डेलामाथि देशद्रोहको मुद्धा लागाएको थियो । सन् १९६४ मा मण्डेलालाई आजीवन कारावासमा राखेपछि अफ्रिकी जनताले रंगभेदविरुद्धको आन्दोलन जारी राखेका थिए ।
नोेबेल शान्ति पुरस्कार विजेता यी महान नेता १९९० मा मात्र जेल मुक्त भएका थिए । जेलमुक्त भए लगत्तै १९९३ मा नोबेल पुरस्कारबाट सम्मानित मण्डेला १९९४ मा पहिलो अश्वेत राष्ट्रपति बन्दै ५ वर्ष सत्ता चलाएका थिए ।
- नेपाल सन्देश

No comments:

Post a Comment